धुपू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(धुपु बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धुपू
—  गाउँ विकास समिति  —
धुपू is located in नेपाल
धुपू
धुपू
नेपालको नक्सामा धुपु
निर्देशाङ्क: २७°२५′उत्तर ८७°१७′पूर्व / २७.४१° उत्तर ८७.२८° पूर्व / 27.41; 87.28निर्देशाङ्क: २७°२५′उत्तर ८७°१७′पूर्व / २७.४१° उत्तर ८७.२८° पूर्व / 27.41; 87.28
देश  नेपाल
अञ्चल कोशी
जिल्ला सङ्खुवासभा
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)

धुपू नेपालको कोशी अञ्चलको सङ्खुवासभा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ९०६ वटा घर छन्।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११को जनगणना अनुसार धुपूको जनसंख्या भने जम्मा परिवार संख्या ९४६ रहेको छ भने जम्मा जनसंख्या ४२०२ रहेको छ त्यसमध्ये ४७% पुरुष र ५३% महिला रहेका छन् [१]

खादबारीबाट लगभग १८ किलोमीटर पूर्व दिशाको ग्रामिण कच्ची सडकको यात्रा गरिसकेपछि संखुवासभाको प्रख्यात ठाउँ धुपू पुगिन्छ | पानी बिजुली सडक लगायत बिकाशका पुर्बधारको पर्याप्त सुबिधा भएको धुपू गा.बि. स. खादबारी नगरपालिकासंग सिमाना जोडिएको गा बि स हो | धुपू गा बि सको उत्तरमा मस्त्यपोखरी,पश्चिममा खाँदबारी नगरपालिका दक्षीण र पूर्व मा सभाखोला पर्दछन | धुपू गा बि स लाई ९ वटा वडामा बिभाजन गरिएको छ जसअनुसार धुपू १ लेब्रांग ,धुपू २ डके,धुपु ३ तल्लो धुपू ,धुपू ४ माथिल्लो धुपू र देउराली , धुपू ५ गोठगाउ ,धुपू ६ बितलप,धुपू ७ हुत्तिखिम, धुपु ८ ज्यामिरे र धुपू ९ धुपुसेरा आसपासका क्षेत्र पर्दछन |धुपू गा.वि.स को कार्यालय वडा नं ४ को सिरानमा अवस्थित छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१". http://www.cbs.gov.np/Population/National%20Report%202001/VDC.pdf. अन्तिम पहुँच मिति: सेप्टेम्बर २८ २००७. 

बाहिरी कडीहरू[सम्पादन गर्ने]