हिरण्यकश्यपु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हिरण्यकश्यपु  ( सुवर्ण वस्त्रधारी ) एक हिन्दु पौराणिक पात्र हुन् ।उनका दाजु हिरण्याक्षलाई भगवान विष्णुको बराह अवतार ले मरेको थियो । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकश्यपुले भगवान ब्रह्मलार्इ प्रशन्न पारी वरदान लिनका लागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर अाज्ञा भयो । ऊ पनि पछि विष्णुकै अवतार नृसिँह अवतार का हातबाट मारिए ।

जन्म[सम्पादन गर्ने]

श्रीमद्भागवत् पुराण अनुसार, हिरण्यकश्यपु र हिरण्याक्ष विष्णुका द्वारपाले जय र विजयको पुनर्जन्म थिए जो चार कुमारको श्राप को कारण पृथ्वीमा जन्मेका थिए  । सत्य युगमा, हिरण्यकश्यपु र हिरण्याक्ष दितिको गर्भबाट(दक्ष प्रजापति को छोरी) र कश्यप ऋषिबाट जन्मे ।  उनी हरुको जन्म अशुभ समयमा भएको हुनाले ( सन्ध्या कालिन समयमा) उनीहरु असुर भएर जन्मे।

तपस्या[सम्पादन गर्ने]

हिरण्याक्ष राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि भगवान विष्णुले बराह अवतार धारण गरि उनको बध गरे  । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकशिपुले ब्रह्मलार्इ प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो ।  कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर अाज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन अाग्रहलार्इ भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः

न म भित्र मरूँ, न बाहिर ।

न भूमीमा, न अाकाशमा, न जलमा मरूँ ।।

न अस्त्रले मरूँ, न शस्त्रले ।

न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।

हिरण्यकशिपुको यो अाग्रहलार्इ भगवानले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ अाफूलार्इ अजर अमर ठान्न थाल्यो र उसले अाफूलार्इ नै भगवान घोषणा गरीदियो । त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । 

ब्रह्माण्ड पुराणका अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।

प्रहलाद र नरसिंह[सम्पादन गर्ने]

हिरण्यकश्यपु तपस्या गरिरहेका बेला , देवहरुले उनको निवासमा आक्रमण गरे । नारद मुनिले उनकी पत्नी कयधुलाई बचाए  ।  कायधु त्यतिबेला गर्भवती थिइन्  । नारद मुनिले दिएका आज्ञा र ज्ञानले गर्भमा रहेका प्रह्लादमा प्रभाव पर्यो र उनी विष्णुका अनन्य भक्त बने  । केहि समयपश्चात् हिरण्यकस्यपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले अाफूलार्इ भगवान ठानेको भ्रमलार्इ अस्विकार गर्नथाले । पछी उनी हुर्कदै ठुलो हुदै जादा उनी विष्णु भक्त भनेर चिनी जुन उनका पितालाई मन  परेको थिएन  ।

विष्णु ब्रह्माले हिरण्यकश्यपुलाई दिएको वरदान उल्लंघन नहुने गरि हिरण्यकश्यपुको बध गर्न  नरसिंहको रुपमा प्रस्तुत भए । हिरण्यकश्यपुलाई कुनै मानव, देव वा जनावरले मार्न सक्दैनथ्यो तर नरसिंह यी कुनै पनि थिएनन् । उनी सन्ध्याकालिन समयमा प्रकट भए ( न दिन या न रात ) , दैलो मा ( न भित्र न बाहिर) , आफ्नी काखमा राखे ( न पृथ्वी न अन्तरिक्ष) र आफ्नो नङले मारे ( न हात न हतियार) ।

हिरण्यकश्यपुको बध भएपछी पनि नरसिंह अवतारको रिस शान्त भएको थिएन ।  त्यसैले सबै देवी देवताहरु लक्ष्मीलाई अनुरोध गरे तर उनले आफु असक्षम रहेको कुरा बताइन  । त्यसपछी ब्रह्मले प्रह्लादलाई नरसिंहको सामु प्रस्तुत गरे , र आफ्नो भक्तको प्राथना देखेर नरसिंह अन्ततः शान्त भए ।

होली[सम्पादन गर्ने]

होलिकासंग आगोले केहि नहुने बरदान थियो । त्यसकारण उनले प्रह्लादलाई आगो लिएर जलाउने प्रयास गरे तर विष्णुको प्रभावले प्रह्लादलाई केहि भएन तर होलिका आफनी जलेर खरानी भईन । होलिकाको दहन भएकोलाई होली भनेर मनाइन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

पुर्वधिकारी
हिरण्याक्ष
दैत्य
-
उत्तराधिकारी
प्रह्लाद