सामग्रीमा जानुहोस्

कात्यायनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कात्यायनी
शक्तिकी देवी
कात्यायनीको मूर्ति
देवनागरीकात्यायनी
आबद्धदुर्गाको अवतार
वासस्थानकैलाश
ग्रहमङ्गल
मन्त्रॐ देवी कात्यायन्यै नमः

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना
कात्यायनी शुभं दद्याद् देवी दानवघातिनी
अस्त्रखड्ग, कमल, अभयमुद्रा, वरदमुद्रा
वाहनसिंह
वंशावली
अभिभावकहरू
रानीशिव

कात्यायनी हिन्दु देवी महादेवीको एक रूप हुन्, जसलाई अत्याचारी असुर महिषासुरको वध गर्ने देवीको रूपमा पूजा गरिन्छ। उनी नवदुर्गामध्ये छैटौँ रूप भएकाले नवरात्रिको छैटौँ दिनमा उनकोको पूजा गरिन्छ।[]

शक्तिवादमा, उनलाई शक्ति वा दुर्गाको उग्र रूपहरूसँग जोडेर हेरिन्छ, जसमा योद्धा देवी भद्रकालीचण्डिका पनि समावेश छन्।[]

कात्यायनीलाई सामान्यतया चारवटा हात भएकी, सिंहमा सवार, र हातमा खड्ग (तलवार) तथा कमलको फूल लिएकी देवीको रूपमा चित्रण गरिन्छ। उनका बाँकी दुई हातहरू क्रमशः अभयवरद मुद्रामा हुन्छन्, जसलाई सुरक्षा र वरदानको प्रतीक मानिन्छ। उनीलाई प्रायः सुनौलो र उज्यालो वर्ण, उग्र आँखा र दिव्य आभूषणहरूले सुसज्जित रूपमा देखाइन्छ। उनको स्वरूप उग्र भए तापनि, उहाँको अनुहारमा करुणा र ममता झल्कन्छ, जसले भक्तहरूको संरक्षक र माताको रूपमा उनको भूमिकालाई स्पष्ट पर्दछ।[]

परम्परागत रूपमा कात्यायनीलाई शक्तिको आदिम रूप पार्वती जस्तै रातो रङ्गसँग जोडेर हेरिन्छ। यो तथ्य ईसापूर्व दोस्रो शताब्दीमा पाणिनीको सूत्रमाथि पतञ्जलिद्वारा लिखित महाभाष्यमा पनि उल्लेख गरिएको छ।[]

योगतन्त्र जस्ता हिन्दु परम्पराहरूमा, उनलाई छैटौँ आज्ञा चक्र वा 'तेस्रो आँखा'सँग सम्बन्धित मानिन्छ, र यसै बिन्दुमा ध्यान केन्द्रित गरेर आशीर्वाद प्राप्त गर्ने गरिन्छ।

कात्यायनीको पहिलो उल्लेख यजुर्वेदको तैत्तिरीय आरण्यक खण्डमा पाइन्छ। स्कन्द पुराणका अनुसार, उहाँको उत्पत्ति देवताहरूको सामूहिक क्रोधबाट भएको थियो, जसको परिणामस्वरूप सिंहमा सवार भई असुर महिषासुरको वध सम्भव हुन्छ। यो अवसर भारतका धेरैजसो भागहरूमा वार्षिक दुर्गा पूजा महोत्सवको रूपमा मनाइन्छ।[]

कात्यायनीका वीरतापूर्ण कार्यहरूको वर्णन देवीभागवत पुराणदेवी माहात्म्यम्मा गरिएको छ, जुन ऋषि मार्कण्डेयद्वारा लगभग ईसा संवत् ४००-५०० तिर संस्कृतमा लेखिएको मार्कण्डेय पुराणको अंश हो। समयक्रमसँगै, उनको उपस्थिति बौद्ध र जैन ग्रन्थहरूका साथै विभिन्न तान्त्रिक ग्रन्थहरूमा पनि देखा पर्दछ, विशेष गरी १०औँ शताब्दीको कालिका पुराणमा, जहाँ 'उड्डियान' वा 'ओड्रदेश' (ओडिसा) लाई कात्यायनी र जगन्नाथको स्थानको रूपमा उल्लेख गरिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "The Sixth form of Durga", मूलबाट २०१७-०५-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०६-१४ 
  2. Religious beliefs and practices of North India during the early medieval period, by Vibhuti Bhushan Mishra. Published by BRILL, 1973. आइएसबिएन ९०-०४-०३६१०-५. Page 22.
  3. Devī-māhātmya: the crystallization of the goddess tradition, by Thomas B. Coburn. Published by Motilal Banarsidass Publ., 1988. आइएसबिएन ८१-२०८-०५५७-७. Page 240.
  4. CHAPTER VII. UMĀ. Hindu Mythology, Vedic and Puranic, by W.J. Wilkins. 1900. page 306
  5. Uddiyana Pitha Iconography of the Buddhist Sculpture of Orissa: Text, by Thomas E. Donaldson, Indira Gandhi National Centre for the Arts. Abhinav Publications, 2001. आइएसबिएन ८१-७०१७-४०६-६. Page 9.