होलिका

होलिका हिरण्यकश्यप राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनीले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् । यहि वरदानको फाइदा उठाउदै उनीले जलाएर मार्नको लागि प्रह्लादलाई लिएर आगोमा बसेकी थिइन् । यस क्रममा विष्णुले गर्दा प्रह्लादलाई केही भएन तर होलिका चाहिँ जलेर मरिन । यही दिनको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले होली पर्व मनाउने गर्छन ।
होलिका दहन[सम्पादन गर्नुहोस्]
होलीको अघिल्लो रातमा प्रह्लादलाई काखमा लिएकी होलिकाको एक माटोको मूर्ति तयार गरिन्छ । यो प्रतिमालाई दाउराको खातमा राखेर दहन गरिन्छ र प्रह्लाद बचेको अनि होलिका मरेको अनुभूति गरिन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- Origins of Holi at BBC.