सामग्रीमा जानुहोस्

बाजीराव प्रथम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाजीराव प्रथम
Baji Rao I riding horse
बाजीराव प्रथमको पोट्रेट चित्र
मराठा साम्राज्यका ७ औं पेस्वा
कार्यकाल
१७ अप्रिल १७२० (1720-04-17) – २८ अप्रिल १७४० (1740-04-28)
एकाधिपतिसाहु प्रथम
पूर्वाधिकारीबालाजी विश्वनाथ
उतराधिकारीबालाजी राव
व्यक्तिगत विवरण
जन्म(१७००-०८-१८)१८ अगस्ट १७००
Dubere, Sinnar, मराठा साम्राज्य (हालको नाशिक जिल्ला, महाराष्ट्र, भारत)
मृत्यु२८ अप्रिल १७४०(1740-04-28) (उमेर ३९)
Rawerkhedi, मराठा साम्राज्य (हालको खरगौन जिल्ला, मध्य प्रदेश, भारत)
जीवन साथीहरू
  • काशीबाई
  • मस्तानी
नाता
  • चिमाजी अप्पा (भाइ)
  • भिउबाइ जोशी (बहिनी)
  • अनुबाई घोर्पडे (बहिनी)
  • सदाशिवराव भाउ (भतिज)
सन्तान(हरू)
  • बालाजी बाजीराव
  • रामचन्द्र राव
  • शमशेर राव (कृष्ण राव)
  • शमशेर राव]]
  • रघुनाथ राव
  • जनार्दन राव
अभिभावकs

बाजीराव प्रथम (१८ अगस्ट १७०० – २८ अप्रिल १७४०), (बाजीराव बल्लाल पनि भनिन्छ, मराठा साम्राज्यका ७ औं पेशवा (प्रधानमन्त्री) थिए। उनको मुस्लिम पत्नी मस्तानीसँगको प्रेम सम्बन्ध भारतीय उपन्यास र सिनेमामा चर्चा गरिन्छ। [] []

बाजीरावलाई मराठा साम्राज्यको इतिहासमा शिवाजी, सम्भाजी, सन्ताजी घोरपडे पछि प्रसिद्ध व्यक्तित्वको रूपमा हेरिन्छ। दक्षिण भारतमा मराठा सर्वोच्चता कायम गर्नु र उत्तरमा राजनीतिक वर्चस्व स्थापित गर्नु उनको उपलब्धिको रुपमा हेरिन्छ। पेस्वाको रुपमा आफ्नो २० वर्षे कार्यकालमा उनले निजाम-उल-मुल्कलाई पाल्खेन्डको लडाईमा पराजित गरे, र मालवा, बुल्देलखण्ड, गुजरातमा मराठा साम्राज्यको विस्तार गरे र पश्चिमी तटलाई पोर्चुगलको शासनबाट मुक्त गरे। उनले आफ्नो जीवनमा ४१ लडाइँ लडे र कुनै पनि लडाइँमा उनले पराजय भोग्नु परेन। १७४० अप्रिलमा उनको मृत्यु भयो। []

पेशवाको रूपमा नियुक्ति

[सम्पादन गर्नुहोस्]

सन् १७२० मा पेश्वा बाजी विश्वनाथको मृत्युपछि, साहुले विश्वनाथका पुत्र बाजीरावलाई पेश्वा नियुक्त गरे। १७ अप्रिल १७२० मा छत्रपति शाहुले बाजीरावलाई पेशवा नियुक्त गरेका थिए।[]

सैन्य विजयहरू

[सम्पादन गर्नुहोस्]

बाजीरावको कार्यकालमा मराठा साम्राज्यको भुभाग १० गुणाले बढ्यो। १७२० देखि १९४० को अवधिमा आधुनिक भारतको ३% हिस्सा ओगट्ने मराठा साम्राज्य ३०% भुभागमा फैलियो।

