सामग्रीमा जानुहोस्

क्षत्रिय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुरुवंशी क्षत्रिय राजकुमार भीमसेन गदा शस्त्र सहित

क्षत्रिय हिन्दू वर्ण व्यवस्था अन्तर्गत शासक एवम् राजकीय भूमिका निर्वाह गर्ने वर्णसमुह हो । क्षत्रियको अर्थ क्षत्र दिने वा रक्षण दिने हो । पौराणिक व्याख्या अनुसार क्षत्रियहरूले विभिन्न क्षेत्रहरूमा राज्यभार सम्हालेका थिए र प्रजाहरूको रक्षण गरेका थिए । क्षत्रियहरूको दुई कुल वा वंश हुन्छ- सूर्यवंश (रविकुल) र चन्द्रवंश (सोमवंश) । भारत, पाकिस्तान, नेपाल तथा विभिन्न ऐतिहासिक हिन्दु राष्ट्रहरूमा बसोबास गर्ने शासकीय पृष्ठभूमिका व्यक्तिहरू यिनै दुई कुलभित्रका क्षत्रिय भएको दाबी गर्छन् ।

प्राचिन आर्यावर्तको सिन्धु घाँटीबाट वैदिक संस्कार उत्पत्ति भएको थियो । उक्त समयपूर्व वैदिक शासकहरूलाई राजन्य वर्णका व्यक्ति मानिनथ्यो । ऋग्वेदको एक संहिता:

ब्राह्मणोऽस्य मुखमासित बाहु राजन्य: कय्त:। अरुः यत तद्वैश्य:पदभ्यां शूद्रो आजायतः।।
- ऋग्वेद

यहाँ राजन्य शब्दले शासकहरूलाई जनाउँदछ । वैदिककालको आरम्भसँगै शासकहरूले राजन्यबाट क्षत्रिय भनी सम्बोधन गर्न थाले । क्षत्रियको अर्थ वैदिक ग्रन्थमा क्षतात त्रायते इति क्षत्य... जसको अर्थ क्षत (आघात)बाट त्राण (रक्षा) दिने व्यक्ति हो । यसको अन्य उत्पति पनि भनिन्छ । क्षत्र (राज्य)को शासकलाई क्षत्रिय भनिएको हुनसक्छ । फारसी भाषा (पर्सियन) भाषामा क्षयातीको अर्थ क्षेत्रको अधिपति हो । क्षयातीको संस्कृत बन्धु क्षत्रिय हुनसक्छ । दक्षिण एसियामा क्षत्रिय शब्दको थुप्रै अप्रभंश भै बनेका शब्दहरू छन् । छत्री, छत्तरी, छत्रपति, क्षेत्री, छेत्री, खत्री, छथरीय, आदि हुन् ।

क्षत्रिय धर्म

[सम्पादन गर्नुहोस्]

क्षत्रिय धर्म वा क्षात्र धर्म क्षत्रियहरूले पालना गर्ने कर्तव्य वा दायित्व हो । क्षत्रिय धर्मभित्र शास्त्र अनुसार राज्यशासन कायम गर्ने कर्तव्य क्षत्रियको मानिन्छ । जनधनको रक्षा गर्ने, न्यायपूर्ण शासन गर्ने र विधिपूर्वक युद्धमा भाग लिने क्षत्रिय कर्तव्य भित्र पर्दछ । शौर्य तेजोधृतिर्दाक्ष्यं युद्धेचाप्यपलायनं... महाभारतबाट साभार गरिएको श्लोक अनुसार युद्धमा तेज, वीरता, धैर्य, दक्षता, रणनीति, चतुर्याइँ, षड्यन्त्र, आदिको प्रयोग गर्न क्षत्रियहरूलाई अनुमति दिइएको छ तर युद्धबाट पलायन हुन बन्देज छ । रक्षा र शासनलाई प्रमुख क्षत्रिय धर्म मानिएको छ ।

क्षत्रिय राजा र कुमारहरू

[सम्पादन गर्नुहोस्]

वैदिक, पौराणिक र प्राचिन ग्रन्थहरूमा भएको केही प्रसिद्ध क्षत्रिय राजाहरू:

क्षत्रिय कुलमा जन्मिएका प्रसिद्ध राजकुमारहरूः

क्षत्रिय वंशहरू

[सम्पादन गर्नुहोस्]
हिन्दु सूर्यवंशी झण्डा
हिन्दु चन्द्रवंशी झण्डा त्रिशूल सहित

शक जातिबाट उत्पत्ति भएको कुरा लुकाउन राजपूत जातिका चौहान, पारमार वंशहरूले अग्निवंशको भूमिका बाधेको मानिन्छ ।[]

  1. गुर्जर
  2. सोलाङ्की
  3. प्रतिहार
  4. चौहान
  5. पारमार
महाराणा प्रताप सिंह, चित्तौढगढका क्षत्रिय राजपुत शासक
राजा पृथ्वीनारायण शाह, गोरखाको क्षत्रिय ठकुरी) शासक
अमरसिँह थापा, एक क्षत्रिय (खस क्षेत्री) सेनापति

खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:

[सम्पादन गर्नुहोस्]
खस क्षेत्री मुख्तियार माथवरसिंह थापाको तस्विर

जनसङ्ख्याको आधारमा ५ क्षेत्री थरहरू निकै प्रचलित देखिन्छ । थापा, कार्की, कठायत, बस्नेतखड्का बहुसङ्ख्यक ५ थरहरू हुन् !

A ऐ - Air (ऐर)

K क - Kathayat(कठायत),

B ब - Basnet/Basnyat(बस्नेत/बस्न्यात), Bisht/Bista(बिष्ट/बिष्ट्), Banshi(बन्सी), Barma(बर्मा), Baruwal(बरुवाल)

B बा - Baniya(बानियाँ), Bam(बाम)

B बु - Budathoki(बुढाथोकी), Budha(बुढा), budhathapa बुढाथापा , bam बाम

B बो - Bohara ( बोहरा ), Bogati(बोगटी)

C च - Chand(चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)

D दे - Deuba (देउवा), Dev (देव) D दा - Dangi(डाँगी)

D धा - Dhami(धामी), Dhawal (धवल)

G घ - Gharti(घर्ती)

H - Hamal(हमाल)

K क - Karki(कार्की), Katuwal(कटुवाल)

K कु - Kunwar(कुँवर)

K ख - Khadka(खड्का), Khatri(खत्री),

K खा - Khati(खाती)

M म - Mahar(महर)),Malla(मल्ल), Mahat(महत)

P पा - Pande(y)/Pade(पाँडे/पाण्डे), Paal(पाल), Pahari पहाडी

R रा - Rana(राणा), Ranabhat(रानाभाट) Raut/Rawat(राउत/रावत), Rawal(रावल), Rathore(राथौर/राठौर), Raya(राया), Rayamajhi(रायमाझी)

R रो - Roka/Rokaya(रोका/रोकाया)

S स - Samal(समाल), Sanjel(सन्जेल)

S सि - Singh(सिंह), Silwal(सिलवाल)

S से - Sen(सेन), Saund, Saud, Sawad (साउँद, साउद, सावद)

S शा - Shah(शाह), Shahi(शाही)

T था - Thapa (थापा ,Thakuri(ठकुरी)[]

नेवार-क्षत्रीय (ठकू र क्षथरीय/छथरी) का थरहरु:

[सम्पादन गर्नुहोस्]
जयप्रकाश मल्ल, कान्तिपुरका क्षत्रिय (नेवा छथरीय) शासक

A अ – Amatya (अमात्य)

Bh भ – Bharo (भारो), Bhariju (भारिजु), Bhadel*** (भँडेल)

Dh ढ – Dhaubhadel (ढौभडेल), Daiwagya (दैवग्य)

G ग – Gonga: (गोँग), Guruwacharya (गुरुवाचार्य),

H ह – Hada (हाडा)

J ज – Joshi (जोशी), Jonchhe (जोँछे)

K क – Kasaju (कसजु), Kayastha (कायस्थ), Karmacharya*** (कर्माचार्य)

Kh ख – Khyargoli (ख्यर्गोली), Khwakhali (ख्वखली)

L ल- Lakhey (लाखे), Lacoul/Rajkool (लकौल/राजकूल), Layeku (लएकु)

M म- Malla (मल्ल), Munankarmi (मुनंकर्मी), Mulepati (मुलेपती), Mahaju (महाजु), Maskey (मास्के), Mathema (माथेमा), Mool (मूल), Mahapatra(महापात्र)

O व - Onta (ओन्त), Ojhathanchhe (ओझथंछेँ)

P प - Pradhananga (प्रधानाङ्ग), Pradhan (प्रधान), Patrabansh (पात्रबंश), Piya (पिया), Palikhe (पालिखे),

R र – Rajbhandari (राजभण्डारी), Raya (राय), Rajbanshi (राजबंशी), Raghuvanshi (रघुबंशी), Rawal (रावल), Rajbaidya (राजवैद्य), Rathaur (राठौर), Rajlawat*** (राजलवट)

S स – Sainju (सैंजु), Shrestha*** (श्रेष्ठ), Singh*** (सिंह)

T त – Talchabhadel (ताल्चाभडेल), Timila (तिमीला)

Th थ- Thaiba (थैव), Thakur/Thakul (ठाकुर/ठकुल)

V व – Vaidya (वैद्य), Varman (बर्मन)

- ***नेवार वैश्य जाती मा पनि पाईने थर

तराई क्षत्रिय/राजपुतहरूको थर

[सम्पादन गर्नुहोस्]

C च - Chand(चन्द), Chauhan (चौहान)

D द - Deuba(देउवा)

P प - Pal (पाल)

R र - Rajput (राजपुत), Raya (राय), Raghuvanshi (रघुबंशी), Rathaur (राठौर)

S सि - Singh(सिंह)

S से - Sen(सेन)

V व - Verma (वर्मा)

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. En accord avec Col. James Tod (Annals and Antiquities of Rajasthan), C. T. Metcalfe (The Rajpoot Tribes) et quelques autres ethnologues, les ancêtres des Sisodias/Guhilots sont les Guèbres c’est-à-dire perses et sont adorateurs du feu et du Soleil. Il y a de nombreuses preuves pour soutenir cette thèse.
  2. Naraharinath, Yogi (१९५५), Itihas Prakash 1, Kathmandu: Itihas Prakash Mandal। 
  3. (अङ्ग्रेजीमा) Genetic and Historical Evidence of Scythian roots of Rajputs.
  4. Ancient Indian History and Civilization By Sailendrda Nath Sen pages 205 & 207
  5. http://www.karma99.com/2013/01/chhettri.html