अवधी साहित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतको अवध क्षेत्र र नेपालको केही तराईको जिल्लाको भाषा अवधी हो, जुन भारतको राष्ट्रभाषा हिन्दी को एउटा उपभाषा हो।[१] अवधी को प्राचीन साहित्य धेरै संपन्न छ। यसमा भक्ति काव्य र प्रेमाख्यान काव्य दुईटैको विकास भयो।

इतिहास[सम्पादन गर्नुहोस्]

भक्तिकाव्य र प्रेमाख्यान काव्य, प्राचीन अवधी साहित्य को दुईवटा शाखा हो।

भक्तिकाव्य[सम्पादन गर्नुहोस्]

अवधी मा रचित रामचरितमानस ग्रन्थ को रचयिता महाकवि गोस्वामी तुलसीदास

भक्तिकाव्य को शिरोमणि ग्रन्थ गोस्वामी तुलसीदास कृत ‘रामचरितमानस’ हो। भक्तिकाव्य मा गोस्वामी तुलसीदास को रामचरितमानस (संवत १६३१) अवधी साहित्यको प्रमुख कृति हो। यसको भाषा संस्कृत शब्दावलीले भरीएको छ। रामचरितमानस को अतिरिक्त तुलसीदास ले अन्य ग्रन्थहरु पनि अवधीम लेख्नुभयको छ। यही भक्ति साहित्यको अंतर्गत लालदासको "अवधबिलास" आउछ । यसको रचना संवत् १७०० मा भयो। उहा बाहेक अरुपनि भक्त कविहरु ने रामभक्ति विषयको ग्रन्थहरु लेखे।[२]

संत कविमा बाबा मलूकदासको रचना पनि अवधी मा छ। उहाको शिष्य बाबा मथुरादासको र बाबा धरनीदासको बानी पनि धेरैजसो अवधीमा छ। अन्य संत कविहरु पनि आफ्नो उपदेशको लागि अवधीलाई रोज्नु भयो।

यहा ध्यान दिन योग्य यो छ कि सूरजदास[३] को ‘रामजन्म’ (गोस्वामी तुलसीदास को पहिला जन्मिनु भएका सूरजदास), ईश्वरदास को सत्यवती, कुतुबत को मिरगावत, लालचदास को हरिचरित, संवत १५५८ मा पुरुषोत्तम दास रचित जैमिनी पुराण, मंझनको मधुमालती, अमीर खुसरो अथवा अब्दुलरहीम खानखाना को रचनाले अवधीलाई पूर्वमा जुन प्रतिष्ठा प्राप्त भयो, त्यो आज रचनाशीलता को माध्यमले संरक्षित गर्नुको आवश्य्कता छ।

नरोत्तमदासको संवत १६०५ मा रचित सुदामा चरित काव्य-ग्रन्थ अवधी मा छ।

प्रेमाख्यान काव्य[सम्पादन गर्नुहोस्]

चित्र:Queen Nagamati talks to her parrot, Padmavat, c१७५०.jpg
"Who is more beautiful, I or Padmavati?, Queen Nagamati asks to her new parrot, and it gives a displeasing reply..."; an illustrated manuscript of Padmavat, c. १७५०[४][५][६]

प्रेमाख्यान काव्यमा सर्वप्रसिद्ध ग्रन्थ मलिक मुहम्मद जायसी रचित "पद्मावत" हो,[७] जसको रचना "रामचरितमानस" भन्दा 34 वर्ष पहिला भयो। दोहा र चौपाईको जुन क्रम "पद्मावत" मा छ प्राय: त्यही "मानस" मा पाईन्छ। प्रेमाख्यान काव्यमा मुसलमान लेखकले सूफी मतको रहस्य प्रकट गरेका छन। यही काव्य को परम्परा सयौ वर्ष सम्म चल्यो। मंझन को "मधुमालती", उसमान को "चित्रावली", आलम को "माधवानल कामकंदला", नूरमुहम्मद को "इंद्रावती" र शेख निसार को "यूसुफ जुलेखा" यसै परम्परा को रचना हो। शब्दावली को दृष्टिले ई रचना हिंदू कवि को ग्रन्थोंभन्दा भिन्न छ किन भने इनमा संस्कृत को तत्सम शब्दको त्यती प्रचुरता छैन। प्रेमाख्यानको प्रतिनिधि ग्रन्थ मलिक मुहम्मद जायसी रचित ‘पद्मावत’ हो, जसको रचना ‘रामचरितमानस’ भन्दा चौंतीस वर्ष पहिला भयो। अवधीको यो संपन्न परम्परा आज पनि चलीआएको छ।[७]

प्राचीन अवधी साहित्यमा धेरैजसो रचना देश प्रेम, समाजसुधार आदि विषयमा र मुख्य रूपले व्यंग्यात्मक छ। कविमा प्रतापनारायण मिश्र, बलभद्र दीक्षित "पढीस", वंशीधर शुक्ल, रमई काका र शारदाप्रसाद "भुशुंडि" विशेष उल्लेखनीय हुनुहुन्छ।

प्रबंधको परम्परामा "रामचरितमानस"को ढंगको एक महत्त्वपूर्ण आधुनिक ग्रन्थ द्वारिकाप्रसाद मिश्रको "कृष्णायन" हो। यसको भाषा र शैली "मानस"को जस्तै छ र ग्रन्थकारले कृष्णचरित प्राय: त्यही तन्मयता र विस्तारले लेखिएको छ जसमा तन्मयता र विस्तार ले तुलसीदासले रामचरितमा अंकित गर्नुभयको छ। द्वारिकाप्रसाद मिश्रले यस ग्रन्थको रचना द्वारा यो सिद्ध गर्नुभयो कि प्रबंध को लिए अवधी को प्रकृति आज पनि त्यस्तै उपादेय छ जस्तो तुलसीदासको समयमा थियो।

वर्तमानमा अवधी साहित्य[सम्पादन गर्नुहोस्]

पढीस, मृगेश, वंशीधर शुक्ल, रमई काका, पं.द्वारिका प्रसाद मिश्र, विश्वनाथ पाठक, त्रिलोचन शास्त्री, डॉ॰ श्यामसुंदर मधुप, बेकल उत्साही, पारस भ्रमर, विकल गोंडवी, जुमई खां आजाद, आद्या प्रसाद उन्मत, निर्झर प्रतापगढी, असविंद द्विवेदी, जगदीश पीयूष, विक्रम मणि त्रिपाठी जस्ता अनेक रचनाकार छन, जसको अवधी साहित्यमा अमूल्य योगदान रहेको छ।

सन्दर्भ सुची[सम्पादन गर्नुहोस्]

  1. 2001 Census
  2. Evolution of Awadhi (a branch of Hindi) By Baburam Saksena
  3. "तुलसीदासभन्दा सयौ वर्ष पहला पनि अवधीमा भएको थियो रामकथा को रचना" (हिंदीमा)।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  4. Padmavat from The Imperial Gazetteer of India, 1909, v. 2, p. 430.
  5. Love's Subtle Magic: An Indian Islamic Literary Tradition by Aditya Behl, Oxford university Press (2012)
  6. Hayate Syed Ashraf Jahangir Semnani by Syed Waheed Ashraf published 1975
  7. ७.० ७.१ History of Hindi language, Compiled by Sanjeev Nayyar, March 2002

बाहिरी सुत्रहरु[सम्पादन गर्नुहोस्]