सुदामा ब्राह्मण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कृष्णको महलमा सुदामाको स्वागत

सुदामा एक गरिब ब्राह्मण थिए । उनि द्वापर युगमा जन्मिएका थिए । सुदामा ब्राह्मण भगवान कृष्णका बाल्यकालका मित्र थिए ।[१]

सुदामाको कथा[सम्पादन गर्ने]

सुदामा ब्राह्मण निकै गरिब भएकोले उनको घरमा खाने खाना लाउने लुगाको लागी निकै कठिन परेको थियो । एक दिन सुदामाकी पत्नीले सुदामासँग भनिन् - " तपाइँका मित्र कृष्ण द्वारकापुरीमा निकै धनि छन् रे । उनको चर्चा संसार भर फैलिएक छ । हामीहरू यहाँ गरिबीको जिवन बिताइरहेका छौं । यदी तपाइँ कृष्णलाई भेट्न जानु भयो भने अवस्य पनि उनले हामीलाई केही सहयोग गर्ने थिए की ? हामीलाई घर धन्दा चलाउन निकै समस्या भएको छ । छिमेकीहरूले पनि हाम्रो खिल्ली उडाइरहेका छन् । एक पटक तपाइँ अवस्य कृष्णको घरमा गएर भेट गरेर आउनुहोस् ।" आफ्नो पत्नीका कुरा सुनेर सुदामालाई पनि कृष्णसँग भेट गर्ने इछ्छा भयो । कृष्णले कुनै सहयोग नगरे पनि उनको दर्शन गरेमा परम गती त मिल्ला भन्ने सोचेर सुदामाले द्वारका जाने सोच गरे । ठुलाबडाको घरमा जाँदा खाली हात जान हुन्न भनेर दुई मुठी चामल पुरानो कपडामा पोको पारेर सुदामा कृष्णको घर द्वारका तिर गए ।[१] केही दिन पछी सुदामा द्वारका कृष्णको घरमा पुगे । सुदामालाई द्वारका निकै सुन्दर लाग्यो । उनले आफू देवलोकमा पुगेको अनुभुती गरे । कृष्णको घरको मुल ढोकामा द्वारपालहरू राखिएका थिए । द्वारपालहरूले सुदामालाई भित्र प्रवेस गर्न दिएनन् । सुदामाको शरिरमा पुरानो कपडा थिए, उनको शिरमा टोपी थिएन । त्यस्तो मान्छेलाई देखेर कृष्णका द्वारपालहरूले सुदामालाई भित्र प्रवेस गर्न दिएनन् । द्वारपालहरूसँग सुदामाले म कृष्णको बाल्यकालको मित्र हुँ । तिमीहरू गएर कृष्णलाई सुदामा गरिब आएको छ भनेर खबर गरिदिनु भने । सुदामाको कुरा द्वारपालहरूले सुन्दै सुनेन् उल्टै उनलाई बाहिर धकेल्न थाले । यसरी आफ्नो मित्रलाई द्वारपालहरूले बाहिर धकेलेको देखेर भगवान कृष्णले भित्रबाट आएर सुदामालाई अङ्गालो मारे । त्यसपछी कृष्णले सुदामालाई घरभित्र लगेर निकै सम्मानका साथ राखे । एक गरिबलाई कृष्णले निकै सम्मान गरेको देखेर कृष्णकी पत्नी रुक्मिणीलाई निकै अचम्म लाग्यो । सुदामालाई कृष्णले मेरोलागी तपाइँले के ल्याउनु भएको छ भनेर सुदामाले ल्याएको चामलको पोको फुकाएर एख मुठी चामल खाए । अर्को मुठी चामल खान लाग्दा लक्ष्मीले कृष्णलाई रोक्दै भनिन् - "एक मुठी चामलले सुदामालाई सबै पुगिसकेको छ, अर्को मुठी चामल खाएर मलाई सहित सुदामाको घरमा पठाउने इछ्छा भयो ? " लक्ष्मीका कुरा सुनेर कृष्णले अर्को मुठी चामल खाएनन् । [१] केही दिन सुदामा द्वारकामा बसेपछी भगवान कृष्णसँग घर फर्कने अनुमती मागे । कृष्णले पनि सुदामालाई ससम्मान घर फर्काए । सुदामा घर फर्कन लाग्दा कृष्ण आधा बोटोसम्म छोड्न आए तर सुदामालाई कुनै चिज दिएन् । सुदामाले पनि आफु गरिब भएकोले मलाई केही सहयोग गर्नुहोस् भन्न लाज मानेकाले खालीहात फर्किए । बाटोभरी सुदामालाई कृष्णसँग कुनै सहयोग नमागेको पश्चातापले पिरोली रह्यो । जब सुदामा आफ्नो गाउँमा पुगे उनले आफ्नो घर कृष्णको महल जस्तै देखे । सुदामाकी पत्नीले सुदामा गाउँमा पुगेको खबर सुनेर साथ लिन गइन् । घरमा पुगेर सुदामालाई लक्ष्मीको कुराको सम्झना भयो । [१] भगवान कृष्णको कृपाले सुदामाको बाकिको जिवन सुखमय बित्यो ।

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ सुब्बा होमनाथ केदारनाथ कृत सुकसागर नामक पूस्तक

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]