गुरु नानक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुरु नानक
Guru Nanak with Bhai Bala, Bhai Mardana and Sikh Gurus
१९ औँ शताब्दीमा निर्मित तंजौर शैलीको चित्र जसमा गुरु नानकजीसँग सम्पूर्ण सिखगुरुहरु
जन्मनानक
वि.सं १५२७
(वर्तमान ननकाना साहिब, पञ्जाब, पाकिस्तान, पाकिस्तान)
मृत्यु२२ सेप्टेम्बर १५४९
करतारपुर
निवासकरतारपुर
पेशासिखधर्मको संस्थापक
कार्यकाल१४९९ – १५४९
उत्तराधिकारीगुरु अंगद देव

गुरु नानक (पञ्जाबी, ਗੁਰੂ ਨਾਨਕ, सन् १४६९ अप्रैल १५ – २२ सेप्टेम्बर १५३९ ), सिख धर्मका संस्थापक, सिखहरुका आदि गुरु थिए। उनलाई उनका अनुयायीहरु गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानकशाह भन्ने गर्छन । उनको जन्मदिन विश्व भरि कात्तिक पूर्णिमाका दिन मनाइन्छ ।[१]

गुरु नानकका वाणीहरु सिखहरूको धार्मिक ग्रन्थ गुरु ग्रन्थ साहिबमा ९७४ काव्य छन्दका रूपमा दर्ता छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

नानकको जन्म १५ अप्रेल,१४६९मा लाहौर नजिकैको तलवन्डी (हालको ननकाना साहिब, पञ्जाब, पाकिस्तान)मा पिता कल्याण चन्द दास बेदी (जो मेहता कालुका रूपमा चिनिन्छन्) र माता तृप्ताको संतानका रूपमा भएको हो। उनका अभिभावक हिन्दू धर्मका अनुयायी थिए। नानकको आफ्नी दिदी बेबे नानकीसंग राम्रो संबन्ध थियो र नानकीको विवाह पश्चात नानक दिदी र आफ्ना भिनाजू जय रामसंग बस्न सुल्तानपूर पुगे।

प्रभाव[सम्पादन गर्नुहोस्]

नानक हिन्दू परिवारमा हुर्किए र भक्ति संत प्रथामा उनको ठूलो योगदान मानिन्छ। नानक र सिख धर्ममा भक्ति आन्दोलनको निर्गुण पन्थको ठूलो प्रभाव देखिन्छ।

उत्तराधिकार[सम्पादन गर्नुहोस्]

गुरु नानकले गुरु अंगद देव (भाइ लहनाजी)लाई आफ्नो उत्तराधिकारीका रूपमा नियुक्त गरे। त्यसको केही समय पश्चात उनको ७० वर्षको आयुमा २२ सेप्टेम्बर,१५३९मा करतारपूरमा देहावसान भयो।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. देव, "श्री गुरु नानक देव", पञ्जाब विश्वबिद्यालय, पटयाला। 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]