सामग्रीमा जानुहोस्

मीरा बाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीरा बाई
वीणा बजाउँदै गरेकी मीराबाईको काँगडा चित्रकला
व्यक्तिगत जीवन
जन्मप्रेमल
Did not recognize date. Try slightly modifying the date in the first parameter.[१]
मृत्युअनु. १५४६(1546-00-00) (उमेर ४७–४८)
द्वारका
(वर्तमान) गुजरात, भारत
जीवसाथी
​
(
वि १५१६; मृत्यु १५२१)
अभिभावकहरू
  • राव रतन सिंह राठोड (पिता)
  • वीर कँवर (माता)
Dynastyराठोड (जन्मद्वारा)
सिसौदिया (विवाहद्वारा)
को लागि परिचितकविताहरू, कृष्णप्रतिको भक्ति
अन्य नामहरू
  • • मीरा
  • • मीराबाई
  • • प्रेमल (बाल्यकालको नाम)
  • • जोदा (जन्म नाम)
धार्मिक जीवन
धर्महिन्दु धर्म
Dynastyराठोड (जन्मद्वारा)
सिसौदिया (विवाहद्वारा)

मीरा, जसलाई मीरा बाईको नामले बढी चिनिन्छ,[२] र सन्त मीराबाईका रूपमा पूजनीय छिन्, १६औँ शताब्दीकी एक हिन्दु रहस्यवादी कवयित्री र भगवान् कृष्णकी भक्त थिइन्। उनी विशेष गरी उत्तर भारतीय हिन्दु परम्परामा एक प्रसिद्ध भक्ति सन्त हुन्।[३][४][५] उनको उल्लेख 'भक्तमाल' मा गरिएको छ, जसले सन् १६०० सम्ममा उनी भक्ति आन्दोलनकी एक व्यापक रूपमा परिचित र प्रिय व्यक्तित्व भइसकेकी थिइन् भन्ने पुष्टि गर्दछ।[६][७] आफ्ना कविताहरूमा उनले कृष्णप्रतिको 'माधुर्य भाव' व्यक्त गरेकी छिन्।

मीराबाईका बारेमा रहेका धेरैजसो दन्तकथाहरूमा सामाजिक र पारिवारिक मान्यताहरूप्रतिको उनको निडर उपेक्षा, कृष्णप्रतिको उनको अनन्य भक्ति, र उनको धार्मिक भक्तिका कारण घरपरिवारका सदस्यहरूबाट उनले भोग्नुपरेको उत्पीडनको उल्लेख पाइन्छ।[१][६] उनका घरका मानिसहरूलाई सङ्गीतप्रतिको उनको लगाव कहिल्यै मन परेन, जसको माध्यमबाट उनी आफ्नो भक्ति व्यक्त गर्थिन्, र उनीहरू यसलाई उच्च जातिका मानिसहरूका लागि अपमान ठान्थे। उनका घरका मानिसहरूमध्ये उनका पतिले मात्र उनलाई भक्तिमा माया र समर्थन गरेका थिए भन्ने विश्वास गरिन्छ, जबकि कतिपयले उनका पतिले पनि विरोध गरेको मान्छन्। उनी धेरै लोककथा र पौराणिक कथाहरूको विषय बनेकी छिन्, जुन विवरणहरूमा भने फरक वा असमान छन्। दन्तकथा अनुसार, जब उनका घरका मानिसहरूले विष दिएर उनको हत्या गर्ने प्रयास गरे, तब मीराबाईले कृष्णको दिव्य संरक्षणमा विश्वास राख्दै कृष्णको मूर्तिमा पवित्र धागो बाँधेकी थिइन्, जसका कारण उनी दिव्य चमत्कारद्वारा बचेकी थिइन्। यो दन्तकथालाई कहिलेकाहीँ कृष्णको मूर्तिमा 'राखी' बाँध्ने परम्पराको सुरुवातका रूपमा पनि उद्धृत गरिन्छ।[१][८]

भारतीय परम्परामा कृष्णको भक्तिपूर्ण प्रशंसामा रचिएका लाखौँ भजनहरू मीराबाईका नाममा जोडिएका छन्, तर विद्वानहरूका अनुसार केही सय मात्र प्रामाणिक मानिन्छन्। प्रारम्भिक लिखित अभिलेखहरूले दुईवटा भजनबाहेक धेरैजसो १८औँ शताब्दीमा मात्र पहिलो पटक टिपोट गरिएको देखाउँछन्।[९] मीरा बाईका नाममा रहेका धेरै कविताहरू पछि मीरा बाईको प्रशंसा गर्ने अन्य व्यक्तिहरूद्वारा रचना गरिएका हुन्। यी भजनहरू भजनका रूप हुन् र सम्पूर्ण भारतभरि नै धेरै प्रसिद्ध छन्।[१०]

