जम्मु
जम्मू
جموں | |
---|---|
प्रशासनिक मन्डल | |
![]() जम्मू शहर एवं तवी नदीको दॄश्य | |
![]() जम्मू (रानी रङ्गमा, 1-5) कश्मीरको मानचित्रमा दिखाइएको छ | |
राष्ट्र | भारत |
राज्य | जम्मू र कश्मीर |
जिल्ला | जम्मु, डोडा, कठुआ, रामबन, रियासी, किश्तवार, पुन्छ, राजौरी, उधमपुर, साम्बा |
स्थापना | १४वीं शताब्दी, ई.पू. |
संस्थापक | राजा जम्बू लोचन |
मुख्यालय | जम्मू |
सरकार | |
• प्रकार | केन्द्रीय |
• अङ्ग | राज्य सरकार |
क्षेत्रफल | |
• जम्मा | २२२,२०० किमी२ (८५८०० वर्ग माइल) |
उन्नतांश | ३०५ मिटर (१००१ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १३,७९०,६७८ |
• घनत्व | ६२/किमी२ (१६०/वर्ग माइल) |
भाषाएं | |
• आधिकारिक | वर्णक्रमात्मक व्यवस्थित |
समय क्षेत्र | युटिसी+5:30 (IST) |
पिनकोड | 0191 |
सवारी दर्ता | JK02- |
वेबसाइट | www.jammu.nic.in |
जम्मू /ˈdʒ[invalid input: 'ah']m[invalid input: 'oo']/ (उर्दु: جموں उच्चारण (सहायता जानकारी), पञ्जाबी: ਜੰਮੂ), भारतको उत्तरतम राज्य जम्मू एवं कश्मीर मा तीनमध्ये एक प्रशासनिक खण्ड हो । यो क्षेत्र जम्मू एवं कश्मीर राज्यको एक भाग हो । क्षेत्रको प्रमुख जिल्लामा डोडा, कठुआ, उधमपुर, राजौरी, रामबन, रियासी, साम्बा, किश्तवार एवं पुन्छ आउछ । क्षेत्रको अधिकांश भूमि पहाडी वा पथरीली हो । यसैमा पीर पन्जाल रेन्ज पनि आउछ जुन कश्मीर घाटीलाई हिमालय देखि पूर्वी जिल्ला डोडा र किश्तवारमा पृथक गर्दछ । यहाको प्रधान नदी चेनाब (चन्द्रभागा) हो ।
जम्मू शहर, जसलाई आधिकारिक रूपले जम्मू-तवी पनि भनिन्छ, यस प्रभागको सबैभन्दा ठुलो नगर हो र जम्मू एवं कश्मीर राज्यको शीतकालीन राजधानी पनि हो । नगरको बीचबाट तवी नदी निक्लन्छ, जसको कारण यस नगरलाई यो आधिकारिक नाम मिलेको हो । जम्मू शहरलाई "मन्दिरहरूको शहर" पनि भनिन्छ, किनकि यहा धेरै मन्दिर एवं तीर्थ छन् जसको चमकते शिखर एवं दमकते कलश नगरको क्षितिजरेखामा सुवर्ण बिन्दुहरू जस्तै देखिन्छ र एक पवित्र एवं शान्तिपूर्ण हिन्दू नगरकोका वातावरण प्रस्तुत गर्दछ ।
यहा केहि प्रसिद्ध हिन्दु तीर्थ पनि छन्, जस्तै वैष्णो देवी, आदि जसको कारण जम्मू हिन्दू तीर्थ शहरहरूमा गनिन्छ । यहाको अधिकांश जनसङ्ख्या हिन्दू तथा सिख छन् ।[१]
भूगोल[सम्पादन गर्नुहोस्]
जम्मू नगर ३२°४४′N ७४°५२′E / ३२.७३°N ७४.८७°E निर्देशांकमा स्थित छ[२]। मा स्थित छ । यहाको सागर सतहदेज्गि औसत ऊंचाई ३२७ मी (१,०७३ फीट) छ । यो नगर शिवालिक पर्वतमाला को निचली असमान पहाडिहरू र टीलहरूको बीच बसेको छ । उत्तर, पूर्व एवं दक्षिण-पूर्वमा यो शिवालिकबाट घेरिएको छ र उत्तर-पश्चिम दिशामा त्रिकुटा रेन्ज छ । राष्ट्रीय राजधानी दिल्लीदेखि यो शहर लगभग ६०० कि.मी (370 mi) दूरीमा उत्तर दिशामा स्थित छ । नगर तवी नदीको किनारहरूमा बसेको छ र अगाडि फैलिएको छ तथा पुरानो शहर दाया तटमा उत्तर दिशामा बसेको छ तथा नया बसा शहर नदीको दक्षिणी तटबाट लगेको (बाया तर्फ) छ । तवी नदी चार बडा सेतुहरू द्वारा पार गर्न सकिन्छ र पाचौ सेतु अहिले निर्माणाधीन छ । नगरको भूमि समान नभएर कहीं कहीं मथि तथा कहीं तल यी टीलहरूमा फैलिएको छ । नदीको एक तटमा बाहु का किला एवं पुरानो शहर छ त दोश्रो तरफ रोयल डोगरा प्यालेस बनेको छ, जुन नगरको उच्चतम स्थान हो । नगरको विमानक्षेत्र सतबाडीमा स्थित छ ।
