शैलपुत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शैलपुत्री
मुलाधार चक्र
देवनागरीशैलपुत्री
वर्ग:शक्तिको अवतार
मन्त्र:वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्। वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥
अश्त्र:त्रिशुल तथा कमल
वाहन:साँढे

शैलपुत्री नवदुर्गा मध्य प्रथम देवी हुन । देवी दुर्गाको ९ वटा रूप हुन्छन् । दुर्गाजी आफ्नो पहिलो स्वरूपमा 'शैलपुत्री' को नामले जानिनछिन् ।[१] यिनै नवदुर्गाकी प्रथम दुर्गा हुन् । पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यीनको नाम 'शैलपुत्री' राखियो । नवरात्रि-पूजनमा प्रथम दिन यिनैको पुजा र उपासना गरिन्छ । यस प्रथम दिनको उपासनामा जोगी आफ्नो मनलाई 'मूलाधार' चक्रमा स्थित गर्छन् । यहिँ देखि यीनको योग साधनाको सुरुवार हुन्छ ।

==मन्त्र==www.unn.com.np


पुजा गर्दा उच्चारण गर्ने मन्त्र-
 शैलपुत्री माताको: वंदे वांच्छितलाभायाचंद्रार्धकृतशेखराम्।
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम्॥
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता॥
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम्।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम्॥
वंदे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम्‌॥
 

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]