सामग्रीमा जानुहोस्

आजमगढ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आजमगढ जिल्ला
उत्तर प्रदेशमा आजमगढ जिल्लाको अवस्थितिको अवस्थिति
उत्तर प्रदेशमा आजमगढ जिल्लाको अवस्थिति
देश भारत
राज्यउत्तर प्रदेश
विभागआजमगढ
सदरआजमगढ
क्षेत्रफल
  कुल४०५४ किमी (१५६५ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
  कुल४६१३९१३
  घनत्व११००/किमी (२९००/वर्ग माइल)
  सहरी
८.५३%
जनसङ्ख्या
  साक्षरता७०.९३%
  यौन अनुपात२०१९
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
वेबसाइटhttp://azamgarh.nic.in/

आजमगढ जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो आजमगढ मण्डलको ३ जिल्लाहरू मध्य एक हो। यो जिल्ला आजमगढ मण्डलको सदरमुकाम पनि हो।[]

आजमगढ जिल्लाको क्षेत्रफल ४,०५४ वर्ग किलोमिटर (१,५६५ वर्ग माइल) छ। जिल्ला गङ्गाघाघराको बीचमा अवस्थित छ।[] आजमगढ जिल्लाले पूर्वमा माउ, उत्तरमा गोरखपुर, दक्षिण-पूर्वमा गाजीपुर, दक्षिण-पश्चिममा जौनपुर, पश्चिममा सुल्तानपुर र उत्तर-पश्चिममा अम्बेडकर नगर जिल्लाहरूले घेरेको छ।[]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

२०११ को जनगणना अनुसार आजमगढ जिल्लाको जनसङ्ख्या ४,६१३,९१३ छ, [] यसले यसलाई भारतमा ३०औँ स्थान दिन्छ (कुल ६४० मध्ये)।[] जिल्लाको जनघनत्व १,१३९ निवासी प्रति वर्ग किलोमिटर (२,९५०/वर्ग माइल) छ।।[] २००१-२०११ दशकमा यसको जनसङ्ख्या वृद्धि दर १७.११% थियो।[] आजमगढमा प्रत्येक १००० पुरुषहरूको लागि १०१९ महिलाहरूको लिंग अनुपात छ, []साक्षरता दर ७२.६९% छ। जनसङ्ख्याको ८.५३% सहरी क्षेत्रमा बस्छन्। अनुसूचित जाति र अनुसूचित जनजातिहरू क्रमशः जनसङ्ख्याको २५.३९% र ०.२०% छन्।[]

आधिकारिक भाषा हिन्दी हो र अतिरिक्त आधिकारिक उर्दु हो। भोजपुरी आजमगढको मूल भाषा हो।[] कैथीको भोजपुरी संस्करण भोजपुरी भाषाको स्वदेशी लिपि हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Azamgarh District Map", www.mapsofindia.com, अन्तिम पहुँच २७ नोभेम्बर २०१९
  2. "Azamgarh", Azamgarh district administration, मूलबाट २९ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१०
  3. "Azamgarh", UP online, मूलबाट १४ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१० अभिलेखिकरण १४ जुलाई २०१० वेब्याक मेसिन
  4. 1 2 3 4 5 6 "District Census Handbook: Azamgarh", censusindia.gov.in, Registrar General and Census Commissioner of India, २०११।
  5. "Bhojpuri: A language of India", Dallas, Texas, अन्तिम पहुँच ३० सेप्टेम्बर २०११
  6. A handbook to the Kayathi character., १८८१।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट