पानीपतको प्रथम युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पानीपतको प्रथम युद्ध
मुगल साम्राज्यको भाग

बाबरनामा, पानीपतको प्रथम युद्ध
मिति२१ अप्रिल १५२६
स्थान
परिणाम मुगलको निर्णायक विजय
भौगोलिक
परिवर्तन
दिल्ली सल्तनत माथि मुगलको कब्जा
योद्धा
मुगल साम्राज्य दिल्ली सल्तनत
सेनापतिहरू
बाबर सुल्तान इब्राहिम लोदी
शक्ति
१२,०००-२५,००० मुगल तथा अफगानी,[१]
सम्बद्ध भारतीय सैनिक,[१]
२४ मैदानी तोप
५०,०००-१,००,००० सैनिक,[१]
३०० युद्ध हात्ति[२]
मृत्यु र क्षति
कम २०,०००

पानीपतको पहिलो युद्ध २१ अप्रिल १५२६ मा बाबर र लोदी राजवंशको आक्रमणकारी सेनाहरू बिच भएको थियो। यो युद्ध उत्तर भारतमा भएको थियो भने यस युद्धले मुगल साम्राज्यको सुरुवात र दिल्ली सल्तनतको अन्त्यको रूपमा चिह्नित गर्दछ। यो भारतीय उपमहाद्वीपमा बारुद बन्दुक र क्षेत्र तोपखाना सम्मिलित प्रारम्भिक लडाईहरू मध्ये एक थियो जुन यस युद्धमा मुगलहरूद्वारा प्रयोग गरिएको थियो।[३]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

दोस्रो पटक समरकन्द गुमाए पछि, बाबर सन् १५१९ मा चिनाबको किनारमा पुगेर हिन्दुस्तानलाई जित्ने अठोट लिएका थिए।[४]सन् १५२४ सम्म, उनको उद्देश्य मात्र पञ्जाबमा आफ्नो शासन विस्तार गर्नु थियो जुन मुख्य रूपबाट आफ्नो पुर्खा तैमूरको विरासत पूरा गर्नको लागि थियो।[५]उनले पञ्जाबका प्रदेश प्रमुख दौलत खान लोदी र इब्राहिमका काका अलाउद्दीनबाट निमन्त्रणा प्राप्त गरेका थिए। उनले इब्राहिमलाई एक राजदूत पठाएका थिए। उनले आफूलाई देशको सिंहासनको उचित उत्तराधिकारी भएको दाबी गरेका थिए[६], तथापि राजदूतलाई लाहोरमा कैद गरिएको थियो जसलाई एक र महिनाा पछि रिहा गरिएको थियो।[४]

बाबरले सन् १५२४ मा पञ्जाबको लाहोरको लागि सुरुवात गरेका थिए तर दौलत खान लोदीलाई इब्राहिम लोदीले पठाएको फौजले धपाएको पत्ता लागेेेको थियो।[७] बाबर लाहोर पुग्दा लोदी सेना हिँडेर बाटो लागेको थियो। जवाफमा बाबरले लाहोरेलाई दुई दिनसम्म जलाएका थिए। त्यसपछि लोदीका अर्का विद्रोही काका आलम खानलाई प्रदेश प्रमुखको रूपमा राख्दै उनी दिपलालपुर तिर लागेका थिए। आलम खान तुरुन्तै परास्त भएसँगै उनी काबुलमा शरण लिन पुगेका थिए। जवाफमा बाबरले आलम खानलाई फौजको आपूर्ति गरेका थिए जो पछि दौलत खान लोदीसँग सम्मिलित भएको थियो।[७] लगभग ३०,००० फौजका साथ, उनीहरूले दिल्लीमा इब्राहिम लोदीलाई घेरा हालेका थिए। उनले उनीहरूलाई हराएर आलमको सेनालाई धपाएका थिए र बाबरले लोदीले पञ्जाब कब्जा गर्न नदिने ठानेका थिए।[८]

युद्ध पश्चात्[सम्पादन गर्नुहोस्]

इब्राहिम लोदी आफ्नो २०,००० सेना सहित युद्ध मैदानमा वीरगति प्राप्त गरेका थिए। पानीपतको युद्ध सैन्य रूपमा तैमूरीवंश एक निर्णायक जीत थियो। राजनीतिक रूपमा बाबरले नयाँ भूमी हासिल गर्दै र भारतीय उपमहाद्वीपको केन्द्रमा लामो समयसम्म कायम रहेको मुगल साम्राज्यको स्थापनको एक नयाँ चरण सुरु गरेका थिए।[९]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  2. (Davis 1999, p. 181)
  3. Butalia 1998, पृष्ठ 16.
  4. ४.० ४.१ Mahajan 1980, पृष्ठ 429.
  5. Eraly 2007, पृष्ठ. 27–29.
  6. Chaurasia 2002, पृष्ठ. 89–90.
  7. ७.० ७.१ Chandra 2007, पृष्ठ 27.
  8. Chandra 2007, पृष्ठ 28.
  9. Chandra 2009, पृष्ठ. 30–31.

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  • Butalia, Romesh C. (१९९८), The Evolution of the Artillery in India: From the Battle of Plassey to the Revolt of 1857, Allied Publishing Limited। 
  • Chandra, Satish (२००९), Medieval India: From Sultanat to the Mughals, Part II, Har-Anand Publications, आइएसबिएन 9788124110669 
  • Chaurasia, Radhey Shyam (२००२), History of medieval India : from 1000 A.D. to 1707 A.D., Atlantic Publisher। 
  • Davis, Paul K. (१९९९), 100 Decisive Battles: From Ancient Times to the Present, Oxford University Press, आइएसबिएन 1-57607-075-1 
  • Mahajan, V.D. (१९८०), History of medieval India (10th संस्करण), S. Chand.। 
  • Watts, Tim J. (२०११), "Battles of Panipat", in Mikaberidze, Alexander, Conflict and Conquest in the Islamic World: A Historical Encyclopedia, ABC-CLIO। 
  • Government of Haryana (११ जुन २०१०), "First Battle of Panipat (1526) | Panipat, Haryana", हरियाणा सरकार, अन्तिम पहुँच २८ नोभेम्बर २०१८