प्रेम मन्दिर, वृन्दावन
स्वरूप
प्रेम मन्दिर | |
---|---|
उत्तर प्रदेशमा स्थान | |
प्राथमिक विवरण | |
स्थान: | वृन्दावन |
निर्देशाङ्क | २७°३४′२१″N ७७°४०′२१″E / २७.५७२४५६९°N ७७.६७२४९१९°Eनिर्देशाङ्कहरू: २७°३४′२१″N ७७°४०′२१″E / २७.५७२४५६९°N ७७.६७२४९१९°E |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | मथुरा जिल्ला |
राज्य | उत्तर प्रदेश |
देश | भारत |
प्रेम मन्दिर वृन्दावन, मथुरा जिल्ला, उत्तर प्रदेश, भारतमा रहेको एउटा हिन्दु मन्दिर हो। मन्दिर जगद्गुरु श्री कृपालु महाराजद्वारा स्थापना गरिएको थियो।[१] कम्प्लेक्स वृन्दावनको बाहिरी भागमा ५५-एकर साइटमा छ। यो मन्दिर राधा कृष्ण र सीता रामको लागि समर्पित छ। पहिलो तहमा राधाकृष्ण र दोस्रो तहमा सीताराम छन्। मुख्य मन्दिरको पर्खालमा श्रीकृष्ण र रसिक सन्तहरूको विभिन्न लीलाहरू चित्रण गरिएको छ।[२]