जेलवाङ
जेलवाङ | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°१४′N ८२°४१′E / 28.23°N 82.68°E | |
देश | ![]() |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रोल्पा जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ५०.९१ किमी२ (१९.६६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २,८९६ |
• घनत्व | ५७/किमी२ (१५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
जेलवाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार जेलबाङको जनसंख्या ३०३७ रहेको छ भने जसमा महिला १५७७ जना र पुरुष १४६० जना रहेको छ।[१] यो सुनछहरी गाउँपालिकाको वडा नम्बर ७ हो।[२]
जाति
जेलबाङमा ८०% मगर समुदायको बसोबास छ भने बाँकी २०% दलितहरुको बसोबास रहेको छ । मगर जाति भित्र थरहरु बुढा मगर, रोका मगर, पुन मगर र घर्ती मगर थरहरुको बसोबास रहेको छ । दलित समुदायमा नेपाली, सुनार, बि.क., कामी र दमाई थरको दलितको बसोबास रहेको छ ।
भाषा
जेलबाङमा ९९% जनसंख्याले मगर खाम भाषा बोल्दछन । मगर समुदायको बाहुल्यता भएका कारणले दलितहरुले पनि मगर खाम भाषा बोल्ने गर्दछन् ।
धर्म
जेलबाङमा ९१% जनसंख्याले प्रकृति धर्म मान्ने गरेको छन् भने बाँकी ९% जनसंख्याले हिन्दु धर्ममा मान्ने गरेको छ ।
संस्कृति
जेलबाङ आफैमा एउटा ऐतिहासिक गाउँ हो जसमा मगर समुदायको आफ्नै पहिचान तथा परम्परागत प्रणाली रहेको छ । मगर समुदायको जन्मेको न्वारनदेखी बिबाहहुँदै मृत्यु सम्म र मृत्यु पश्चात चिनो बिसौनी सम्म संस्कार संस्कृति एउटा अभिन्न सम्पदाको रुपमा रहेको छ । यहाँको भूमे नाच, सिँगारु नाच, मयूर नाच र पैसेरी नाचले थप परिचित भनाएको छ । यहाँको झाक्रि बस्ने प्रथा नि एक पुरानो संस्कृतिको रुपमा रहेको छ ।[१]
सन्दर्भ सामग्रीहरू
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, अन्तिम पहुँच ३० जेठ २०८२।