दिसपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिसपुर
দিছপুৰ
Dispur
राजधानी
शङ्करदेव कलाक्षेत्रमा रहेको एक मूर्ति
शङ्करदेव कलाक्षेत्रमा रहेको एक मूर्ति
देशभारत
राज्यआसाम
जिल्लाकामरूप महानगर
सरकार
 • मुख्यमन्त्रीसर्वनन्द सोनोवाल
उन्नतांश
५५ मिटर (१८० फिट)
जनसङ्ख्या
 (२०१०)
 • जम्मा९,८२९
भाषाहरू
 • आधिकारिकआसामी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
पिन
७८१००५
टेलिफोन कोड९१ - (०) ३६१ - XX XX XXX
आइएसओ ३१६६ सङ्केतIN-AS
सवारी दर्ताAS - २५

दिसपुर /dɪsˈp[invalid input: 'oor']/ (उच्चारण) भारतको राज्य आसामको राजधानी हो । गुवाहाटी सहरको स्थानीय सहर रहेको दिसपुर सन् १९७३ मा आसामको राजधानी बनेको हो । मेघालय राज्यको स्थापना भएपछि यो सहर शिलोङ पछि राजधानी बनेको हो ।

दिसपुर आसाम सरकारको क्षेत्र हो । दिसपुरको दक्षिणमा पौराणिक वशिष्ठ आश्रम र शंकरदेव कलाक्षेत्र स्थित छन् । शंकरदेव कलाक्षेत्र सन् १९९० मा अस्तित्वमा आएको थियो किनभने यस क्षेत्रमा एउटा कला केन्द्रको कमी पछिल्लो कयौं वर्षदेखि महसुस भइरहेको थियो । आसाम सचिवालय भवन, आसाम संसद भवन र राज्य आपातकालीन केन्द्र दिसपुरमै अवस्थित रहेको छ । आसाम मार्ग र जिएस मार्ग दिसपुर भएरै जान्छ । राजधानीको रूपमा जानिने दिसपुर, गुवाहाटी चिया विमोचन केन्द्रको लागि प्रसिद्ध छ । विभिन्न प्रकारका चियाहरू यहाँ विमोचन गर्ने गरिन्छ । यस केन्द्रमा सिटिसी चियाको विश्वमा सबैभन्दा बढी प्रजाति विमोचन गर्ने गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

राजनीति[सम्पादन गर्नुहोस्]

दिसपुर गुवाहाटी (लोकसभा क्षेत्र) अन्तर्गत पर्दछ ।[१]

मौसम[सम्पादन गर्नुहोस्]

दिसपुरमा गर्मीमा तापक्रम औसत न्यानो हुने र जाडोमा अत्यन्तै जाडो हुने गर्छ ।

शिक्षा[सम्पादन गर्नुहोस्]

आसामको राजधानी सहर दिसपुर आसामको शिक्षा क्षेत्रको महत्त्वपूर्ण स्थान हो । दिसपुरमा दुई महत्त्वपूर्ण कलेजहरू रहेका छन्, त्यसमध्ये एकको नाम दिसपुर कानुन कलेज र अर्को दिसपुर कलेज रहेको छ । दिसपुर कानुन कलेजको स्थापना सन् १९३३ मा भएको हो । यस कलेजलाई भारत कानुन परिषदले मान्यता दिएको छ । त्यसैप्रकार दिसपुर कलेजको स्थापना सन् १९७८ मा भएको हो । यस कलेजको स्थापना उच्च शिक्षा हासिल गर्नका लागि आसामका विभिन्न क्षेत्रबाट आउने विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेर गरिएको हो । दिसपुर सहरमा विभिन्न सरकारी तथा निजी विद्यालयहरू रहेका छन् ।

महत्त्वपूर्ण भवनहरू[सम्पादन गर्नुहोस्]

  • आसाम सचिवालय
  • आसाम संसद भवन
  • राज्य आपातकालीन सेवा केन्द्र
  • नाबार्द- आसाम क्षेत्रीय कार्यालय
  • गुवाहाटी चिया विमोचन केन्द्र
  • फ्रेञ्च मोटर कार कम्पनी लिमिटेड
  • स्टेट बैङ्क अफ इन्डिया- उत्तर पूर्वी क्षेत्र

पर्यटकीय क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

राजधानी सहर हुनुका साथसाथै यो पूर्ण योजनावद्ध सहर हो । दिसपुरमा अनेकौ पर्यटकीय क्षेत्रहरू रहेका छन् ।

  • शिल्पग्राम- सांस्कृतिक र हस्तनिर्मित धरोहरहरूको लागि शिल्पग्राम आसाम र उत्तरपूर्वी क्षेत्रमा प्रसिद्ध रहेको छ । परम्परागत आभूषण, गलैंचा, सिल्क साडी, काठ तथा धातुको हस्तनिर्मित वस्तुहरू यहाँ उपलब्ध रहेको छ ।
  • बसिष्ठ आश्रम- दिसपुरबाट ६ किलोमिटरको दुरीमा बसिष्ठ आश्रम रहेको छ । यो स्थान शिव मन्दिरको कारण प्रसिद्ध रहेको छ । यो मन्दिर लगभग ८३५ बिघामा फैलिएको छ । यो क्षेत्र मेघालयको पहाडबाट प्रवाहित हुने धाराहरूको सङ्गममा अवस्थित छ ।
  • शंकरदेव कलाक्षेत्र- शंकरदेव कलाक्षेत्र आसामको एउटा सांस्कृतिक सङ्ग्रहालय हो । यो गुवाहाटी सहरको पञ्जाबाडी क्षेत्रमा स्थित छ । यो एउटा परिसरमै सम्पूर्ण पूर्वोत्तर क्षेत्रको कला र सांस्कृतिकलाई दर्शाउने सङ्ग्रहालय हो । यहाँ बच्चाहरूको लागि एक सुन्दर पार्क छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "List of Parliamentary & Assembly Constituencies", Assam, Election Commission of India, अन्तिम पहुँच ५ अक्टोबर २००८  वेब्याक मेसिन अभिलेखिकरण ४ मे २००६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]