जनक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान श्रीरामको स्वागतमा रहेका राजा जनकको चित्र

राजा जनक (संस्कृत: जनक,तेलगु: జనకుఁడు,तमिल: ஜனகன், थाइ: ชนก) अथवा राजर्षि जनक प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। राजा जनकको राजधानी हाल नेपालको धनुषा जिल्ला स्थित जनकपुर शहरमा रहेको थियो । उनको राज्य मिथिला ऐतिहासिक रूपमा गण्डकी नदीको पूर्व, महानन्द नदीको पश्चिम, गंगा नदीको उत्तर र हिमालयको दक्षिणमा अवस्थित रहेको थियो। राजा जनकले लगभग ८ वा ७ औं शताब्दी ईसा पूर्वमा मिथिला क्षेत्रमा रहेको मानिन्छ।

राजा हुँनुका बावजुत सांसारिक मोह र बन्धनबाट मुक्त भइ राज्य गरेकाले यिनको प्रसिद्धी राजर्षि को रुपमा पनि चिनिन्छ । अष्टावक्र र सुलभा जस्ता ऋषिहरू र साधकहरूसँगको उनको अन्तरक्रिया पुरातन ग्रन्थहरूमा पाईन्छ। उनको वर्णन महाकाव्य रामायणमा सीताका पिताको रूपमा रहेको छ। राजा जनकलाई भौतिक सम्पतिमा आसक्ति नहुने एक आदर्श उदाहरणको रूपमा सम्मान गरिन्छ। उहाँ आध्यात्मिक प्रवचनमा गहिरो रुचि राख्नुहुन्थ्यो र आफूलाई सांसारिक भ्रमबाट मुक्त ठान्थे। आफ्नी धर्मपुत्री सीतासँगको उनको सम्बन्धले उनलाई जानकी भनिन्थ्यो। नेपालको जनकपुर सहर उनको र उनकी छोरी सीताको नामबाट राखिएको छ।

यिनी नेपालका एक राष्ट्रिय विभूति पनि हुन्।

जन्म[सम्पादन गर्नुहोस्]

राजा जनकको जन्म नेपालमा पर्ने जनकपुर शहरमा भएको थियो । राजा जनक को वास्तविक नाम शिरध्वज हो । जनक उनको वंसको वा सिंहासनको नाम थियो भन्ने विश्वास गरिन्छ। उनको कुशध्वज नामको एक भाई थियो। उनका पिताको नाम ह्रस्वरोमन थियो, जो राजा निमीका वंशज थिए, उनको गोत्र "गौतम" थियो र उनका कुलपुरोहित गौतम पुत्र "शतानन्द" थिए।

सन्तान[सम्पादन गर्नुहोस्]

पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीरामकी पत्नी सीताका पिता थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  • Dictionary of Hindu Lore and Legend (ISBN ०-५००-५१०८८-१) by Anna Dhallapiccola
"https://ne.wikipedia.org/w/index.php?title=जनक&oldid=1210290" बाट अनुप्रेषित