ईटानगर
ईटानगर Itanagar | |
---|---|
सहर | |
ईटानगरमा रहेको जवाहरलाल नेहरू सङ्ग्रहालय | |
देश | ![]() |
राज्य | अरुणाचल प्रदेश |
जिल्ला | पपुमपारे जिल्ला |
उन्नतांश | ७५० मिटर (२४६० फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | ३४,९७० |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
सवारी दर्ता | AR-01,AR-02,ARX |
ईटानगर (/ˌ[invalid input: 'ee']ˈt[invalid input: 'ah']nəɡər/;ⓘ) भारतको राज्य अरुणाचल प्रदेशको राजधानी सहर हो। यो हिमालयको तराईमा अवस्थित छ। समुद्र सतहदेखि यसको उचाइ ३५० मिटर छ। यो प्रादेशिक राजधानी भएको कारण सडक व्यवस्था राम्रो छ। गुवाहाटी र ईटानगरको नाहरलागुनको मध्यमा हेलिकप्टर सेवाको विकल्प समेत रहेको छ। हेलिकप्टर वाहेक पर्यटक बसहरूद्वारा पनि गुवाहटी देखि ईटानगरसम्म पुग्न सकिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]ईटानगरको खोज मायापुर सँगै भएको थियो। मायापुर ११औँ शताब्दीमा जित्रि वंशको राजधानी थियो। ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन्। यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो। यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो। पर्यटक यस किल्लामा कयौँ सुन्दर दृश्य हेर्न सक्छन्। वर्तमान आएर यस किल्लालाई राजभवनको नामले जान्ने गरिन्छ र यो यहाँको राज्यपालको सरकारी निवास हो।
भूगोल
[सम्पादन गर्नुहोस्]ईटानगर २७°०६′N ९३°३७′E / 27.1°N 93.62°Eमा अवस्थित छ।[१] यसको औसत उचाइ ७५० मिटर रहेको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]मुख्य पर्यटन स्थल
[सम्पादन गर्नुहोस्]किल्ला
[सम्पादन गर्नुहोस्]
ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन्। यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो। यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो। पर्यटक यस किल्लामा कयौँ सुन्दर दृश्य हेर्न सक्छन्। किल्लाको भ्रमण गरेर पर्यटकहरू यहाँ पौराणिक गङ्गा ताल पनि हेर्न सक्छन्।[२]
पौराणिक गङ्गा ताल
[सम्पादन गर्नुहोस्]यो ईटानगरदेखि ६ किलोमिटरको दूरीमा स्थित छ। यस ताल नजिकै एक मनमोहक जङ्गल पनि छ। पर्यटकहरू यस जङ्गलमा सुन्दर रुख-विरुवा, वन्य जन्तु र फूलको बगैँचा हेर्न सक्छन्। यहाँ आउने पर्यटकहरू यो स्थान आएर जाने गर्छन्।
बौद्ध मन्दिर
[सम्पादन गर्नुहोस्]यहाँ एउटा सुन्दर बौद्ध मन्दिर रहेको छ। बौद्ध गुरू दलाई लामा पनि यसको यात्रा गरिसकेका छन्। यस मन्दिरको छाना पहेलो छ र यस मन्दिरको निर्माण तिब्बती शैलीमा गरिएको छ। यस मन्दिरको माथिल्लो तल्लाबाट पुरै ईटानगरको सुन्दर दृश्यहरू हेर्न सकिन्छ। यस मन्दिरमा एक सङ्ग्राहलयको निर्माण पनि गरिएको छ। यसको नाम जवाहर लाल नेहरू सङ्ग्राहलय हो। यस सङ्ग्रहालयमा पर्यटकहरू पुरै अरूणाचल प्रदेशको झलक हेर्न सक्छन्।
अन्य स्थल
[सम्पादन गर्नुहोस्]यी स्थलहरू वाहेक यहाँ काठले बनेका सुन्दर वस्तुहरू, वाद्ययन्त्र, हस्त कपडा, हस्तनिर्मित वस्तुहरू तथ् कलाकृतिहरू हेर्न सकिन्छ। यहाँ रहेका सङ्ग्राहलयमा पुस्ताकलयको पनि निर्माण गरिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Falling Rain Genomics, Inc - Itanagar
- ↑ "Tourism in Arunachal Pradesh", Arunachalpradesh.nic.in, अन्तिम पहुँच २६ डिसेम्बर २०१२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]