सत्यमेव जयते

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतको राष्ट्रिय प्रतीकमा 'सत्यमेव जयते' वाक्यांश प्रयोग गरिन्छ।
सत्यमेव जयतेको अनुवादहरू
संस्कृतसत्यमेव जयते
असमियाসত্যমেব জয়তে
बङ्गालीসত্যমেব জয়তে
गुजरातीસત્યમેવ જયતે
हिन्दीसत्यमेव जयते
कन्नडಸತ್ಯಮೇವ ಜಯತೇ
मलयालमസത്യമേവ ജയതേ
मराठीसत्यमेव जयते
उडियाସତ୍ୟମେବ ଜୟତେ
पन्जाबीਸਤ੍ਯਮੇਵ ਜਯਤੇ
तमिलஸத்யமேவ ஜயதே
तेलगुసత్యమేవ జయతే
शब्दावली

सत्यमेव जयते ( संस्कृत : देवनागरी : सत्यमेव जयते, पूर्वी नागरी : सत्यमेव जयते, तेलुगु : సత్యమేవ జయతే, उच्चारण [s̪ɐt̪jɐ.meːʋɐ ˈd͡ʑɐ.jɐ.t̪eː]) सन् १९५० मा भारत स्वतन्त्र भएपछि अपनाइएको राष्‍ट्रिय आदर्श वाक्यांश हो। [१] यो भारतीय राष्‍ट्रिय प्रतीकको तल्लो भागमा देवनागरी लिपिमा अङ्कित गरिएको हुन्छ। यो वाक्यांश भारतीय मुद्रा र राष्ट्रिय दस्तावेजहरूमा पनि अङ्कित गरिएको हुन्छ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]

आदर्श वाक्यको मूल मुण्डकोपनिषद हो। मन्त्र निम्‍न अनुसार छ:

सत्यमेव जयते नानृतं सत्येन पन्था विततो देवयानः ।
येनाक्रमन्त्यृषयो ह्याप्तकामा यत्र तत् सत्यस्य परमं निधानम् ॥[२]

लोकप्रिय अर्थहरू[सम्पादन गर्नुहोस्]

यो वाक्यांशलाई विभिन्‍न रुपमा अनुवाद गर्ने र अर्थाउने प्रयास गरिएको छ। निम्‍न रूपमा सामान्यतय यो वाक्यांशलाई अर्थाइन्छ।

  • सत्य अजेय छ
  • सत्यको मात्र जित हुन्छ, झुटको होइन
  • सत्य प्रबल हुन्छ, असत्य होइन[३]
  • 'Veritas Vincit', ल्याटिन अनुवाद
  • सत्यले मात्र जित्छ, असत्यलाई होइन [४]
  • भयमेय भेलम ( तमिल : வாய்மையே வெல்லும்)

पण्डित मदन मोहन मालवीयले यो मन्त्रलाई आफु भारतीय राष्ट्रिय काङ्ग्रेसको अध्यक्ष भएको बेला लोकप्रिय बनाएका थिए र राष्ट्रिय शब्दकोशमा ल्याएका थिए। [५]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Motto for State Emblem", Press Information Bureau of India - Archive 
  2. "Mundaka Upanishad", IIT Kanpur, अन्तिम पहुँच २०२०-०६-०४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०४ मिति
  3. (Max Muller (SBE 15))
  4. (Radhakrishnan, The Principal Upanishads) - citations from Mehendale
  5. "Minutes of the first meeting of the National Committee for Commemoration of 150th Birth Anniversary of Mahamana Pandit Madan Mohan Malaviya 26 July 2011 at 6.00 pm - 7, Race Course Road, New Delhi."