सामग्रीमा जानुहोस्

सिद्धिदात्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिद्धिदात्री
आध्यात्मिक उपलब्धि (सिद्धि) की देवी
सिद्धिदात्रीको मूर्ति
आबद्धदुर्गाको अवतार
ग्रहशनि
मन्त्रॐ देव्यै सिद्धिदात्र्यै नमः

सिद्धगन्धर्वयक्षाद्यैरसुरैरमरैरपि।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी॥
अस्त्रगदा, चक्र, शङ्ख, कमल (जसमा ८ सिद्धिहरू समाहित छन्)
प्रतीककमल
वाहनसिंह वा कमल
रानीशिव

सिद्धिदात्री वा सिद्धिदात्री (सिद्धि वा पूर्णता दिने)[] हिन्दु देवी महादेवीको एक रूप हुन्, जसलाई 'सिद्धि' (आध्यात्मिक उपलब्धि र शक्ति) को देवीको रूपमा पूजा गरिन्छ।[][] उनी नवदुर्गाहरू मध्येको नवौँ तथा अन्तिम रूप भएकाले नवरात्रिको नवौँ दिनमा उहाँको पूजा गर्ने गरिन्छ।

देवी सिद्धिदात्रीलाई समर्पित सबैभन्दा सम्मानित मन्दिरहरूमध्ये एक उत्तराखण्डको नन्दा पर्वतमा अवस्थित सिद्धिदात्री मन्दिर हो।

व्युत्पत्ति र नामको अर्थ

[सम्पादन गर्नुहोस्]

'सिद्धिदात्री' नाम दुईवटा संस्कृत शब्दहरूबाट बनेको छ: 'सिद्धि', जसको अर्थ अलौकिक शक्ति वा आध्यात्मिक पूर्णता हुन्छ, र 'धात्री', जसको अर्थ 'प्रदान गर्ने' वा 'दिने' भन्ने हुन्छ।[] शास्त्रीय संस्कृतमा, 'सिद्धि' ले कठोर आध्यात्मिक साधनाद्वारा प्राप्त गरिने सफलताहरूलाई जनाउँछ, जसको विस्तृत वर्णन आधारभूत योग ग्रन्थहरूमा पाइन्छ।[] हिन्दु धर्मग्रन्थहरूमा, सिद्धिको अवधारणाले ऐतिहासिक रूपमा आठ शास्त्रीय योग उपलब्धिहरूलाई जनाउँछ, जसलाई 'अष्ट-सिद्धि' भनिन्छ। पतञ्जलिको योगसूत्रमा उल्लेख गरिए अनुसार, यसमा अणु जस्तै सूक्ष्म बन्न सक्ने (अणिमा) वा अनन्त आकारमा फैलिन सक्ने (महिमा) जस्ता क्षमताहरू समावेश छन्।[] सिद्धिदात्री नामको विकास विशेष गरी मध्यकालीन पौराणिक साहित्यमा भएको देखिन्छ, जहाँ उनको नाम नवदुर्गाको एक रूपमा देखा पर्दछ। विशेष गरी ईसा संवत् ७औँ देखि १२औँ शताब्दीको बीचमा रचिएको वराह पुराणमा यसबारे उल्लेख गरिएको छ।[]

सिद्धिदात्री देवीलाई चारवटा हात भएकी देवीको रूपमा चित्रण गरिन्छ, जसमा उनले चक्र, शङ्ख, गदा र कमलको फूल बोकेको देखाइन्छ। उनी पूर्ण रूपमा फुलेको कमलको फूल वा आफ्नो वाहन सिंहमा विराजमान रहन्छिन्। केही चित्रहरूमा उनको वरिपरि गन्धर्व, यक्ष, सिद्ध, असुरदेवताहरूले उनको स्तुति गरिरहेको देखाइन्छ।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

एउटा पौराणिक कथा अनुसार, ब्रह्माण्डको सृष्टि कालमा भगवान शिवले सृष्टिको कार्य सम्पन्न गर्नका लागि महादेवीको अव्यक्त रूपको आराधना गरेका थियो। त्यसपछि देवी शिवको देब्रे आधा भागबाट सिद्धिदात्रीको रूपमा प्रकट भएको मानिन्छ।[] उनले नै शिवलाई 'अष्ट सिद्धि' (आठ प्रकारका आध्यात्मिक शक्तिहरू) प्रदान गरेको विश्वास गरिन्छ।

शिवको देब्रे आधा भागबाट उत्पत्ति भएकाले देवीको यो स्वरूपलाई प्रायः अर्धनारीश्वरसँग जोडेर हेरिन्छ, जसमा देब्रे भागले पार्वतीको प्रतिनिधित्व गर्दछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. National Museum, Yogini Cult And Temples By Vidya Dehejia 1986 New Delhi National Museum, पृ: 188।
  2. Sharma, Arvind (२००२-०९-२६), Methodology in Religious Studies: The Interface with Women's Studies (अङ्ग्रेजीमा), SUNY Press, पृ: 9, आइएसबिएन 978-0-7914-5347-6
  3. Brooks, Douglas Renfrew (१९९२-१०-०१), Auspicious Wisdom: The Texts and Traditions of Śrividyā Śākta Tantrism in South India (अङ्ग्रेजीमा), SUNY Press, पृ: 133, आइएसबिएन 978-0-7914-1146-9
  4. 1 2 Varaha Purana, English Translation by N.A. Deshpande, 1987.
  5. 1 2 Patañjali's Yoga Sūtras, translation and commentary.
  6. Naik, Prof Katta Narasimha Reddy, Prof E. Siva Nagi Reddy, Prof K. Krishna (२०२३-०१-३१), Kalyana Mitra: Volume 5: Art (अङ्ग्रेजीमा), Blue Rose Publishers, पृ: 377।
  7. Dalal, Roshen (२०१४-०४-१८), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin UK, पृ: 162, आइएसबिएन 978-81-8475-277-9