सिसुपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान श्रीकृष्ण द्वारा सिसुपाल बध

सिसुपाल द्वापर युगमा जन्मेको एक राजा थियो । सिसुपाल चेदी राज्यको राजा थियो । उसको राक्षसी स्वभावका कारण सिसुपाललाई पौराणिक ग्रन्थहरूमा राक्षस अथवा असुर भनिएको छ ।

पूर्वजन्मको कथा[सम्पादन गर्नुहोस्]

सिसुपाल र दन्तवक्र पूर्व जन्ममा जय र विजय नाम गरेका भगवान विष्णुका द्वार पाले थिए । एक दिन शनकादी ऋषिहरू भगवान विष्णुको दर्शन गर्न वैकुण्ठ गए । जय र विजयले शनकादी ऋषिहरूलाई विष्णुको दरबारमा प्रवेस गर्न नदिएकाले ऋषिहरूले तिमीहरू तिन जन्मसम्म राक्षस भएर जन्मनु परोस् र भगवान विष्णुसँग तिम्रो शत्रुता रहोस् भनेर श्राप दिए । ऋषिहरूको श्रापका कारण जय र विजय अर्को जन्ममा हिराण्यक्ष र हिराण्य कसेपु नामका दुइ शक्तीशाली दानवहरू भएर जन्मिए । हिराण्यक्ष र हिराण्य कसेपुलाई भगवान विष्णुले क्रमशः बराह अवतारनृसिंह अवतार लगेर मारेका थिए । त्यस्तै उनीहरू अर्को जन्ममा रावणकुम्भकर्ण नामका दुइ शक्तिशाली दानवहरू भएर जन्मिए । रावण र कुम्भकर्णलाई भगवान विष्णुले श्रिराम अवतार लगेर मारे । तेस्रो जन्ममा उनीहरू सिसुपाल र दन्तवक्र नामका दुइ शक्तीशाली राक्षसहरू भएर जन्मिए त्यो बेला भगवान विष्णुले कृष्ण अवतार लगेर मारेपछी उनीहरू मुक्त भएका थिए ।[१]

सिसुपालको कथा[सम्पादन गर्नुहोस्]

सिसुपालको जन्म चेदी राज्यका राजाको घरमा भएको थियो । सिसुपाल जन्मने बेलामा उसका चारवटा हात थिए भने तिनवटा आँखा थिए । यस्तो अचम्मको बालक जन्मेकोमा चेदीराजलाई निकै चिन्ता भयो । उनले ज्योतिषहरूलाई बोलाएर शुभाशुभ विचार गर्न लगाए । ज्योतिषहरूले बालक निकै शक्तिशाली हुनेछ यो बालकलाई जसको काखमा राख्दा यसका दुइ हात र एक आँखा झर्ने छ त्यसैको हातबाट यसको मृत्यु हुनेछ भन्ने कुरा बताए । यो समचार संसार भर फैलियो, संसारका सबै राजा तथा वीर पुरुषहरू त्यो बालकलाई हेर्न गए । यसै क्रममा भगवान कृष्ण पनि त्यो बालकलाई हेर्न गए । चेदी राजले त्यो बालकलाई सबैको काखमा राख्न लगाए । जब त्यो बालक भगवान कृष्णको काखमा राखे त्यसका आँखा र हात झरे । यो देखेर त्यो बालकको मृत्यु भगवान कृष्णको हातबाट हुने कुरा सबैलाई थाह भयो ।[१] सिसुपालकी आमा भगवान कृष्णकी फुफु नाता पर्ने भएकीले भगवान कृष्णसँग फुपुको छोरा सम्झेर जती गल्ती गरेपनि यो बालकलाई नमार्नु भन्ने विन्ती गर्न थालिन् । फुफुका कुरा सुनेर कृष्णले यसका १०० वटा गल्तीलाई मैले माफ गर्ने छु तर १०० भन्दा बढी गल्ती गरेमा म सहन गर्न सक्न छैन भन्ने बचन दिएर फर्खिए । सिसुपाल ठुलो भएपछी कृष्णसँग निकै शत्रुता राख्न थाल्यो । भोजकटका राजाकी राजकुमारी रुक्मिणीसँग सिसुपालले विवाह गर्ने इछ्छा राखेको थियो । राजाले पनि रुक्मिणीको विवाह सिसुपालसँग गरिदिने विचारले विवाहको तयारी गरेका थिए । रुक्मिणीले भगवान कृष्णलाई मन मनै पति मानेकी थिइन् । रुक्मिणीलाई भगवान कृष्णले विवाह स्थलबाट हरण गरेर लगेकाले सिसुपाललाई कृष्णबाट अरु रिस उठ्यो उसले कृष्णको सय अपराध गर्यो । अन्तमा पाण्डवहरूले राजसुय यज्ञा गर्ने विचारले संसारका राजाहरू, वीर पुरुष र ऋषिहरूलाई निमन्त्रणा गरे । पाण्डवको राजसुयमा सिसुपाल पनि आयो । राजसुय यज्ञाको सुरुवातमा कसको पूजा गर्ने भनेर पाण्डवहरूका जेठा भाइ युधिष्ठिरले सबैसँग सोधेपछी सिसुपाल बाहेक सबैले भगवान कृष्णको पूजा गरिनु पर्छ भन्ने सल्लाह दिए । भगवान कृष्णको पूजा गरेको देखेर सिसुपालले कृष्णको अपमान गर्दै ठुलाबडा ऋषिहरूलाई छोडेर गोठालाको पूजा गरिएको यो यज्ञमा बस्दैन भनेर आफ्नो घर फर्कन लाग्यो । अर्जुन, भीमसेन लगायतका पाण्डवहरूले सिसुपाललाई भरसक सम्झाउने कोसिस गरे तर सिसुपालले कृष्णको अपमान गरेर गाली गर्न छोडेन । यो देखेर कृष्णले पनि सिसुपाललाई भरसक सम्झाउने कोसिस गरे तर उल्टै कृष्णसँग युद्ध गर्न थाल्यो । भगवान कृष्णले युद्ध गरेर सिसुपालला मारेपछी सिसुपालको शरिरबाट एक प्रतिविम्ब निस्केर कृष्णको शरिरमा गएर लिन भयो ।[१]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ सुब्बा होमनाथ केदारनाथ कृत सुकसागर नामक पुस्तक

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]