चित्तौडगढ किल्ला भित्र रहेको मन्दिर लगायतका केही हिन्दु मन्दिरहरू मीराबाईको स्मृतिमा समर्पित छन्।[१] मीराबाईको जीवनका दन्तकथाहरू, जसको प्रामाणिकता विवादित छ, आधुनिक समयमा चलचित्र, नाटक, कमिक स्ट्रिप र अन्य लोकप्रिय साहित्यका विषय बनेका छन्।[११]

जीवनी

[सम्पादन]
राजस्थानको चित्तौडगढमा रहेको मीराबाईको कृष्ण मन्दिर

मीराबाईका बारेमा प्राथमिक अभिलेखहरू उपलब्ध छैनन्, र विद्वानहरूले उनको उल्लेख गर्ने माध्यमिक साहित्यबाट मीराको जीवनी तयार पार्ने प्रयास गरेका छन्।

मीराबाईको जन्म कुडकी (वर्तमान राजस्थानको ब्यावर जिल्ला) मा एक राठोड राजपूत राजपरिवारमा भएको थियो, र उनको बाल्यकाल मेडतामा बितेको थियो। उनी रतन सिंह राठोडकी छोरी र मेडताका राव दुदाजीकी नातिनी थिइन्, जसले गर्दा उनी राव जोधाकी पनातिनी र जैमल राठोडकी काकाकी छोरी) हुन्।[१२][१३]

सन् १५१६ मा मीराबाईको मेवाडका युवराज भोजराजसँग मागी विवाहका रूपमा भएको थियो।[१४] सन् १५१८ मा दिल्ली सल्तनतसँगको युद्धका क्रममा उनका पति घाइते भएका थिए र सन् १५२१ मा युद्धको चोटका कारण उनको मृत्यु भएक‍ो थियो। पहिलो मुगल सम्राट बाबरविरुद्धको खानवाको युद्धमा पराजित भएको केही दिनपछि नै उनका पिता र ससुरा (राणा साङ्गा) दुवैको मृत्यु भएक‍ो थियो।[१३]

राणा साङ्गाको मृत्युपछि विक्रम सिंह मेवाडका शासक बनेका थिए। एक प्रसिद्ध दन्तकथा अनुसार, उनका घरका मानिसहरूले धेरै पटक उनको हत्या गर्ने प्रयास गरेका थिए। यी प्रयासहरूमा मीराबाईलाई अमृत भन्दै विषको गिलास पठाउनु र फूलको सट्टा सर्प राखिएको टोकरी पठाउनु समावेश थिए।[२][१४] पौराणिक कथाहरूका अनुसार, दुवै अवस्थामा उनलाई कुनै हानि भएन; फरक-फरक संस्करण अनुसार चमत्कारिक रूपमा सर्प कृष्णको मूर्ति वा फूलको मालामा परिणत भएको थियो।[८][१४] यी दन्तकथाहरूको अर्को संस्करणमा, विक्रम सिंहले उनलाई आफू स्वयं पानीमा डुबेर मर्न भन्छन्। जब उनले त्यसो गर्ने प्रयास गर्छिन्, उनी पानीमा पौडिन मात्र थाल्छिन्।[१५] अर्को एउटा दन्तकथा अनुसार तेस्रो मुगल सम्राट अकबर तानसेनसँगै मीराबाईलाई भेट्न आएका थिए र उनलाई मोतीको हार उपहार दिएका थिए। विद्वानहरू यस्तो भएकोमा शङ्का व्यक्त गर्दछन्, किनकि तानसेन मीराबाईको मृत्यु भएको १५ वर्षपछि अर्थात् सन् १५६२ मा मात्र अकबरको दरबारमा भर्ना भएका थिए।[१५] त्यसै गरी, केही कथाहरूमा रविदास उनका गुरु (शिक्षक) थिए भनिएको छ, तर यसको पुष्टि गर्ने कुनै ऐतिहासिक प्रमाण छैन।[१५][१६]

सन् २०१४ सम्मको जानकारी अनुसार, मीराबाईको उल्लेख गर्ने तीनवटा सबैभन्दा पुराना अभिलेखहरू १७औँ शताब्दीका हुन् र मीराबाईको मृत्यु भएको १५० वर्षभित्र लेखिएका हुन्। ती कुनैमा पनि उनको बाल्यकाल, भोजराजसँगको उनको विवाहको परिस्थिति वा उनलाई उत्पीडन गर्ने मानिसहरू उनका घरका मानिसहरू वा कुनै राजपूत राजपरिवारका थिए भन्ने कुरा उल्लेख छैन।[१७]

