निरुता सिंह
निरुता सिंह | |
---|---|
जन्म | निरुता सिंह १२ अगस्ट १९७२ दार्जीलिङ, भारत |
वासस्थान | मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, गायीका |
कार्यकाल | सन् १९९३-हालसम्म |
निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो।[१] उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
वि.सं. २०७६ बैशाख २० गतेबाट रिलिज भएको चलचित्र 'दाल भात तरकारी'को प्रचारका क्रममा नायिका निरुता सिंह उपस्थित हुन सकिनन् । डेङ्गी लागेपछि मुम्बईमा नै उपचार गराउन परेपछि निरुता आफ्नो मुख्य भुमिका रहेको चलचित्रको प्रचारमा नै उपस्थित हुन पाइनन् । निरुता डेङ्गी रोगमा थलिएपछि लामो समयसम्मै उपचारमा रहिन् । केही दिन अगाडि वीरगन्जमा आयोजना भएको नेपाली चलचित्रको स्वर्णिम महोत्सवमा सहभागी गुन आएकी थिइन् । त्यस कार्यक्रममा निरुताले आफूले अर्को जन्म पाएको बताउँछिन् । निरुताले चलचित्र रिलिजको क्रममा आफू उपस्थित हुन नपाए पनि दर्शकले दिएको मायाबाट निकै खुसी भएको बताइन् । राम्रो चलचित्रको अफर आएको खण्डमा काम गर्ने उनले बताइन् । उनले क्याप्टेन (नेपाली चलचित्र) को एक गीत र नाई नभन्नु ल ५ चलचित्रमा केमियो भुमिका निर्वाह गरेकी थिइन् ।[२]
इन्डियन आइडलमा पुगिन् निरुता सिंह
[सम्पादन गर्नुहोस्]काठमाडौँ अभिनेत्री निरुता सिंह भारतीय रियालिटी सो इन्डियन आइडलमा पुगेकी छिन् । सामाजिक संजाल फेसबुकमार्फत निरुताले यो कुराकानीको जानकारी दिएकी हुन् । उनले फेसबुकमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन् । लामो समयदेखि मुम्बइमै बस्दै आएकी निरुता नेपाली अभिनेत्रीको रूपमा इन्डियन आइडलमा पुगेकी थिइन् । उनले त्यहाँ एकदमै राम्रो समय बिताएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन् - इन्डियन आइडलको सेटमा राम्रो समय बिताएँ । आदित्य नारायणलाई धेरैधेरै धन्यवाद । निरुता पछिल्लो समय भुवन केसी को चलचित्र क्याप्टेनको एउटा गीत र मह जोडीको चलचित्र 'दाल भात तरकारी'मा अभिनय गरेकी छिन् । उनी गत कार्तिकमा विरगंजमा आयोजना भएको नेपाली चलचित्र स्चर्णिम महोत्सव २०७६ सहभागी हुन नेपाल आएकी थिइन् ।[३]
पेशागत जीवनी
[सम्पादन गर्नुहोस्]यिनी आफ्नो समय सबैभन्दा सफल नाइका थिइन् ।।नेपाली सिनेमा जगत मा दक्षिणा फिल्म बाट कदम राखेकी थिइन् ।दक्षिणा फिल्म निर्दशक तुलसी घिमिरे को थियो।।तुलसी घिमिरेले कुसुमे रुमाल,कोसेली, सम्झना,लाहुरे जस्ता एक्दम सफल फिल्म बनाएका थिए येस फिल्म को नाइका थिइन् तृप्ती नांडकर जो तुलसिको फिल्मबाट एक सफल नाइका बनेकी थिइन् तर बिवाह पछी सन्तानको हेरचाहको लागि फिल्म क्षेत्र बाट तृप्तिले टाढा भएपछि तुलसिले नया नाइका खोज गरे ।।तब उनले रन्जित गजमेरको मार्फत निरुतालाइ भेटाइन् निरुतालाई फिल्म दक्षिणा मा भुवन केसी संँग राखे छोटो भुमिका रहेको यो फिल्ममा यिनी माथी फिल्माएको गीत सपना भइ आँखामा आउने को होला जनमाझ परिचीत गराइदियो।।