पिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा

पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई नेपाली बृहत् शब्दकोशमा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन' भनेर लेखिएको छ।[१] नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।

पिङका प्रकार[सम्पादन गर्ने]

लिङ्गे पिङ[सम्पादन गर्ने]

बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको, दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पिङ भनिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बृहत् शब्दकोश. प॰ ७७४. . , नेपाल प्रज्ञा प्रतिष्ठान

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]