जिनावाङ
जिनावाङ | |
---|---|
देश | ![]() |
अञ्चल | राप्ती अञ्चल |
जिल्ला | रोल्पा जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३८२२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
जिनावाङ रोल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । यो गाविस जिल्लाको पश्चिम भेगमा पर्छ । यो गा.बि.स. स्याउ खेतिको लागि उपयुक्त ठाउँ हो । स्याउ उत्पादन भयपनि बजार पाएको छैन । साथै वर्षादमा आलु खेतीको लागि पनि उपयुक्त मानिन्छ ।
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
सिमाना: पूर्व पाखापानी गा.बि.स. र ओत गा.बि.स., दक्षिण जुँगार गा.बि.स., पश्चिम सल्यान जिल्ला पर्दछ भने उत्तर पाखापानी गा.बि.स. पर्दछ ।
जातिहरूको बसोबास[सम्पादन गर्नुहोस्]
जिनावाङमा सबै जातिहरूको मिश्रीत बसोबास रहेको छ तर जातीय बाहुल्यताको आधारमा हेर्दा १ न. र २ वडामा जनजातिको छ भने ३ न. वडामा क्षेत्री र जनजातिको सम्मान बसोबास छ । बाँकी ४ न. देखि ९ न. सम्म क्षेत्रीहरूको बाहुल्यता बढी देखिन्छ । यो गाविसमा बसोबास गर्ने प्रमुख जातिहरू यस प्रकार रहेका छन् :-
गाउँहरू[सम्पादन गर्नुहोस्]
वडा न. १. सुकाओढार, हेलंग खोला, डाँडागाउँ, पूर्णगाउँ
वडा न. २. फारुला, घरबिर
वडा न. ३. घोप्टेओढार, ढिडपिटे, कालाभिर, डाँडाखुट्टी, लोरिबिनी, कुयापानी
वडा न. ४. चामी, बढाढुंगा, बाउखोले
वडा न. ५. कुकुरगारे, झ्याम, झारामंग्रा, धुंगेपानी
वडा न. ६. मंग्रा, रातामाटा, जंगीले
वडा न. ७. बडामेला, घोर्नेटि
वडा न. ८. रह्माइ
वडा न. ९. नाउली, भालुमारे, गोठीखोला
यातायात[सम्पादन गर्नुहोस्]
सडक बाटो सल्यान थारमारे हुँदै रोल्पा पातिहाल्न स्कुल सम्म मोटर बाटो पुगेको छ । सल्यान मोखला, दमाचौरबाट रोल्पा ज्याम हुँदै जिनावाङ सुखा ओढार सम्म मोटर बाटो पुगेको छ । यी दुवै मोटर बाटोमा दैनिक बस चालु भइ सकेको छ ।
पहाड र नदीनाला[सम्पादन गर्नुहोस्]
गा.बि.स.को दक्षिण पट्टि अबस्थित उच्च जथाक लेखमा घना जङ्गल रहेको छ ! साथै विभिन्न खालका जनावरहरु पनि त्यहाँ पाइन्छन ! जथाकको काखबाट बगेको कोप्ची खोला गा.बि.स. को मध्यम भागबाट बगेको छ ! यहि खोला रोल्पा जिल्लाको एक परिचित माडी नदीको शिरको एक हिस्सा बनेको छ !
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]