येस पछी यिनी तुलसीको नेपाल को एतिहासिक फिल्म दर्पणछाया मा देखिन् यो फिल्म पछी यिनी त सबै नेपाली युवाको माझ मा स्वप्नसुन्दरी समान लोकप्रिय भइन्।।आफ्नो मान्छे , नाता रगतको,ठूलो दाइ,कत्वय जस्ता पारिवारिक फिल्मले यिनिको लोकप्रियता झन् वृद्धि भो।भनिन्छ यिनको तस्बिर ले त्यो समय फिल्म बिक्री हुन्थ्यो फिल्मको फोटो यिनको मात्र तस्बिर भये सिनेमा मा घुइँचो लाग्थ्यो।।यिनको लोकप्रियता को कारण नाइका गौरी मल्ल को घट्यो जो निरुता जस्तै भावुक फिल्म खेलेर उदाएकी थिइन्।।त्यो समय फिल्म २०-३० लाखमा फिल्म बन्थ्यो तर यिनको पारिश्रमिक ५-१० लाख हुन्थ्यो ।।राजेस हमाल सरह को नाइका भनिथ्यो यिनलाइ त्यो समय दिलिप रायमाझी, श्रीकृष्ण श्रेष्ठ , उत्त्म प्रधान,राजेश हमाल जस्ता नायक सग यिन्को जोडि खुब रुचाइयो।।तर सम्य परिवर्तन सगै यिनको फिल्मबाट निरु बाट अभिनय यात्रा सुरु गरेकी रेखा थापा ले एक लाचारी महिला को सट्टा सशक्त महिलाको भुमिकामा देखे पछी जनता ले रेखालाइ मनराउन थाले येसरी निरुता को लोकप्रियतामा कमि भो।।येस्तै गरि यिनको लहना र दुई किनारा फिल्म असफल पछी यिनी हराउदै गइन्।।यिनी भन्चिन पुरानो फिल्म बनाउने निर्दशक को कमि त सोच नभएकोले सिनेमा छोडेर मुम्बई गएर बसेकी ।।यिनी शिव रेग्मी ,दयाराम दाहाल जस्ता सफल निर्दशक मा नि काम गरिन्।।दाल भात तरकारी बाट अभिनय यात्रा मा सुरु गरेकी छन्।।==
चलचित्रहरू
[सम्पादन गर्नुहोस्]- मनमन्दिर
- दर्पण छायाँ (चलचित्र)
- बन्धकी
- दुई किनारा
- दुःख
- काँहा भेटिएला
- आमाको काख
- आफन्त
- दुई पल
- माइती
- माइली
- सन्तान थरि थरिका
- सन्तान
- खानदान
- आमाको आशिर्वाद
- दक्षिणा
- चमत्कार
- आफ्नो मान्छे
- आफ्नो पन
- चित्कार
- हामी साथी भाई
- फर्कि आउ
- आफ्नो घर आफ्नो मान्छे
- को आफ्नो को बिरानो
- हिरो
- द गेम
- पिंजडा
- दुनिया
- लहना
- लडाइ
- उपकार
- उपहार
- अजम्बरी माया
- अजम्बरी नाता
- सिउदोको सिन्दुर
- रहर
- डर
- जिवनदान
- नाता रगतको
- आगो
- ठूल्दाइ
- राम लक्ष्मण
- कर्तव्य
- लव-कुश
- यो कस्तो प्रेम
अवार्ड
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ http://www.enasha.com/article.php?id=533
- ↑ । লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता);
|https://www.onlinekhabar.com/निरुताको फर्किएको मुस्कान/access-date=
प्यारामिटर ग्रहण गरेन (सहायता);|title=
रितो (सहायता) - ↑ । লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता);
|https://www.dcnepal.com/‘इन्डियन आइडल’मा पुगिन अभिनेत्री निरुता सिंह/access-date=
प्यारामिटर ग्रहण गरेन (सहायता);|title=
रितो (सहायता)
बाह्य लिंक
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]