सामग्रीमा जानुहोस्

चिनो (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चिनो
निर्देशकतुलसी घिमिरे
कथातुलसी घिमिरे
निर्माताओम त्रिनेत्र प्रोडक्सन
मुख्य कलाकारशिव श्रेष्ठ
भुवन केसी
सुनील थापा
शर्मिला मल्ल
श्रवण घिमिरे
तुलसी घिमिरे
छायाङ्कनप्रमोद प्रधान
सम्पादनतुलसी घिमिरे
सङ्गीतरञ्जित गजमेर
प्रदर्शन मिति
१५ जनवरी १९८९
अवधि
२ घण्टा ३७ मिनेट
देशनेपाल
भाषानेपाली

चिनो तुलसी घिमिरेद्वारा लिखित र निर्देशित एक नेपाली कथानक चलचित्र हो। चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, सुनील थापा, क्रिस्टी मैनाली, शर्मिला मल्ल, सुभद्रा अधिकारी, श्रवण घिमिरे, सिनौरा मिस्त्री, अनुप मल्ल र सुशीला रायमाझीको समूहले अभिनय गरेको छ। यो चलचित्र दुई दाजुभाइ (शिव श्रेष्ठ र भुवन केसीद्वारा अभिनय गरिएको) को बदलाको कथा हो जुन आफ्ना आमाबाबुलाई अपराधी राते काइला (सुनील थापा) द्वारा मारिएपछि अलग्गिन्छन्। उनीहरू कसरी पुनर्मिलन हुन्छन् र आफ्ना आमाबाबुलाई किन मारियो भन्ने कारण पत्ता लगाउँछन् र बदला लिन्छन् भन्ने कुरा बाँकी कथा हो। चलचित्रको पूर्ण छायाङ्कन नेपालमा गरिएको थियो।[][]

यो चलचित्र समीक्षक र दर्शकहरूबाट सकारात्मक प्रतिक्रियासहित प्रदर्शन भएको थियो जसमा यसको पटकथा, कलाकारहरू विशेष गरी शिव श्रेष्ठ र सुनील थापाको अभिनय र सफल सङ्गीतको प्रशंसा गरिएको थियो। यो चलचित्र बक्स अफिसमा ठुलो ब्लकबस्टर थियो र १९९० को दशकको सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र र कुसुमे रुमाल (तुलसी घिमिरेको अर्को चलचित्र) पछि दोस्रो सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बन्यो र यसलाई नेपाली सिनेमाको इतिहासमा सबैभन्दा व्यावसायिक रूपमा सफल चलचित्रहरू मध्ये एक मानिन्छ। रञ्जित गजमेरको सङ्गीतमा रहेको चलचित्रका गीतहरू अत्यधिक लोकप्रिय थिए, विशेष गरी मोहनी लाग्ला है आजसम्म पनि लोकप्रिय छन्, र बतासा ले उडाइ ल्यायो पनि त्यतिबेला चार्टबस्टर थियो।[]

# शीर्षक गायक समयावधि
"बतासले उडाई ल्यायो" कुमार कान्छा, आशा भोसले ३:४१
"दियो बाली" आशा भोसले ३:३८
"जन्मेर कोखमा" नारायणगोपाल ४:५९
"माया त माया हो" नारायणगोपाल, आशा भोसले ४:२९
"मोहनी लाग्ला है" नारायणगोपाल, आशा भोसले ६:१८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]