खडिया भाषा
खडिया | |
---|---|
खड़िया, ଖଡ଼ିଆ | |
क्षेत्र | भारत (झारखण्ड, छत्तीसगढ, ओडिशा) |
रैथाने(हरू) | खडिया |
मातृभाषी वक्ता | २९७,६१४, जातीय जनसङ्ख्याको ६९% |
अग्नेली भाषा परिवार
| |
देवनागरी, ओडिया, रोमन | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | ![]()
|
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | khr |
ग्लोटोलग | khar1287 [१] |
खडिया भाषा अग्नेली भाषा परिवारको मुन्डा भाषा हो, जुन मुख्यतया पूर्वी भारतका खडिया मानिसहरूले बोल्ने गरिन्छ।[३] अग्नेली भाषाहरू लगभग ४०००-३५०० वर्ष पहिले दक्षिणपूर्व एसियाबाट ओडिशाको तटमा आइपुगेका थिएँ।[३]
वर्गीकरण[सम्पादन गर्नुहोस्]
खडिया मुण्डा भाषा परिवारको खडिया–जुआङ शाखा हो। यसको सबैभन्दा नजिकको सम्बन्ध जुआङ भाषा हो, तर खडिया र जुआङ बीचको सम्बन्ध टाढाको छ।[३] सबैभन्दा व्यापक रूपमा उद्धृत वर्गीकरणले खडिया र जुआङलाई मुन्डा परिवारको दक्षिण मुन्डा शाखाको उपसमूहको रूपमा राख्छ। यद्यपि, पहिलेका केही वर्गीकरण योजनाहरूले खडिया र जुआङलाई एकसाथ राखेका थिएँ, मुन्डा भाषाहरूको जराबाट आएको स्वतन्त्र शाखाको रूपमा, जसलाई उनीहरूले केन्द्रीय मुन्डा नाम दिए।[३]
वितरण[सम्पादन गर्नुहोस्]
खडिया वक्ताहरू भारतका निम्न जिल्लाहरूमा अवस्थित छन्।[३]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kharia", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ "Statement 1: Abstract of speakers' strength of languages and mother tongues – 2011", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०१८-०७-०७।
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ The Munda languages, Anderson, Gregory D. S., London: Routledge, २००८, पृ: 434, आइएसबिएन 9780415328906, ओसिएलसी 225385744।