सामग्रीमा जानुहोस्

निखिल उप्रेती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निखिल उप्रेती
जन्मदिनेश उप्रेती
(1980-08-10) अगस्ट १०, १९८० (उमेर ४३)
सर्लाही, नेपाल
पेशाअभिनेता
कार्यकालसन् २००० (बि. सं. - २०५७) देखि
जीवनसाथी
सन्तान

निखिल उप्रेती नेपालका एक चर्चित एक्सन् अभिनेता हुन्। उनको जन्म सन् १९८० अगस्ट १० तारिखमा सर्लाही जिल्लामा भएको [१] हो। उनलाई नेपालको एक चर्चित नायकका रूपमा लिइन्छ। उनको पहिलो र सफल चलचित्र पिंजडा हो। उनलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन् अभिनेता एबम् स्टन्टकर्ताका रूपमा लिइन्छ र नेपाली चलचित्र जगतमा एक्सन् चलचित्रहरू प्रति दर्शकको रुचिको प्रेरणा श्रोतको रूपमा हेरिन्छ। उनले अहिलेसम्म ११० वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् र अनेक पुरस्कारहरू पनि प्राप्त गरेका छन्।

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

"निखिल उप्रेती"को जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा गोबिन्द ऊप्रेती र भोजकुमारी उप्रेतिका कोखबाट भएको हो। उनले सानै छँदा करातेमा ब्ल्याक बेल्ट हासिल गरिसकेका थिए। काठमाडौंमा पढ्दा पढ्दै उनी आफ्नो कलाकार बन्ने इच्छा पुरा गर्न भारतको सिनेनगरी मुम्बईतिर लागे।[२] केही समय कर्तबबाज (स्टन्ट कर्ता)को रूपमा र सहायक द्वन्द निर्देशकको भुमिकामा काम गरे। केही समय उनले अमिताभ बच्चनको चलचित्र निर्माण कम्पनि ABCLको लागि केही चलचित्रमा पनि काम गरे। सुन्न मिल्ने कुरा (गफ)हरू अनुसार उनले त्यस समयमा अभिशेक बच्चनलाई द्वन्द्वकलाको प्रशिक्षण दिएका थिए।ढाँचा:स्रोतनखुलेको

उनले मुम्बईबाट फर्केपछि पहिले देखिकि प्रेमिका नौबिसेकि कोपिला सङ्ग बिहे गरे। पछि आएर उनले नेपाली सिने जगत कि अर्की नायिका सन्चिता लुइटेलसँग प्रेम बिबाह गरे।[३]

  • पिंजडा
  • मायाको जाल
  • कर्तव्य
  • शिवशक्ति
  • कुरुक्षेत्र
  • राम लक्ष्मण
  • हामी तीन भाइ
  • अग्निपथ
  • बारूद
  • निखिल दाइ
  • धर्मा
  • विदाइ
  • मिस्टर डन
  • गिरफ्तार
  • सावधान
  • सम्झना
  • धमाका
  • दाग
  • भाइभाइ
  • निशाना
  • क्रोध
  • अभिमन्यु
  • भाग्य
  • वरमाला
  • ए पण्डित बाजे
  • मानिस
  • युद्ध
  • पालेदाइ
  • मर्यादा
  • करन-अर्जुन
  • हामी साथी भाइ
  • दोबाटो
  • देश देखि परदेश
  • दुनियाँ
  • त्रिशूल
  • जन्मभूमि
  • इनसाफ
  • घायल
  • जीवन-मृत्यु
  • पर्खि बसेँ
  • जिन्दगी
  • परिचय
  • जय शिव शंकर
  • पहिलो पहिलो माया
  • कर्म योद्दा
  • क्यारें ग्यां २
  • जोडी नं वान
  • पापी मान्छे
  • पापी मान्छे २
  • धड्कन
  • फर्केर हेर्दा
  • अग्नि ज्वाला
  • आमाको काख
  • मिसन पैसा
  • मिसन पैसा २
  • दोस्ती
  • भैरव
  • लूटेरा
  • राधे
  • पिंजडा ब्याक अगेन

सम्मान तथा पुरस्कार

[सम्पादन गर्नुहोस्]

चलचित्र हामी तीन भाइका लागि निखिल उप्रेतिले राष्ट्रिय चलचित्र पुरस्कार २०६२ मा सर्वोत्कृष्ठ अभिनेताको पुरस्कार जितेका थिए। यसका साथै उनले राष्ट्रिय नागरिक स्वर्ण सम्मान प्राप्त गरेका छन् ।

पेशागत जीवनी

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

■ राजेश हमाल

■ विराज भट्ट

■ सुमन सिंह