नामकरण[सम्पादन गर्नुहोस्]
जम्मू नगरको नाम यसको स्थापकको नाममा राखिएको छ । राय जम्बुलोचनले यसको स्थापना गरे र नाम राखे जम्बुपुरा जुन जम्मू भयो । धेरै इतिहासकारहरू एवं स्थानीय उक्तियहरूको अनुसार नगरको स्थापना राय जम्बुलोचनले १४औ शताब्दी ई.पू. मा गरेका थिए । राजा एक पटक आखेट गर्दै त्यसैबेला नदीको तटमा एक स्थानमा पुगे जहा उनले देखे एक बाघ र बाख्रा एक साथ एउटै घाटमा पानी पिउदै दिए । पानी पिएर दुवै जानवर आफ्नो आफ्नो बाटो लागे । राजा आश्चर्यचकित भए र आखेटको विचार छोडेर आफ्नो साथीहरू भएको ठाम पुगे र सबै कथा विस्तारमा बताए । सबैले भने कि यो स्थान शंति वा सद्भावले भरिएको होला जहा बाघ र बाख्रा एक साथ पानी पिरहेका थिए । तब उसले आदेश दिए कि यस स्थानमा एक किलाको निर्माण गरियोस् र त्यसको निकट नै शहर बसाइयोस् । यस शहरको नाम नै जम्बुपुरा वा जम्बुनगर रहयो र कालान्तरमा जम्मू भयो ।[३]</ref>[४]
जम्मू राजाहरूको सूची[सम्पादन गर्नुहोस्]
- राय सूरज देव ८५०-९२०
- राय भोज देव ९२०-९८७
- राय अवतार देव ९८७-१०३०
- राय जसदेव १०३०-१०६१
- राय संग्राम देव १०६१-१०९५
- राय जसास्कर १०९५-११६५
- राय ब्रज देव ११६५-१२१६
- राय नरसिंह देव १२१६-१२५८
- राय अर्जुन देव १२५८-१३१३
- राय जोध देव १३१३-१३६१
- राय मल देव १३६१-१४००
- राय हमीर देव (भीम देव) १४००-१४२३
- राय अजायब देव
- राय बैरम देव
- राय खोखर देव (देहान्त १५२८)
- राय कपूर देव १५३०-१५७०
- राय समील देव १५७०-१५९४
- राय संग्राम, जम्मू राजा १५९४-१६२४
- राजा भूप देव १६२४-१६५०
- राजा हरि देव १६५०-१६८६
- राजा गुजै देव १६८६-१७०३
- राजा ध्रुव देव १७०३-१७२५
- राजा रंजीत देव १७२५-१७८२
- राजा ब्रजराज देव १७८२-१७८७
- राजा सम्पूर्ण सिंह १७८७-१७९७
- राजा जीत सिंह १७९७-१८१६
- राजा किशोर सिंह १८२०-१८२२
जम्मू एवं कश्मीरको महाराजा[सम्पादन गर्नुहोस्]
- महाराजा गुलाब सिंह १८२२-१८५६
- महाराजा रणबीर सिंह १८५६-१८८५
- महाराजा प्रताप सिंह १८८५-१९२५
- महाराजा हरि सिंह १९२५-१९४८
- कर्ण सिंह (जन्म १९३१) भारतको राजनयिक
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ बीबीसी न्यूज़
- ↑ फोलिंग रेन जीनोमिक्स, इंका - जम्मू
- ↑ जेराथ, अशोक (२०००), फ़ोर्ट्स एण्ड पैलेसेज़ ऑफ़ वैस्टर्न हिमालयाज़, इंडस पब्लिशिंग, पृ: ५९–६५, आइएसबिएन 81-7387-104-3।
|Language=
প্যারামিটার অজানা, উপেক্ষা করুন (|language=
পরামর্শকৃত) (सहायता)(अंग्रेजी) - ↑ सिलास, संदीप (२००५), डिस्कवर इण्डिया बाय रेल, स्टर्लिंग पब्लिशर्स प्रा.लि., पृ: ४७, आइएसबिएन 81-207-2939-0, अन्तिम पहुँच ७ अप्रैल २०१०।