बाबर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बाबर
Babur
बाबर
भारतमा मुगल सामाज्यको संस्थापक
शासनकाल २० अप्रिल १५२६ – २६ डिसेम्बेर १५३०
पुर्वाधिकारी पद स्थापित
उत्तराधिकारी हुमायु
स्वास्नी ११ जना
पुरा नाम
जहिर उद-दिन मुहम्मद
वंश मुगल साम्राज्य
पिता उमर शेख मिर्जा
आमा कुतलुग निगार खानम
जन्म १४८३ फेब्रुअरी 24
फरगना उपत्यकाको अन्दीझान शहर (हाल उज्बेकिस्तान)
मृत्यु १५३० डिसेम्बर २६
आगरा, भारत
गाडियो काबुल, अफगानिस्तान
धर्म इस्लाम


 जहिर उद-दिन मुहम्मद (जन्मः १४ फेब्रुअरी १४८३ - मृत्युः २६ डिसेम्बर १५३०) जो बाबरको नामबाट प्रसिद्ध भए, एक मुगल वंशका शासक थिए भने उनीको मूल मध्य एशिया रहेको थियो । उनी भारतमा मुगल साम्राज्यको संस्थापक रहेका थिए । उनी तैमूर लंगका नाती थिए भने मुबईयान नामक पद्य शैलीका जन्मदाता समेत उनी थिए ।  

नाम[सम्पादन गर्ने]

१७ औं शताब्दीको बाबरको चित्र

अरबी भाषामा जहिर-उद-दिनको अर्थ सत्यताको रक्षक हुन्छ भने मुहम्मद भन्नाले इलामका अगमवक्ता हुन् ।  उनको नाम उच्चारणमा कठिनाई आए पश्चात उनीलाई बाबरको नामबाट बोलाउन लागिएको थियो । 

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

बाबरको जन्म फरगना उपत्यकाको अन्दीझान नामक शहरमा भएको थियो, जुन स्थान अहिले उज्बेकिस्तानमा पर्दछ । उनि फरगना उपत्यकाका शासक उमर शेख मिर्जा तथा कुतलुग निगार खानमका ज्येष्ठ पूत्र थिए । यद्यपि उनको मूल मंगोलियाको बर्लास समुहसँग सम्बन्धित रहेको थियो । बाबरको मातृभाषा चगताई भाषा थियो तर उनी फारसी भाषामा समेत निपूर्ण थिए । 

भनिने गरिन्छ कि बाबर एकदमै शक्तिशालि थिए कि उनले व्यायामको लागी मात्रै दुई जना व्यक्तिहरूलाई आफ्नो काधमा राखि दौडिने गर्दथे ।[१] लोककथाहरूको अनुसार बाबरले आफ्नो बाटोमा आएको सबै नदीहरू तैरिएर पार गरेको सम्बन्धमा उल्लेख छ । उनले गंगा नदीलाई दुई पटक तैरिएर पार गरेको समेत उल्लेख छ ।

सैन्य जीवन[सम्पादन गर्ने]

उनीलाई सन् १४९४ मा १२ वर्षको उमेरमा फरगना उपत्यकाको शासकको पद सम्हालेका थिए । उनको काकाहरूले यस स्थितिको फाइदा उठाइ बाबरलाई गद्दीबाट हटाएका थिए । धेरै वर्षसम्म उनले निर्वासनको जीवन विताउनु परेको थियो, त्यसबेला उनीसँग केही किसान तथा उनको नातेदाहरू थिए । सन् १४९७ मा उनले उज्बेक शहर समरकंदमा आक्रमण गरेका थिए र ७ महिना पश्चात जीत हासिल गरेका थिए । उनले समरकंदमा आक्रमण गरिरहेका बेला एक सैनिक गणले फरगनामा आफ्नो अधिपत्य जमाएका थिए । जब बाबर यसमा आफ्नो अधिकार फिर्ता लिनको लागी फरगना आइरहेका थिए, त्यस बेला उनको सेनाले समरकंदमा उनको साथ छोडि दिएका थिए । जसको फलस्वरूप समरकंद तथा फरगना दुबै उनले गुमाउनु परेको थियो । सन् १५०१ मा उनले समरकंदलाई पुनः आफ्नो अधिकारमा लिएका थिए तर उन माथि छिट्टै उज्बेक शान मुहम्मद शायबानीले आक्रमण गरि पराजय भए पश्चात समरकंद माथि आफ्नो अधिकार गुमाउनु परेको थियो ।

फरगनाबाट आफ्नो केही बफादार सैनिकका साथ भागे पश्चात ३ वर्षसम्म उनी आफ्नो सेना तयार गर्ने तर्फ केन्द्रित भए । यसै क्रममा उनले धेरै मात्रामा बदख्शान प्रदेशको ताजिकोलाई आफ्नो सेनामा भर्ती गराए । सन् १५०४ मा हिन्दुकुशको हिमाललाई पार गरि उनले काबुलमा आफ्नो नियन्त्रण स्थापन गरे । केहि समय पश्चात उनले हेरातको एक तैमूरवंशी हुसैन बैकरह जो उनको टाढाका नातेदार थिए, सँग मुहम्मद शायबानीको विरूद्धमा सहयोगको सन्धी गरे । तर सन् १५०६ मा हुसैनको मृत्युको कारण मुहम्मद शायबानी विरूद्ध केही गर्न सकेन्न बरू उनले हेरात माथि आफ्नो नियन्त्रण जमाए । तर दुई महिना पश्चात सैन्य साधनहरूको अभावमा हेरात छोड्नु पर्यो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. A comprehensive history of medieval IndiaVolume 2 of A comprehensive history of India, Pran Nath Chopra, B.N. Puri, M.N. Das, Sterling Publishers Pvt. Ltd, 2003, ISBN 978-81-207-2508-9, ... Bold, courageous, energetic and adventurous, he was physically so strong that with one man under each arm, he could run along the rampart of a fort without any difficulty ...