अमेठी जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेठी जिल्ला
उत्तर प्रदेशको जिल्ला
उत्तर प्रदेशमा अमेठीको अवस्थितिको अवस्थिति
उत्तर प्रदेशमा अमेठीको अवस्थिति
देशभारत
राज्यउत्तर प्रदेश
विभागफैजदाबाद
सदरमुकामगौरीगञ्ज
तहसिल
क्षेत्रफल
 • जम्मा३,०६३ किमी (११८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,५४९,९३५
 • घनत्व८३०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटhttp://amethi.nic.in/

अमेठी जिल्ला भारतको उत्तर प्रदेश राज्यको ७२औँ जिल्ला हो। यो जिल्ला फैजाबाद विभाग अन्तर्गत पर्दछ भने यो जिल्ला ३०७० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस जिल्लाको प्रशासनिक सदरमुकाम गौरीगञ्ज हो।

सन् १९८० देखि भारतीय नेहरू - गान्धी राजनीतिक राजवंशको शक्ति केन्द्र भएका कारण यो जिल्ला प्रख्यात छ। पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरू, उनका नाति सञ्जय र राजीव गान्धी (इन्दिरा गान्धीका छोरा), राजीव गान्धीकी श्रीमती सोनिया गान्धी र छोरा राहुल गान्धीले यस निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका थिए। यद्यपि सन् २०१९ मा राहुल गान्धीले लोकसभाको चुनावमा एक पूर्व दूरदर्शन अभिनेत्री स्मृति ईरानीले पराजित भएपछि यो क्षेत्र परिवर्तन भएको थियो।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

अवस्थिति[सम्पादन गर्नुहोस्]

अमेठी जिल्ला २६°०९' उत्तर अक्षांश र ८१°४९' पूर्वी देशान्तरणमा अवस्थित छ। यो जिल्लासमुन्द्री सतहबाट १०१ मिटरको (३३१ फिट) उचाईमा रहेको छ। यस जिल्लाको प्रमुख नदी गोमती हो जुन जिल्लाको मध्यभागबाट बग्दछ। यस जिल्लाको उत्तरी किनार फैजाबाद जिल्लाले घेरिएको छ भने दक्षिणतर्फ प्रतापगढ जिल्ला रहेको छ। यस जिल्लाको पश्चिमतर्फ बाराबङ्की जिल्ला र रायबरेली जिल्ला रहेका छन् भने पूर्वीमा सुल्तानपुर जिल्लाले रहेको छ।[२]

मौसम[सम्पादन गर्नुहोस्]

अमेठी जिल्लाको जमिन सामान्यतया गोमती नदीको वरपरका केही क्षेत्रहरू बाहेकका समथल रहेको छ। यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। अमेठी जिल्लाको ओसिलो र सुक्खा खालको मौसम भने यहाँको वार्षिक औसत तापक्रम २३ डिग्री सेल्सियस देखि २८ डिग्री सेल्सियस बीच रहन्छ। अमेठीले तीन फरक ऋतुहरू अनुभव गर्दछ: ग्रीष्म ऋतु, वर्षा ऋतु र हल्का शरद ऋतु। गर्मी महिना मार्च देखि मे महिना सम्म हुन्छ, जतिबेला यस जिल्लाको अधिकतम तापक्रम ३६ डिग्री देखि ४४ डिग्री सेल्सियस सम्म पुग्छ। यस जिल्लामा वर्षा ऋतु जुन, सेप्टेम्बर र जुलाईको बीचमा पर्दछ जुन वर्षकै ओसिलो महिनाहरू हुन् भने हिउँद ऋतु नोभेम्बरबाट शुरु हुन्छ। हिउँदमा दिउँसोको तापक्रम २२ डिग्री सेल्सियसको आसपास रहन्छ भने रातको तापमान ८ डिग्री सेल्सियस भन्दा कम पुग्छ भने डिसेम्बर देखि जनवरी सम्म यहाँको तापक्रम २ डिग्री देखि ३ डिग्री सेल्सियस सम्म झर्छ।

यातायात[सम्पादन गर्नुहोस्]

अमेठी उत्तर प्रदेश र उत्तर पूर्वी भारतका प्रमुख शहरहरूमा भारतीय रेल तथा सडकहरूमार्फत जोडिएको छ। यस जिल्लामा दिल्ली, लखनऊ, कानपुर, देहरादून, हरिद्वार, इलाहाबाद, वाराणसी, कोलकाता, पुरी, भोपाल, मुम्बई र बेङ्ग्लोर जस्ता प्रमुख सहरहरूसँग जडान हुने रेलमार्गहरू रहेका छन्। उत्तर प्रदेश राज्य सडक यातायात निगमका सवारीसाधनहरू यसै जिल्लाबाट चल्छन्।[३]

प्रशासन[सम्पादन गर्नुहोस्]

यस जिल्लामा १ तहसील, १३ विकास खण्ड, १४ प्रहरी चौकी र १०१ लेखपाल क्षेत्र रहेका छन्। यस जिल्लाका गौरीगञ्ज, अमेठी, मुसाफिरखाना र तिलोई तहसीलहरू हुन्। अमेठी यस जिल्लाको सबैभन्दा ठूलो सहर हो। [४] जिल्लामा ४ विधान सभा क्षेत्रहरू; गौरीगञ्ज, जगदीशपुर, अमेठी र तिलोई रहेका छन् भने यी सबै अमेठी लोकसभा क्षेत्र अन्तर्गत पर्दछन्। यो जिल्ला फैजाबाद र बाराबन्कीको निर्वाचन क्षेत्रहरू द्वारा घेरिएको छ।[५]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Rahul Gandhi says will change face of Amethi,dangles jobs carrot", द इण्डिएन एक्सप्रेस, पिटिआई, १३ जुन २०१३, अन्तिम पहुँच ८ डिसेम्बर २०१६ 
  2. वर्मा, लालमणी (७ जुन २०१३), "Amethi to remain district, but with one less tehsil", द इण्डिएन एक्सप्रेस, अन्तिम पहुँच १ जुन २०१४ 
  3. "Rahul Gandhi never raised Amethi's problems in Parl: Kumar Vishwas", वान इण्डिया न्युज, १२ जनवरी २०१४, अन्तिम पहुँच ५ मार्च २०१४ 
  4. खान, अतिक (१ जुलाई २०१०), "Uttar Pradesh gets one more district", द हिन्दु, मूलबाट २० अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०१० 
  5. "Constituencies of Amethi", अन्तिम पहुँच ६ डिसेम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]