बैजनाथ गाउँपालिका
![]() | यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
बैजनाथ गाउँपालिका | |
---|---|
बैजनाथ गाउँपालिका | |
देश | ![]() |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | बाँके |
स्थापना | अज्ञात |
वडा सङ्ख्या | ८ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | बैजनाथ गाउँपालिका |
• अध्यक्ष | प्रकाश ब. शाही |
• उपाध्यक्ष | निर्मला रोकाया |
क्षेत्रफल | |
• जम्मा | १४१.६७ किमी२ (५४.७० वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ |
हुलाक कोड | ४४६०८८ |
क्षेत्रीय सङ्केत | ०८१ |
वेबसाइट | https://baijanathmun.gov.np |
बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटवा गाविसको कार्यालय रहेको स्थानमा रहेको थियो, हाल रामपुर वडा नं. ५ मा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो।
जातीय हिसाबले मिश्रित बसोबास रहेको यस गाउँपालिकामा थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी र दलित जातिहरु रहेका छन्। जातीय र भाषिक विविधता रहेको यस गाउँपालिका क्षेत्रमा मुख्य रुपमा हिन्दु धर्मावलम्बी नै रहे पनि मुस्लीम र क्रिश्चियन धर्म मान्ने जनसंख्या पनि यहाँ रहेको छ|
पश्चिमी तराइ क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भुभाग समथर रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने केही भुभागमा चुरे क्षेत्रका विषेशता रहे पनि अधिकांश क्षेत्रहरु समथर रहेको छ। यस गाउँपालिकाको कुल जमिन मध्ये सबैभन्दा बढि क्षेत्रमा खेती गरिएको छ भने मध्यवर्ती क्षेत्र लगायतको बन जंगलले पनि उल्लेख्य क्षेत्र ओगटेको छ।
- कम वा कुनै विकिसूत्रहरू नभएका लेखहरू from सेप्टेम्बर २०२२
- Articles with invalid date parameter in template
- कम वा कुनै विकिसूत्रहरू नभएका सबै लेखहरू
- विकिकरण गर्नुपर्ने लेखहरू from सेप्टेम्बर २०२२
- विकिकरण गर्नुपर्ने सबै लेखहरू
- अनेकौँ समस्याहरू सुधार गर्नुपर्ने लेखहरू
- Pages using infobox settlement with no map
- लुम्बिनी प्रदेशका गाउँपालिकाहरू