सामग्रीमा जानुहोस्

शैलपुत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शैलपुत्री
पर्वतकी पुत्री
नवदुर्गाको सदस्य
देवी शैलपुत्री
आबद्धदुर्गापार्वतीको अवतार
वासस्थानकैलाश पर्वत
ग्रहबुध
मन्त्रॐ देवी शैलपुत्र्यै नमः
अस्त्रत्रिशूल र लौरो
वाहनसाँढे (वृष)
वंशावली
अभिभावकहरू
रानीशिव

शैलपुत्री हिन्दु देवी महादेवीको एक रूप हुन्, जसलाई पार्वतीको रूपमा पुजिन्छ। उनी नवदुर्गामध्येकी प्रथम देवी हुन्, र नवरात्रिको पहिलो दिन उनको विशेष पूजा र उपासना गरिन्छ।[][] शिव पुराणमा वर्णन गरिए अनुसार, नवदुर्गामध्येकी पहिलो स्वरूप शैलपुत्री पर्वतराज हिमवान र उनकी पत्नी मेनावती (जसलाई मेना वा मेनका पनि भनिन्छ) की छोरी हुन्।

महिषासुर नामक राक्षससँगको युद्धका लागि हिमालयले दुर्गालाई उनको वाहनको रूपमा एउटा सिंह उपहार दिएको उल्लेख छ। यस कथामा, महिषासुरद्वारा प्रताडित देवताहरूले आफ्नो शक्ति संकलन गरी दुर्गाको सृष्टि गर्छन्। हिमालयले दिएको सिंहमा सवार भएर देवीले कयौँ दिनसम्म युद्ध गरी महिषासुरको सेनालाई परास्त गर्दै अन्ततः विभिन्न रूप बदल्दै आएको महिषासुरको हृदयमा त्रिशूल प्रहार गरी उसको वध गर्छिन्।

शैलपुत्रीको अर्थ "पर्वतकी छोरी" हो (शैल = पर्वत, पुत्री = छोरी)। यिनको वाहन साँढे भएकाले यिनलाई 'वृषारूढा' नामले पनि चिनिन्छ। यिनको दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल सुशोभित छ। योग शास्त्र अनुसार, उनलाई मूलाधार चक्रकी देवी मानिन्छ। देवी शैलपुत्रीलाई समर्पित सबैभन्दा प्रमुख मन्दिरहरूमध्ये एक उत्तर प्रदेशको वाराणसीस्थित मढिया घाटमा रहेको शैलपुत्री मन्दिर हो। नवरात्रिको पहिलो दिन पूजा गरिने शैलपुत्रीले स्थिरता, शुद्धता र प्रकृतिको आधारभूत शक्तिको प्रतीक मानिन्छिन्।

देवी शैलपुत्री (पार्वती)लाई दुई हात भएकी र निधारमा अर्धचन्द्र धारण गरेकी स्वरूपमा चित्रण गरिएको छ। उनलाई आफ्नो दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फूल लिएको देखाइन्छ। उनी आफ्नो वाहन नन्दी (साँढे) माथि सवार हुन्छिन्।[]

वन्दे वंछितलाभाय चन्द्रार्धकृतशेखराम् |
वृषारूढाम् शूलधरां शैलपुत्रीं यशस्विनीम् ||

[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

पूर्वजन्ममा उनी दक्षकी पुत्री सती थिइन्।[] एकपटक दक्षले ठुलो यज्ञ आयोजना गरेका थिए, जसमा उनले सतीका पति शिवलाई निमन्त्रणा गर्दैनन्। सतीले अपमान महसुस गरे तापनि उक्त यज्ञमा जाने निर्णय गर्छिन्। त्यहाँ दक्षले शिवको घोर अपमान गर्छन्। सतीले यो अपमान सहन नसकेर यज्ञको अग्निमा हाम फालेर आत्मदाह गर्छिन्। अर्को जन्ममा उनी हिमालयकी छोरी पार्वतीका रूपमा जन्मिन्छिन् र पुनः शिवसँग विवाह गर्छिन्।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Taylor, Patrick; Case, Frederick I. (२०१३-०४-३०), The Encyclopedia of Caribbean Religions: Volume 1: A - L; Volume 2: M - Z (अङ्ग्रेजीमा), University of Illinois Press, पृ: 330, आइएसबिएन 978-0-252-09433-0
  2. Dalal, Roshen (२०१३), Dalal, Roshen (2013, 2010). 'Hinduism - An Alphabetical Guide', पृ: 376।
  3. "Shailputri on drikpanchang", drikpanchang, अन्तिम पहुँच २१ Sep २०१७
  4. Preeti jha (२२ मार्च २०१७), "नवरात्र में प्रथम दिन करें मां के शैलपुत्री रूप का पूजन", Dainik Jagran (हिन्दी भाषामा), मूलबाट २६ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०२०
  5. "Shailaputri on Astropeak", astrospeak, अन्तिम पहुँच २१ Sep २०१७