देउता (चलचित्र)
स्वरूप
देउता | |
---|---|
![]() चलचित्र पर्चापत्र | |
निर्देशक | तुलसी घिमिरे |
पटकथा | तुलसी घिमिरे |
मुख्य कलाकार |
|
सङ्गीत | रञ्जित गजमेर |
वितरक कम्पनी | त्रिपुरा सुन्दरी अन्तर्राष्ट्रिय सिने आर्ट प्रा. लि. |
प्रदर्शन मिति | १४ असोज २०५० |
अवधि | २ घण्टा ४६ मिनेट |
देश | नेपाल |
भाषा | नेपाली |
बजेट | ३० लाख |
देउता तुलसी घिमिरेद्वारा निर्देशित एक नेपाली कथानक चलचित्र हो। यस चलचित्रमा राजेश हमाल, श्रवण घिमिरे, सिर्जना बस्नेत, तुलसी घिमिरे, युवराज लामा लगायतका कलाकारको अभिनय रहेको छ। धेरैले राजेश हमालको अभिनयलाई उनको करियरको उत्कृष्ट र राजेश हमाललाई सुपरस्टार बनाउने चलचित्र मान्छन्। चलचित्रले यसको कथा, सङ्गीत र राजेश हमालको अभिनयको लागि दर्शकहरूबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पायो।[१]
कथा
[सम्पादन गर्नुहोस्]चलचित्रको सुरुवात सिर्जना (सिर्जना बस्नेत) को विवाहको चर्चाबाट हुन्छ। उनी आफ्नो बुबाको व्यापारिक साझेदारको एक्लो छोरासँग विवाह गर्न हिचकिचाउँछिन्। बरु, उनी केही थप चित्रकला सिक्न चाहन्छिन् र एक दुर्गम गाउँमा आफ्नो काकीलाई भेट्न जान्छिन्, जहाँ उनी सोनाम (श्रवण घिमिरे) र शङ्कर (राजेश हमाल) लाई भेट्छिन्। एक प्रेम त्रिकोण तीन बीच सुरु हुन्छ।
कलाकार
[सम्पादन गर्नुहोस्]- राजेश हमाल: शङ्कर
- श्रवण घिमिरे: सोनम
- सिर्जना बस्नेत: सृजना
- तुलसी घिमिरे: सृजनाका बुबा
- युवराज लामा: निमा
सङ्गीत
[सम्पादन गर्नुहोस्]# | शीर्षक | गायक | समयावधि |
---|---|---|---|
१ | "पिरतिको मिठो तिर्साना" | इन्द्रजित मिजार, भारती घिमिरे | ५:४१ |
२ | "के भन्ने हाम्रो समय" | इन्द्रजित मिजार | ४:१४ |
३ | "अब यो बाटो" | इन्द्रजित मिजार | ४:४१ |