बक्सरको युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
बक्सरको युद्ध
Battle of Buxar -Crown and company- Arthur Edward Mainwaring pg.144.jpg
मिति२२ र २३ अक्टोबर १७६४
स्थान
बक्सरको नजिक
परिणाम इस्ट इन्डिया कम्पनीको जीत
योद्धा
Flag of Awadh.svg अवधको नवाब
Coat of Arms of Nawabs of Bengal.PNG बङ्गालको नवाब
Fictional flag of the Mughal Empire.svg मुगल साम्राज्य
Flag of the British East India Company (1707).svg इस्ट इन्डिया कम्पनी
सेनापतिहरू
Flag of Awadh.svg शुजाउद्दौला
Coat of Arms of Nawabs of Bengal.PNG मीर कासिम
Fictional flag of the Mughal Empire.svg मिर्जा नजफ खाँ
Fictional flag of the Mughal Empire.svgशाह आलम द्वितीय
Flag of the British East India Company (1707).svg नोवरको हेक्टर मुनरो
शक्ति
४००००
१४० तोप
७०७२
३० तोपहरू
मृत्यु र क्षति
१०,००० मरिए वा घाइते भए
६००० बन्दी बनाइए
१,८४७ मारिए वा घाइते भए

बक्सरको युद्ध सन् १७६४ को अक्टोबर २२ र २३ का दिन बक्सर नगर नजिक इस्ट इन्डिया कम्पनीको हेक्टर मुनरो र मुगल तथा नवाबको सेनाहरूको बीच लडिएको एक युद्ध थियो। यस युद्धमा बङ्गालका नवाब मीर कासिम, अवधका नवाब शुजाउददौला र मुगल सम्राट शाह आलम द्वितीयका संयुक्त सेनाले ब्रिटिश कम्पनीसँग लडेेेेका थिए। अङ्ग्रेजले युद्धमा जित हासिल गरेपछि पश्चिम बङ्गाल, बिहार, झारखण्ड, ओडिशाबङ्गलादेशको नागरिक र राजस्व अधिकार ब्रिटिश कम्पनीमा गएको थियो।[१] [२]

पृष्ठभूमि[सम्पादन गर्ने]

सने १७६५ मा भारतको राजनीतिक स्थितिको नक्सा
अवधका नवाब सुजाउद दौला

प्लासीको पहिलो युद्ध पछि सत्तारूढ भएका मीर जाफर आफ्नो रक्षा तथा पदका लागि इस्ट इन्डिया कम्पनीमा निर्भर थिए। उसले खुल्ला रूपमा पैसा लुटेतापनि प्रशासनलाई सम्हाल्न सकेनन् जसकारण सैन्य खर्च र जमिन्दारहरूको विद्रोह स्थिति बिग्रँदै गएको थियो यसैकारणले राजस्व सङ्कलनमा गिरावट आइरहेको थियो। कम्पनीका कर्मचारीहरूले दस्तक खुलेर दुरुपयोग गर्नेे गरेका थिए।

यस पछाडिको प्रमुख कारण मीर जाफर हुन् भनि हलवेलको आँकलन थियोे। अवधिमा जाफरका छोरा मीरानको मृत्यु पश्चात् उनीहरूले जाफरका ज्वाई मीर कासिमलाई सत्ता हस्तान्तरण गरेका थिए। यसका लागि सन् १७६० को सेप्टेम्बर २७ का दिन एउटा सन्धि पनि हस्ताक्षर गरिएको थियो जसमा कासिमले ५ लाख रुपैयाँ सहित बर्धमान, मिदनापुर र चट्टोग्राम जिल्लाहरू कम्पनीलाई दिएका थिए।

मीर कासिमको शासनकाल सन् १७६०-१७६४[सम्पादन गर्ने]

मीर कासिमको शासनकालमा उनले खाली राजकोष, विद्रोही सेना, विद्रोही जमिन्दारहरू जस्ता भयानक समस्याहरूको समाधान गर्नका लागि रकम असुल गर्दै कम्पनीको मागहरू पूरा गरेका थिए। उनले यस्ता कार्यहरूबाट हरेक क्षेत्रमा कुशलता शासकको परिचय दिएका थिए। उनी आफ्नो राजधानी मुङ्गेर लिएर सेना र प्रशासनको आधुनिकीकरण सुरु गरेका थिए।

उनले दस्तक पासपोर्टको दुरुपयोग रोक्न महसुस हटाइदिएका थिए। सन् १७६३ को मार्च महिनामा कम्पनीले आफ्नो विशेषाधिकारको उल्ल्घन गर्दै युद्ध सुरु गरेको थियो।

अवध, मीर कासिम, शाह आलमको गठबन्धन[सम्पादन गर्ने]

मीर कासिमले अवधका नवाबबाट सहयोग माग्दा नवाब शुजाउददौला यस समयमा सबैभन्दा शक्तिशाली शासक थिए। पानीपतको तेस्रो लडाईबाट मराठाहरू प्राप्त गर्न नसकेपछि मुगल सम्राटसँग उनीहरूको शरणार्थी थिए भने मीर कासिमले अहमद शाह अब्दालीसँग मित्रता कायम गरेका थिए। मीर कासिमले सन् १७६४ को जनवरीमा शाह आलमलाई भेटेका थिए। उनले पैसा र बिहार राज्यको सट्टामा उनको सहयोग खरीद गरेका थिए। शाह आलम पनि उनीसँग सामेल भएतापनि तीनै जनाले एक अर्कालाई शङ्का गर्दथे।

