सामग्रीमा जानुहोस्

तुलसी घिमिरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुलसी घिमिरे
जन्म१५ जुलाई १९५१
कालिम्पोङ, दार्जिलिङ, भारत
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाचलचित्र निर्देशक, पटकथा लेखक, अभिनेता, चलचित्र सम्पादक
जीवनसाथीभारती घिमिरे
सन्तानभावना घिमिरे र पञ्चमी घिमिरे

तुलसी घिमिरे नेपाली चलचित्रका एक नेपाली भारतीय चलचित्र निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन्। सन् १९५१ मा इलाममा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु गरे, जहाँ उनले भारतीय चलचित्रमा निर्देशन र सम्पादनको अनुभव लिने मौका पाए। १९८१ मा उनले पहिलो नेपाली चलचित्र ‘बाँसुरी’ निर्देशन गरे।

उनको ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, र ‘दर्पण छायाँ’ लगायतका फिल्महरू नेपाली सिनेमा इतिहासका महत्वपूर्ण कृति मानिन्छन्। विशेष गरी 'दर्पण छायाँ' नेपाली चलचित्र उद्योगमा उच्च आय आर्जन गर्ने पहिलो चलचित्र बनेको थियो। घिमिरेले आफ्ना प्रायः फिल्महरूमा नेपाली समाज, संस्कृति र परम्परालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै आएका छन्। उनी आफ्ना फिल्मका कथावस्तु र गीत-संगीतमा मौलिक नेपालीपन झल्काउन विशेष ध्यान दिन्छन्।

उनका फिल्महरू नेपाली दर्शकबीच मात्र नभई विश्वभर छरिएर रहेका नेपालीमाझ पनि लोकप्रिय छन्। तुलसी घिमिरेको लक्ष्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु, विशेष गरी एक दिन ‘ओस्कार’ अवार्ड जित्नु हो।

[]


सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]
वर्षचलचित्रको शीर्षककलाकारघिमिरेका कार्यहरू
१९८१बाँसुरीनिर्देशक
१९८५कुसुमे रमालभुवन केसी, तृप्ती नदाकर, उदित नारायण झा, नीर शाहनिर्देशक, सम्पादक, कथा लेखक
१९८८अन्यायमिरा माधुरी, विश्व बस्नेत, प्रकाश अधिकारीनिर्देशक
१९८९लाहुरेश्रवण घिमिरे, तृप्ती नदाकरनिर्देशक, अभिनेता, सम्पादक, कथा
१९९१चिनोशिव श्रेष्ठ, भुवन केसी, सुनील थापा, क्रिष्टि मैनाली, सर्मिला मल्ल, सिनौरा मिस्त्री, सुभद्रा अधिकारी, अरुण मल्ल, सुषिला रायमाझीनिर्देशक
१९९२दुई थोपा आँसुभुवन केसी, श्रवण घिमिरे, अनुराधा स्वान्तनिर्देशक
१९९३कोसेलीतृप्ती नदाकर, कृष्ण मल्ल, भारती घिमिरे, श्रवण घिमिरे, विजय लामानिर्देशक
१९९४दक्षिणातुलसी घिमिरे, भुवन केसी, भारती घिमिरेनिर्देशक, अभिनेता
१९९६देउताराजेश हमाल, सृजना बस्नेत, श्रवण घिमिरेनिर्देशक, सम्पादक, कथा लेखक, पट लेखक, सङ्गीतकार
१९९६बलिदानहरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाहनिर्देशक, क्यामेरामेन, सम्पादक
१९९६रहरतुलसी घिमिरे, भारती घिमिरे, प्रसान्त, निरुता सिंहनिर्देशक
२००१दर्पण छाँयादिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधाननिर्देशक, सम्पादक, कथा लेखक
२००२लहना[]दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधाननिर्देशक, सम्पादक, कथा लेखक
२००७दुई किनारानिरुता सिंह, भुपेन चन्दनिर्देशक
२००९माया त माया होनिखिल उप्रेती, सञ्चिता लुइँटेल, सुरज आरडि, तुलसी, निर्देशक, अभिनेता
२०१०देशराजेश हमाल, निखिल उप्रेती, निरुता सिंहनिर्देशक, सङ्गीतकार
२०१०स्वर्णको परीनीर शाह, भारती घिमिरे, पृथ्वीराज घिमिरे, प्रकृति भट्टराई (बाल कलाकार)निर्देशक
२०२१मृग तृष्णाकर्मा साक्य, विराज भट्ट, नन्दिता केसीनिर्देशक, सम्पादक, सङ्गीतकार
२०१२दृष्टिकोण भारती घिमिरे, भाष्कर प्रधान, ललित गोलेनिर्देशक
२०१६ सम्म सार्वजनिक नगरिएकोगौतम बुद्ध(कार्टुन चलचित्र)निर्देशक
२०१७ मार्च १०दर्पण छाँया २पुष्पा खड्का, साहारा कार्की, स्रद्धा प्रसँइनिर्देशक

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "तुलसी घिमिरेको जीवनी"[स्थायी मृत कडी]
  2. "तुलसी घिमिरेद्वारा निर्देशित चलचित्रहरू reelnepal.com अभिलेखिकरण २०१८-०२-०९ वेब्याक मेसिन"
  3. कोवी, पिटर, सम्पादक (२००३), विभिन्न अन्तर्राष्ट्रिय चलचित्रहरूको सहयोगी, पृ: २४७।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]