अन्य कथाहरूमा मीराबाईले मेवाड राज्य छोडेर तीर्थयात्रामा गएको उल्लेख छ। आफ्ना अन्तिम वर्षहरूमा मीराबाई द्वारका वा वृन्दाबनमा बसोबास गरेकी थिइन्, जहाँ सन् १५४७ मा उनका देवरले विष दिएपछि कृष्णको मूर्तिमा लीन भएर उनी चमत्कारिक रूपमा गायब भएको दन्तकथाहरूमा उल्लेख छ।[१][२] ऐतिहासिक प्रमाणको अभावका कारण विद्वानहरूद्वारा चमत्कारहरूलाई अस्वीकार गरिए तापनि, मीराबाईले आफ्नो जीवन कृष्णप्रति समर्पित गरेकी थिइन्, भक्ति गीतहरू रचना गरेकी थिइन् र भक्ति आन्दोलन कालका सबभन्दा महत्त्वपूर्ण सन्त-कवयित्रीहरूमध्ये एक थिइन् भन्ने कुरा व्यापक रूपमा स्वीकार गरिएको छ।[२][१५][१८]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 3 4 5 Usha Nilsson (1997), Mira bai, Sahitya Akademi, आइएसबिएन ९७८-८१२६००४११९, pages 1-15
  2. 1 2 3 4 "Mira Bai", Encyclopædia Britannica, मूलबाट ४ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०१५।
  3. ↑ Karen Pechelis (2004), The Graceful Guru, Oxford University Press, आइएसबिएन ९७८-०१९५१४५३७३, pages 21-23, 29-30
  4. ↑ Neeti Sadarangani (2004), Bhakti Poetry in Medieval India: Its Inception, Cultural Encounter and Impact, Sarup & Sons, आइएसबिएन ९७८-८१७६२५४३६६, pages 76-80
  5. ↑ Ryan, James D.; Jones, Constance (२००६), Encyclopedia of Hinduism, Infobase Publishing, पृ: 290, आइएसबिएन 9780816075645।
  6. 1 2 Catherine Asher and Cynthia Talbot (2006), India before Europe, Cambridge University Press, आइएसबिएन ९७८-०५२१८०९०४७, page 109
  7. ↑ Annals And Antiquities of Rajasthan Vol. 1 Page no. 75
  8. 1 2 Nancy Martin-Kershaw (2014), Faces of the Feminine in Ancient, Medieval, and Modern India (Editor: Mandakranta Bose), Oxford University Press, आइएसबिएन ९७८-०१९५३५२७७१, pages 162-178
  9. ↑ John Stratton Hawley (2002), Asceticism (Editors: Vincent Wimbush, Richard Valantasi), Oxford University Press, आइएसबिएन ९७८-०१९५१५१३८१, pages 301-302
  10. ↑ Edwin Bryant (2007), Krishna: A Sourcebook, Oxford University Press, आइएसबिएन ९७८-०१९५१४८९२३, page 254
  11. ↑ Edwin Bryant (2007), Krishna: A Sourcebook, Oxford University Press, आइएसबिएन ९७८-०१९५१४८९२३, page 242
  12. ↑ "Founding of Sahitya Akademi", Independent India, 1947-2000, Routledge, २०१८-१०-०८, पृ: 11, आइएसबिएन 978-1-315-83821-2, डिओआई:10.4324/9781315838212-36 (निस्क्रिय 12 July 2025), अन्तिम पहुँच २०२४-०२-०९।
  13. 1 2 Pandey, S. M.; Zide, Norman (१९६५), "Mīrābāī and Her Contributions to the Bhakti Movement", History of Religions 5 (1): 54–73, आइएसएसएन 0018-2710, जेएसटिओआर 1061803, डिओआई:10.1086/462514।
  14. 1 2 3 Usha Nilsson (1997), Mira bai, Sahitya Akademi, आइएसबिएन ९७८-८१२६००४११९, pages 12-13
  15. 1 2 3 4 Usha Nilsson (1997), Mira bai, Sahitya Akademi, आइएसबिएन ९७८-८१२६००४११९, pages 16-17
  16. ↑ उद्दरण त्रुटी: अवैध <ref>चिनो; ":0" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  17. ↑ J. S. Hawley and G. S. Mann (2014), Culture and Circulation: Literature in Motion in Early Modern India (Editors: Thomas De Bruijn and Allison Busch), Brill Academic, आइएसबिएन ९७८-९००४२६४४७२, pages 131-135
  18. ↑ John S. Hawley (2005), Three Bhakti Voices: Mirabai, Surdas, and Kabir in Their Times and Ours, Oxford University Press, आइएसबिएन ९७८-०१९५६७०८५१, pages 128-130

यी पनि हेर्नुहोस्

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]