पानीपतको दोस्रो लडाइँ (१५५६)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

 

Second Battle Of Panipat
The defeat of Hemu, Akbarnama.jpg
हेमुको पराजय, पानीपतको दोस्रो लडाइँको अन्दाजी १५९०को चित्रकला, अकबरनामा बाट लिइएको
मिति५ नोभेम्बर १५५६
स्थान
पानीपत (हालको हरियाना,भारत)
२९°२३′N ७६°५८′E / २९.३९°N ७६.९७°E / 29.39; 76.97
परिणाम मुगल विजय
योद्धा
मुगल साम्राज्य हेमु नेतृत्वको हिन्दु साम्राज्य
सेनापतिहरू
  • हेमु- हेम चन्द्र विक्रमादित्य 
  • राम्या
  • शादी खान कक्कर  
शक्ति

१०,००० घोडसवार

२०० युद्ध हात्ती[१]

३०,००० घोडसवार

५०० युद्ध हात्ती [१]
मृत्यु र क्षति
न्यून ५०००
पानीपतको दोस्रो लडाइँ (१५५६) is located in भारत
पानीपतको दोस्रो लडाइँ (१५५६)
Location within भारत

पानीपतको दोस्रो लडाई ५ नोभेम्बर १५५६ मा उत्तर भारतका हिन्दू सम्राट हेमु र मुगल बादसााह अकबरको सेनाबीच भएको थियो। [२] हेमुले केही साताअघि दिल्लीको लडाईमा तारदी बेग खानको नेतृत्वमा रहेका मुगललाई पराजित गरेर दिल्ली र आगरा राज्य जितेका थिए र दिल्लीको पुराना किलामा भएको राज्याभिषेकमा आफूलाई राजा विक्रमादित्य घोषणा गरेका थिए। अकबर र उनका संरक्षक बैराम खान, जसले आगरा र दिल्ली गुमेको जानकारी पाएपछि, गुमेको क्षेत्र पुन: प्राप्त गर्न पानीपत तर्फ कूच गरे। दुई सेनाको भिडन्त भएको स्थान १५२६ मा भएको पानीपतको पहिलो युद्धको स्थानबाट धेरै टाढा थिएन।

हेमु र उनको सेनाले संख्यात्मक रुपमा ठूलो थियो। तर, युद्धको बीचमा हेमु तीर प्रहारले घाइते भए र बेहोस भए। आफ्नो कमान्डर बेहोस भएको देखेर, उनको सेना आतंकित भयो र तितरबितर भयो। बेहोश र लगभग मृत, हेमुलाई कैद गरियो र पछि अकबरको निर्देशन अनुसार बैराम खानले टाउको काटे। यो युद्ध निर्णायक मुगल विजय सहित समाप्त भयो।

पछि[सम्पादन गर्नुहोस्]

बेहोस र लगभग मृत भएका हेमु सवार हात्तीलाई लडाई समाप्त भएको केहि घण्टा पछी नियन्त्रणमा लिइयो र मुगल शिविरमा लगियो। बैराम खानले १३ वर्षीय बालक अकबरलाई हेमुको टाउको काट्न आग्रह गरे तर उनले मृतकलाई तरवार प्रहार गर्न अस्वीकार गरे। अकबरलाई आफ्नो तरवारले हेमुको टाउको छुन सम्झाइयो र त्यसपछि बैराम खानले नै उनको शीरछेदन गरे। [३] हेमुको शीर काबुल पठाइयो र दिल्ली दर्बाजाको बाहिर झुण्डाइयो, उनको धड पुराना किल्लाको प्रवेशद्वारमा झुण्डाइयो, जहाँ ६ अक्टोबरमा उनको राज्यभिषेक भएको थियो। [४] हेमुका धेरै समर्थक र आफन्तहरूको टाउको काटियो र एक मीनार [३] पछि खडा गरिएको थियो। यो मिनारको चित्रकला अकबरको जीवनकथा अकबरनामा को ५६ चित्र मध्ये एक प्रख्यात चित्र हो। पानीपतमा हेमुको टाउको काटिएको ठाउँमा स्मारक बनाइएको थियो। अहिले यसलाई हेमुको समाधिस्थल भनेर चिनिन्छ। [५] [६]

हेमुको निधनसँगै आदिल शाहको पनि पतन सुरु भयो। उनी बङ्गालका मोहमद खान सुरका पुत्र किजर खानबाट १५५७ अप्रिलमा पराजित भए र मारिए [७] [८] पानीपत युद्धमा हेमुको युद्ध हात्तीबाट यति प्रभावित भए कि चाडै नै ती हातीहरू मुगल सैन्य रणनीतिको अभिन्न अंग बन्यो। [९]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Sarkar 1960, पृष्ठ 68.
  2. , Govt of Panipat https://panipat.gov.in/second-battle/  |title= रितो (सहायता)
  3. ३.० ३.१ Chandra 2004.
  4. Tripathi 1960.
  5. "Hemu's Samadhi Sthal", Haryana Tourism, अन्तिम पहुँच १३ जुलाई २०१६ 
  6. "Places Of Interest / Hemu's Samadhi Sthal", panipat.gov.in, अन्तिम पहुँच १३ जुलाई २०१६ 
  7. Chandra 2004, पृष्ठ 93.
  8. Tripathi 1960, पृष्ठ 177.
  9. Roy 2013, पृष्ठ 47.