  • पालखेडको लडाई २८ फरवरी १७२८ को बाजीराव तथा हैदराबादका निजामका बीच भएको थियो। बाजीरावले निजामलाई पराजित गरे। यो युद्ध सैन्य रणनीतिको उत्कृष्ट क्रियान्यवनको उदाहरण हो।[]
  • १७३७ मा, बाजीराव मातहतको मराठा सेनाले दिल्लीको लडाइँमा दिल्ली लुट मच्चाए। [][]
  • डेक्कानका निजामले मराठा विरुद्ध मुगलको सहयोग गरे। तर १९३७ डिसेम्बर २४ मा भएको भोपालको लडाइँमा उनी पराजित भए। [][] मराठाले मुगलबाट ठूलो युद्ध क्षतिपूर्ति पाए र माल्वा मराठालाई दिइयो।[१०]
  • वसईचीको लडाइँ मराठा र वसईचीको पोर्चुगिज शासक बीच भएको थियो। यस लडाइँमामा मराठा सेनाको नेतृत्व चिमाजी अप्पाले गरेका थिए। यो युद्धको विजयलाई बाजीरावको कार्यकालको प्रमुख उपलब्धि मानिन्छ।[]

१७२९-१७३२ को लुसो-मराठा युद्ध पोर्चुगिज साम्राज्य र मराठा महासंघ बीचको सशस्त्र संघर्ष थियो। मराठा महासंघले पोर्तुगाली क्षेत्रमाथि आक्रमण गरेको थियो । यो द्वन्द्वमा पोर्चुगलको जित निकाल्यो। मराठाहरू पोर्चुगिज क्षेत्रबाट पछि हटे। [११] तैपनि, बाजीरावले १३ मार्च १७३३ मा सालसेट टापुमा आक्रमण गरेर पोर्चुगिजहरू विरुद्ध शत्रुताहरू पुन: सुरु गर्ने योजना बनाए।[१२] शान्ति छोटो साबित भयो, किनकि पाँच वर्षपछि मराठहरूले फेरि पोर्चुगाली इलाकामा आक्रमण गरे र बस्सिनमा आक्रमण गरे। [११]

बुन्देलखण्ड

[सम्पादन गर्नुहोस्]

बुन्देलखण्डमा, छत्रसालले मुगल साम्राज्य विरुद्ध विद्रोह गरे र स्वतन्त्र राज्यको स्थापना गरे। डिसेम्बर १७२८ मा, मुहम्मद खान बानगाँस नेतृत्वको मुगल सेनाले बुन्देलखण्डमाथि आक्रमण गर्यो र उनको किल्ला र परिवार घराबन्दीमा परे। छत्रसालले बाजीरावसँग निरन्तर सहयोगको याचिका गरे पनि बाजीराव त्यससमय माल्वामा व्यस्त थिए। उनले उनको अवस्था गजेन्द्र मोक्षसँग तुलना गरेका थिए। बाजीरावलाई पठाएको पत्रमा, छत्रसालले लेखेका थिए:

मेरो अवस्था गोहीले खुट्टा समातेको गजेन्द्र मोक्ष हातीको जस्तै छ। मेरो वीर जाती लोप हुने संघारमा छ। हे बाजीराव आएर मेरो उद्धार गर्नुहोस्।[१३]

१७२९ मार्चमा, पेसवाले छत्रसालको अनुरोधको प्रतिक्रिया दिए र २५,००० घोडसवार, उनका लेफ्टिनेन्ट पिलाजी जाधव, तुकोजी पावर, नरो शङ्करजी र दावलजी सोम्वान्सीको साथ बिन्देलखन्ड तर्फ कुच गरे। छत्रसाल बन्दी हुनबाट जोगिए र मराठा सेनासँग जोडिए। त्यसपछि सेनाको आकार ७०,००० भयो। [१४] जयतपुर पुगेपछि बाजीरावको सेनाले बन्गासको सेनालाई घेराबन्दीमा पार्यो र उनको आपूर्ति र सञ्चार रेखा विच्छेद गर्यो। बन्गासले प्रत्याक्रामण गरे तर बाजीरावको रक्षात्मक घेरालाई तोड्न सकेनन्। मुहमाद खान बन्गासका छोरा कासिम खानले नयाँ सेना ल्याए तर उनको सेनामाथी बाजीराव सेनाले हमला गर्यो र उनी पराजित भए। बन्गासले "अब कहिल्यै बुन्देलखण्ड माथी आक्रमण नगर्ने" सम्झौता गरेर पछि हट्न बाध्य भए।[१४] बुन्देलखण्डको शासकको रुपमा छत्रसाल पुनर्स्थापित भए। उनले बाजीरावलाई ठूलो जागिर दिए र आफ्नो छोरी मस्तानीको विवाह गराइदिए। १७३१ मा छत्रसालको मृत्यु हुनु अगाडि, उनले एक-तिहाई जमिन मराठालाई दिएका थिए।[१५]

