उपेन्द्र देवकोटा
स्वरूप
प्राध्यापक डाक्टर उपेन्द्र देवकोटा | |
|---|---|
| चित्र:Upendra Devkota Portrait.jpg | |
| जन्म | नोभेम्बर १९, १९५६ गोर्खा, नेपाल |
| मृत्यु | जुन १८, २०१८ (उमेर ६१) न्युरो अस्पताल बाँसबारी |
| वासस्थान | काठमाडौँ |
| राष्ट्रियता | नेपाली |
| शिक्षा | FRCS in Neurosurgery |
| मातृ शिक्षाप्रतिष्ठान | अमरज्योति जनता मा.वि. गोर्खा, अमृत साइन्स कलेज |
| पेशा | स्नायु चिकित्सक/ Consultant |
| गृहनगर | काठमाडौँ |
| जीवनसाथी | मधु दीक्षित देवकोटा |
| सन्तान | तीन छोरी |
डा. उपेन्द्र देवकोटा (सन् १९५६-२०१८) नेपालका विख्यात स्नायुरोग विशेषज्ञ चिकित्सक (न्युरोसर्जन) थिए। यिनी राजाको प्रत्यक्ष शासन कालमा स्वास्थ्यमन्त्री पनि बनेका थिए। डा. देवकोटाकै प्रयासमा वीर अस्पतालमा न्यूरो सर्जरी विभागको स्थापना गरिएको थियो। त्यसैगरी बीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रुपान्तरण गराउन पनि यिनले उल्लेख्य योगदान गरेका थिए। [१]
गोर्खा जिल्लामा जन्मेका डा देवकोटाको २०७५ असार ४ गते राती न्युरो अस्पताल काठमाडौँमा निधन भयो।[२] [३] देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पीडित थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "न्यूरोसर्जन उपेन्द्र देवकोटा रहेनन्", बीबीसी नेपाली, बीबीसी, १८ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८।
- ↑ "न्यूरोसर्जन उपेन्द्र देवकोटा रहेनन्", बीबीसी नेपाली, बीबीसी, १८ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८।
- ↑ "रहेनन् वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटा", अनलाइन खबर, ४ असार २०७५, अन्तिम पहुँच १९ जुन २०१८।