सामग्रीमा जानुहोस्

जेलवाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेलवाङ
पूर्व गाविस
जेलवाङ को लुम्बिनी प्रदेश मा अवस्थिति
जेलवाङ
नेपालको नक्सामा जेलवाङको अवस्थिति
जेलवाङ को नेपाल मा अवस्थिति
जेलवाङ
जेलवाङ (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८२°४१′E / 28.23°N 82.68°E / 28.23; 82.68
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लारोल्पा जिल्ला
क्षेत्रफल
  जम्मा५०.९१ किमी (१९.६६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२,८९६
  घनत्व५७/किमी (१५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

जेलवाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार जेलबाङको जनसंख्या ३०३७ रहेको छ भने जसमा महिला १५७७ जना र पुरुष १४६० जना रहेको छ।[] यो सुनछहरी गाउँपालिकाको वडा नम्बर ७ हो।[]

जाति

जेलबाङमा ८०% मगर समुदायको बसोबास छ भने बाँकी २०% दलितहरुको बसोबास रहेको छ । मगर जाति भित्र थरहरु बुढा मगर, रोका मगर, पुन मगर र घर्ती मगर थरहरुको बसोबास रहेको छ । दलित समुदायमा नेपाली, सुनार, बि.क., कामी र दमाई थरको दलितको बसोबास रहेको छ ।

भाषा

जेलबाङमा ९९% जनसंख्याले मगर खाम भाषा बोल्दछन । मगर समुदायको बाहुल्यता भएका कारणले दलितहरुले पनि मगर खाम भाषा बोल्ने गर्दछन् ।

धर्म

जेलबाङमा ९१% जनसंख्याले प्रकृति धर्म मान्ने गरेको छन् भने बाँकी ९% जनसंख्याले हिन्दु धर्ममा मान्ने गरेको छ ।

संस्कृति

जेलबाङ आफैमा एउटा ऐतिहासिक गाउँ हो जसमा मगर समुदायको आफ्नै पहिचान तथा परम्परागत प्रणाली रहेको छ। मगर समुदायको जन्मेको न्वारनदेखी विवाह हुँदै मृत्यु सम्म र मृत्यु पश्चात चिनो बिसौनी सम्म संस्कार संस्कृति एउटा अभिन्न सम्पदाको रुपमा रहेको छ। यहाँको भूमे नाच, सिँगारु नाच, मयुर नाच र पैसेरी नाचले थप परिचित भनाएको छ। यहाँको झाक्रि बस्ने प्रथा नि एक पुरानो संस्कृतिको रुपमा रहेको छ।

सन्दर्भ सामग्रीहरू

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
  2. "नेपालको राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, अन्तिम पहुँच ३० जेठ २०८२