सामग्रीमा जानुहोस्

दिसपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिसपुर
দিছপুৰ
Dispur
राजधानी
शङ्करदेव कलाक्षेत्रमा रहेको एक मूर्ति
शङ्करदेव कलाक्षेत्रमा रहेको एक मूर्ति
देशभारत
राज्यआसाम
जिल्लाकामरूप महानगर
सरकार
  मुख्यमन्त्रीसर्वनन्द सोनोवाल
उन्नतांश
५५ मिटर (१८० फिट)
जनसङ्ख्या
 (२०१०)
  जम्मा९,८२९
भाषाहरू
  आधिकारिकआसामी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
पिन
७८१००५
टेलिफोन कोड९१ - (०) ३६१ - XX XX XXX
आइएसओ ३१६६ सङ्केतIN-AS
सवारी दर्ताAS - २५

दिसपुर /dɪsˈp[invalid input: 'oor']/ (उच्चारण) भारतको राज्य आसामको राजधानी हो । गुवाहाटी सहरको स्थानीय सहर रहेको दिसपुर सन् १९७३ मा आसामको राजधानी बनेको हो । मेघालय राज्यको स्थापना भएपछि यो सहर शिलोङ पछि राजधानी बनेको हो ।

दिसपुर आसाम सरकारको क्षेत्र हो । दिसपुरको दक्षिणमा पौराणिक वशिष्ठ आश्रम र शंकरदेव कलाक्षेत्र स्थित छन् । शंकरदेव कलाक्षेत्र सन् १९९० मा अस्तित्वमा आएको थियो किनभने यस क्षेत्रमा एउटा कला केन्द्रको कमी पछिल्लो कयौं वर्षदेखि महसुस भइरहेको थियो । आसाम सचिवालय भवन, आसाम संसद भवन र राज्य आपातकालीन केन्द्र दिसपुरमै अवस्थित रहेको छ । आसाम मार्ग र जिएस मार्ग दिसपुर भएरै जान्छ । राजधानीको रूपमा जानिने दिसपुर, गुवाहाटी चिया विमोचन केन्द्रको लागि प्रसिद्ध छ । विभिन्न प्रकारका चियाहरू यहाँ विमोचन गर्ने गरिन्छ । यस केन्द्रमा सिटिसी चियाको विश्वमा सबैभन्दा बढी प्रजाति विमोचन गर्ने गरिन्छ ।

दिसपुर गुवाहाटी (लोकसभा क्षेत्र) अन्तर्गत पर्दछ ।[]

दिसपुरमा गर्मीमा तापक्रम औसत न्यानो हुने र जाडोमा अत्यन्तै जाडो हुने गर्छ ।

आसामको राजधानी सहर दिसपुर आसामको शिक्षा क्षेत्रको महत्त्वपूर्ण स्थान हो । दिसपुरमा दुई महत्त्वपूर्ण कलेजहरू रहेका छन्, त्यसमध्ये एकको नाम दिसपुर कानुन कलेज र अर्को दिसपुर कलेज रहेको छ । दिसपुर कानुन कलेजको स्थापना सन् १९३३ मा भएको हो । यस कलेजलाई भारत कानुन परिषदले मान्यता दिएको छ । त्यसैप्रकार दिसपुर कलेजको स्थापना सन् १९७८ मा भएको हो । यस कलेजको स्थापना उच्च शिक्षा हासिल गर्नका लागि आसामका विभिन्न क्षेत्रबाट आउने विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेर गरिएको हो । दिसपुर सहरमा विभिन्न सरकारी तथा निजी विद्यालयहरू रहेका छन् ।

महत्त्वपूर्ण भवनहरू

[सम्पादन गर्नुहोस्]
  • आसाम सचिवालय
  • आसाम संसद भवन
  • राज्य आपातकालीन सेवा केन्द्र
  • नाबार्द- आसाम क्षेत्रीय कार्यालय
  • गुवाहाटी चिया विमोचन केन्द्र
  • फ्रेञ्च मोटर कार कम्पनी लिमिटेड
  • स्टेट बैङ्क अफ इन्डिया- उत्तर पूर्वी क्षेत्र

पर्यटकीय क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

राजधानी सहर हुनुका साथसाथै यो पूर्ण योजनावद्ध सहर हो । दिसपुरमा अनेकौ पर्यटकीय क्षेत्रहरू रहेका छन् ।

  • शिल्पग्राम- सांस्कृतिक र हस्तनिर्मित धरोहरहरूको लागि शिल्पग्राम आसाम र उत्तरपूर्वी क्षेत्रमा प्रसिद्ध रहेको छ । परम्परागत आभूषण, गलैंचा, सिल्क साडी, काठ तथा धातुको हस्तनिर्मित वस्तुहरू यहाँ उपलब्ध रहेको छ ।
  • बसिष्ठ आश्रम- दिसपुरबाट ६ किलोमिटरको दुरीमा बसिष्ठ आश्रम रहेको छ । यो स्थान शिव मन्दिरको कारण प्रसिद्ध रहेको छ । यो मन्दिर लगभग ८३५ बिघामा फैलिएको छ । यो क्षेत्र मेघालयको पहाडबाट प्रवाहित हुने धाराहरूको सङ्गममा अवस्थित छ ।
  • शंकरदेव कलाक्षेत्र- शंकरदेव कलाक्षेत्र आसामको एउटा सांस्कृतिक सङ्ग्रहालय हो । यो गुवाहाटी सहरको पञ्जाबाडी क्षेत्रमा स्थित छ । यो एउटा परिसरमै सम्पूर्ण पूर्वोत्तर क्षेत्रको कला र सांस्कृतिकलाई दर्शाउने सङ्ग्रहालय हो । यहाँ बच्चाहरूको लागि एक सुन्दर पार्क छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "List of Parliamentary & Assembly Constituencies", Assam, Election Commission of India, अन्तिम पहुँच ५ अक्टोबर २००८ अभिलेखिकरण ४ मे २००६ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]