क्षत्रिय धर्म

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

क्षत्रिय धर्म वा क्षात्र धर्म शास्त्र अनुसार सुचित क्षत्रियहरूको धर्म हो । वेदमा यस प्रकार व्याख्या गरिएको छ

क्षत्रियस्य कर्तव्यानि मनुः एवं वर्णयति-
प्रजानां रक्षणं दानमिज्याध्ययनमेव च ।
विषयेष्वप्रसक्तिश्च क्षत्रियस्य समासतः ॥१-८९ ॥

मनुले बताए अनुसार क्षत्रियहरूको कर्तव्य प्रजापालन, रक्षण, गरिबजनहरूलाई दान दिने तथा अध्ययन गर्ने मात्र हो । श्रीकृष्ण भन्छन्;

शौर्यं तेजो धृतिर्दाक्ष्यं युध्दे चाप्यपलायनम् ।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ॥१८-४३ ॥

अर्थ: युद्धमा शौर्य, तेज, धैर्यता तथा दक्षता (सीप, रणनीति) आदि क्षत्रियहरूले प्रयोग गर्छन् तर युद्धबाट भाग्नु क्षत्रिय नीतिको विपरीत हो । गरिबजनहरूलाई दान दिने, दयाभाव तथा न्यायवान् राज्यशासन चलाउनु क्षत्रियहरूको स्वाभाविक कर्म हो। अर्को श्लोकले बताउँछ: रक्षणं सर्वभूतानामिह क्षात्रं परं मतम् सबैको रक्षणको दायित्व क्षत्रियहरूमा छ । प्रजापालन क्षत्रिय धर्म भनी बताइएको छ ।

प्रजानां पालने युक्ता धर्ममुत्तममास्थिताः
गोब्राह्मणार्थे युध्यन्तः प्राप्ता गतिमनुत्तमाम् ॥ इति [महाभारतम्-शान्तिपर्व २१/१९]
क्षतान्नस्त्रायते सर्वानित्येवं क्षत्रियोऽभवत्
क्षतत्राता क्षताज्जीवन् क्षन्ता स्त्रीष्वपि साधुषु ।
क्षत्रियः क्षितिमाप्नोति क्षिप्रं धर्मं यशःश्रियः ॥ ६९/२ [महाश्रेणपर्व-१९७/४]

महाभारतमा क्षत्रियहरू महत्त्व यस प्रकार वर्णन गरिएको छ ;

यदि न क्षत्रियो लोके जगत् स्यादधरोत्तमम् ।
रक्षणात् क्षत्रियैरेव जगद् भवति शाश्वतम् ॥ [महाभारते अनुशासनपर्व १४१/४८] इति ॥

अर्थ: यदि दुनियाँमा क्षत्रियहरू नभएका भए, यो संसार नष्ट भै धरासायी हुन्थ्यो, क्षत्रियहरूको रक्षणले यो संसार सदाबहार चलेको छ ।