रावेरखेडीमा रहेको बाजीरावको स्मारक
Exterior of Baji Rao's tomb
Memorial chhatri
Plaque describing Baji Rao I as "a man of the battlefield"
Plaque below the memorial's statue

निरन्तरको युद्ध र अविरल सैन्य अभियानबाट बाजीरावको शरीर थकित र जीर्ण भएको थियो।[१६] उनलाई रावेरखेडी शिविरमा छँदा कडा ज्वरो आयो र १७४० अप्रिल २८ मा उनको मृत्यु भयो।[१७] त्यसै दिन नर्मदा नदीको तटन्मा उनको दाहसंस्कार गरियो। बालाजी बाजीरावले रणोजी सिन्धियालाई उनको स्मारकको रुपमा छत्री निर्माण गर्ने आदेश दिए। स्मारकको वरपर धर्मशाला छ। यस परिसरमा निलकण्ठेश्वर महादेव शिव र रामेश्वर राम प्रति समर्पित दुई मन्दिर छ। [१८]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Peshwa Bajirao Review: Anuja Sathe shines as Radhabai in the period drama 
  2. Jha, Subhash K (१९ अक्टोबर २०१५), "Bajirao Mastani review: This gloriously epic Priyanka, Deepika and Ranveer-starrer is the best film of 2015", Firstpost, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  3. Montgomery (1972), p. 132.
  4. Sharma, Shripad Rama (१९५१), The Making of Modern India: From A. D. 1526 to the Present Day, Orient Longmans, पृ: २३९। 
  5. Sen (2010), p. 12.
  6. Mehta (2005), p. 117.
  7. Sen (2006), p. 12.
  8. ८.० ८.१ Sen (2006).
  9. Sen (2010), p. 23.
  10. Sen (2010), p. 13.
  11. ११.० ११.१ Lobato 1965, पृष्ठ 126.
  12. Thakare, Mayur (22 March 2011). "3". The Two Fateful Years 1737 to 1739 AD Understanding the Defence and Settlement Pattern of the Portuguese Province of the North during Maratha Portuguese War Campaign (Thesis). Deccan College Post Graduate And Research Institute. p. 75. https://shodhganga.inflibnet.ac.in/handle/10603/223296. 
  13. Sardesai, Govind Sakharam (१९४६), New History of the Marathas: The expansion of the Maratha power, 1707–1772, Phoenix Publications, पृ: 106। 
  14. १४.० १४.१ Sardesai, Govind Sakharam (१९४६), New History of the Marathas: The expansion of the Maratha power, 1707–1772, Phoenix Publications, पृ: 106–108। 
  15. उद्दरण त्रुटी: अवैध <ref>चिनो; GSC_2005 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  16. Srinivasan, C. K. (१९६१), Baji Rao I: The Great Peshwa, New Delhi: Asia Publishing House, पृ: १२८। 
  17. Dighe, Vishvanath Govind (१९४४), Peshwa Bajirao I and Maratha Expansion, Karnatak Publishing House, पृ: २०३। 
  18. "Brindaban dedicated to the memory of Shrimant Baji Rao Peshwa", ASI Bhopal, मूलबाट २४ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१५ 
  19. Jha, Subhash K (१९ अक्टोबर २०१५), "Bajirao Mastani review: This gloriously epic Priyanka, Deepika and Ranveer-starrer is the best film of 2015", Firstpost, अन्तिम पहुँच १९ अक्टोबर २०१५