युद्धको घातक परिणाम[सम्पादन गर्ने]

सन् १७६४ को २२ र २३ अक्टोबरका दिन बक्सरको युद्धमा पराजित भए पछि पहिलेदेखिनै अङ्ग्रेजहरूसँग मिलेका मुगल सम्राट शाह आलमद्वारा अङ्ग्रेजहरूसँग सन्धि गरी उनीहरूको शरणमा पुगेेेेका थिए। अवधका नवाब शुजाउद दौला र अङेग्रेजहरूको बीच केही दिन लडाइँहरू भएतापनि लगातार हार बेहोर्नुु परेकाले शुजाउददौलालाई पनि अङेग्रेजहरूको अगाडी समर्पण गर्न बाध्य हुनु परेको थियो भने उनले पनि अङ्ग्रेजहरूसँगको एक सन्धिमा हस्ताक्षर गरेका थिए।

इलाहाबादको सन्धि पछि मुगल सम्राट शाह आलमले ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई उडिसा, बिहारबङ्गालको राजस्व अङ्ग्रेजहरूको हातमा सुम्पनु परेको थियो। अवधका नवाब शुजाउद दौलाले पनि अङ्ग्रेजहरूसँग गरेको सन्धि अनुसार लगभग ६० लाख रुपैयाँको रकम युद्धमा भएको हानिको रूपमा अङ्ग्रेजलाई तिर्नु परेको थियो।

त्यसपछि इलाहाबादको किल्ला र कडाको क्षेत्र पनि छोड्नै पर्ने भएको थियो। ब्रिटिस इस्ट इन्डिया कम्पनीले मीर जाफरको मृत्यु पछि उनका छोरा नजमुदौलालाई बङ्गालको नवाब बनाएको थियो। यस बाहेक गाजीपुर र छिमेकी क्षेत्रहरू पनि अङ्ग्रेजहरूको स्वामित्वमा गएको थियो। बक्सरको युद्धमा हार पछि ज्यान बचाउँदै मीरकासिम भाग्न सफल भएतापनि बङ्गालबाट ब्रिटिस शासनको समाप्त गर्ने उनको सपना अधुरो बनेको थियो।

युद्ध पश्चात् मीरकामिस दिल्ली गए र त्यही उनले आफ्नो बाँकी जीवन धेरै कठिनापूर्वक बिताएका थिए भने लगभग सन् १७७७ को आसपास उनको दिल्ली नजिक मृत्यु भएको थियो। उनको मृत्युको कारण भने खुल्न सकेको थिएन। बक्सरको युद्ध पछि अङ्ग्रेजहरूको शक्ति अझ बढ्दैै गएकाले भारतको राजनीतिमा यसको असर परेको थियो।

युद्ध पश्चात् धरैजसो राज्यका शासकहरू ब्रिटिसमा निर्भर हुन थालेपछि बिस्तारै बिस्तारै भारतको सामाजिक, नैतिक, राजनैतिक र आर्थिक मूल्यहरूमा पतन आउन थालेको थियो र अन्तमा अङ्ग्रेजहरूू भारतलाई पूर्ण रुपमा जित्न सफल भएका थिए। अङ्ग्रेजहरूको हातमा सत्ता आएपछि भारत दासत्वको बन्धनमा बाँधिएको थियो भने कयौँँ मानिसहरू अङ्ग्रेजको अमानवीय अत्याचारको शिकार बन्न पुगेका थिए।

इलाहाबाद सन्धि[सम्पादन गर्ने]

बक्सरको युद्धको अन्त्य पछि क्लाइभले मुगल सम्राट शाह आलम द्वितीय र अवधका नवाब शुजा-उदौलासँग क्रमशः इलाहाबादको पहिलो र दोस्रो सन्धि गरेका थिए।

इलाहाबादको पहिलो सन्धि ( सन् १७६५ अगस्ट १२)
  • कम्पनीले अवधको नवाब बाट कडा र इलाहाबादको जिल्ला लिएर मुगल सम्राट शाह आलम द्वितीय दिएका थिए।
  • कम्पनी मुगल सम्राटलाई २६ लाख रुपैयाँ वार्षिक भत्ता तिर्न सहमत भएको थियो।
इलाहाबादको दोस्रो सन्धि (सन् १७६५ अगस्ट १)

यो सन्धि क्लाइभ र शुजाउददौला बीच सम्पन्न भएको थियो। यस सन्धिको शर्तहरू यस प्रकार रहेका छन्;

  • इलाहाबाद र कडा बाहेक अवधको बाँकी क्षेत्र सुजाउद दौला फिर्ता गरिएको थियो।
  • कम्पनीद्वारा अवधको सुरक्षाका लागि नवाबको खर्चमा एक अङ्ग्रेजी सेना अवधमा राखिएको थियो।
  • कम्पनीलाई अवधमा कर मुक्त व्यापार गर्ने सुविधा प्राप्त भएको थियो।
  • शुजाउद्दौला लाई राजा बनारसको राजा बलवन्त सिंह भन्दा पहिलेको सरह राजस्व सङ्कलन गर्ने अधिकार दिइएको थियो।

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. डू द बेस्ट, "बक्सर की लड़ाई", २७ नोभेम्बर २०१५, मूलबाट २३ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  2. "बक्सर का युद्ध", भारतकोश, मूलबाट ८ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१७