सामग्रीमा जानुहोस्

महागौरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महागौरी
सौन्दर्य र पवित्रताकी देवी
महागौरीको मूर्ति
आबद्धनवदुर्गा
वासस्थानकैलाश पर्वत
ग्रहबृहस्पति
मन्त्रॐ देवी महागौर्यै नमः

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।

महागौरी शुभं दद्यान्महादेवप्रमोददा॥
अस्त्रत्रिशूल, डमरु, अभयमुद्रा, वरदमुद्रा
वाहनगोरु (वृष)
चाडपर्वहरूनौरथा, दुर्गा पूजा, महाअष्टमी
वंशावली
रानीशिव
सन्तानहरूकार्तिकेय, गणेश

महागौरी (संस्कृत: महागौरी, शाअ'अत्यन्त गोरो वर्ण भएकी')[] हिन्दु धर्मकी सर्वोच्च देवी महादेवीको एउटा स्वरूप हो जसलाई सौन्दर्य र पवित्रताकी देवीको रूपमा पूजा गरिन्छ।[] उनी नवदुर्गामध्ये आठौँ देवी हुन् र नवरात्रिको आठौँ दिन (महाअष्टमी) मा उनको विशेष पूजा अर्चना गरिन्छ।

महागौरीलाई सामान्यतया सेतो वस्त्रमा र सेतो गोरु (वृष) माथि सवार भएको देखाइन्छ।[] उनी चतुर्भुज (चार हात भएकी) स्वरूपमा देखिन्छिन्: उनको माथिल्लो दाहिने हातमा त्रिशूल र माथिल्लो देब्रे हातमा डमरु रहेको हुन्छ। त्यस्तै, उनको तल्लो दाहिने हात अभयमुद्रामा हुन्छ र तल्लो देब्रे हातमा जपमाला हुन्छ वा वरदमुद्रामा रहेको हुन्छ।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

शिव पुराणको एक कथा अनुसार, असुरहरू शुम्भ र निशुम्भले पार्वतीको कन्या, अविवाहित र गोरो वर्ण भएको स्वरूपबाट मात्र हुन सक्ने खालको वरदान प्राप्त गरेका थिए। त्यसैले, ब्रह्माको सल्लाह अनुसार, शिवले पार्वतीलाई जानीजानी जिस्क्याउनका लागि बारम्बार 'काली' (काली वर्णकी) भनेर बोलाउँछन्। यस जिस्क्याइबाट क्रोधित भएर पार्वतीले गोरो वर्ण प्राप्त गर्नका लागि ब्रह्माको घोर तपस्या गर्छिन्। ब्रह्माले उनलाई वरदान दिन आफ्नो असमर्थता व्यक्त गर्दै बरु तपस्या रोकेर शुम्भ र निशुम्भ असुरहरूको वध गर्न अनुरोध गर्छन्। पार्वती सहमत हुन्छिन् र हिमालयको गङ्गा नदीमा स्नान गर्न जान्छिन्। पार्वती गङ्गा नदीमा प्रवेश गर्छिन् र स्नान गर्ने क्रममा उनको कालो छाला पूर्ण रूपमा पखालिएर उनी एक सुन्दर, गोरो वर्णकी महिलाको रूपमा बाहिर निस्किन्छिन्। उनले सेतो वस्त्र र आभूषणहरू लगाएकी थिइन् जसले गर्दा उनलाई 'महागौरी' को विशेषण प्राप्त हुन्छ।[]

त्यसपछि उनी ती देवताहरूका अगाडि प्रकट हुन्छिन् जो हिमालयमा शुम्भ र निशुम्भको विनाशका लागि प्रार्थना गरिरहेका थिए। उनले चिन्तित हुँदै उनीहरूलाई कसको पूजा गरिरहेको भनी सोधिन्। त्यसपछि उनले आफैँ विचार गरेर असुर शुम्भ र निशुम्भबाट पराजित भएपछि देवताहरूले उनकै प्रार्थना गरिरहेका थिए भन्ने ठम्याइका साथ उनले आफ्नै प्रश्नको उत्तर दिँदै निष्कर्ष निकाल्छिन्। पार्वती त्यसपछि देवताहरूप्रतिको दयाले गर्दा कालो वर्णमा परिणत हुन्छिन् जसकारण उनलाई काली भन्न थालिन्छ।[] त्यसपछि उनी चण्डी (चन्द्रघण्टा) मा परिवर्तन भएर असुर धुम्रलोचनको वध गर्छिन्। चण्डीको तेस्रो आँखाबाट प्रकट भएकी देवी चामुण्डाले चण्ड र मुण्डको वध गर्छिन्। त्यसपछि चण्डीले रक्तबीज र उसका प्रतिरूपहरूको वध गरिन् भने चामुण्डाले उनीहरूको रगत पिउँछिन्। पार्वती पुनः कौशिकीमा परिणत भएर शुम्भ-निशुम्भको वध गरेपछि उनी पुनः महागौरीमा परिणत हुन्छिन्। यसरी पार्वतीले शुम्भ र निशुम्भको वध गरेकी हुनाले उनलाई शिवपुराणमा महासरस्वतीदेवी माहात्म्य (मार्कण्डेय पुराणको अंश) मा अम्बिकाको उपाधि दिइएको छ।[]

गोरुको पिठ्युँमा सवार भएर उनी आफ्नो घर कैलाश फर्किन्छिन् जहाँ शिवले उनको प्रतीक्षा गरिरहेका थियो। उनीहरू पुन: मिलन हुन्छ र आफ्ना पुत्रहरू; कार्तिकेयगणेशसँग खुसीसाथ बस्न थाल्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Sinha, Atul K. (२००९), Approaches to History, Culture, Art and Archaeology (अङ्ग्रेजीमा), Anamika Publishers & Distributors, पृ: 500, आइएसबिएन 978-81-7975-248-7
  2. Sharma, Arvind (२००२-०९-२६), Methodology in Religious Studies: The Interface with Women's Studies (अङ्ग्रेजीमा), SUNY Press, पृ: 9, आइएसबिएन 978-0-7914-5347-6
  3. Dasgupta, Sayantani (२०१६), "GODDESSES: Durga in Perspective", India International Centre Quarterly 43 (2): 104।
  4. Shastri, J. L. (२०१७-०१-०१), The Siva Purana Part 4: Ancient Indian Tradition and Mythology Volume 4 (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: 1857–1865, आइएसबिएन 978-81-208-3871-0
  5. www.wisdomlib.org (२०१४-०९-१२), "The Devī-Māhātmya: The goddess' conversation with the Asura's messenger [Canto LXXXV]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०८-१०
  6. Shastri, J. L. (२०१७-०१-०१), The Siva Purana Part 4: Ancient Indian Tradition and Mythology Volume 4 (अङ्ग्रेजीमा), Motilal Banarsidass, पृ: 1868, आइएसबिएन 978-81-208-3871-0
  7. Books, Kausiki (२०२१-१०-२४), Siva Purana: Vayuveeya Samhitha: Poorvardham English Translation only without Slokas (अङ्ग्रेजीमा), Kausiki Books, पृ: 162।