हरिमन्दिर साहिब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरिमन्दिर साहिब
The Harmandir Sahib
ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ
The Golden Temple
हरिमन्दिर साहिबको झण्डा
श्री हरिमन्दिर साहिब,
स्वर्ण मन्दिर [१][२]
नक्सा
अन्य नामदरवार साहिब
सामान्य विवरण
वास्तुकलाको ढाँचाशिख वास्तुकला
सहरअमृतसर
राष्ट्रभारत
निर्माणकार्यको थालनीडिसेम्बर १५८५
सम्पन्नअगस्त १६०४

श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब,[१][३]अन्य नाम : दरबार साहिब वा संवरण मन्दिर) एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो ।[४] यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । सिख धर्मालम्बिहरूको लागि स्वर्ण मन्दिर धेरै नै महत्त्वपूर्ण मानिन्छ । सिखहरू बाहेक अरू धेरै श्रद्धालु पनि यहाँ आउने गर्छन्, जसलाई स्वर्ण मन्दिर र सिक्ख धर्ममा अटूट आस्था छ ।[५][६]

स्थापना

लगभग ४०० वर्ष पुरानो यस गुरूद्वारको नक्शा स्वयंम गुरू अर्जुन देवजीले तयार गरेका थिए । यो गुरूद्वार शिल्प सौन्दर्यको अदभुत् नमुना हो । यसको नक्काशी र बाहरी सुन्दरता धेरै छ । गुरूद्वारको चारै तीर ढोका रहेको छन्, जुन चारै दिशा (पूर्व, पश्चिम, उत्तर, दक्षिण) मा खुल्छ । उक्त समय पनि समाज चार जातिमा विभाजित थियो र धेरै जातिलाई अनेक मन्दिर आदिमा जान अनुमति थिएन, तर यो गुरूद्वारको चारै ढोकाहरूमा चारै जातिलाई आउनको लागि आमन्त्रित गरिथ्यो । यहाँ सबै धर्मको अनुयायीको स्वागत गरिन्थ्यो ।[७][८][९]

परिसर

श्री हरिमन्दिर साहिब परिसरमा दुई वटा ठूला र धेरै वटा साना साना तीर्थस्थलहरू छन् । ती सबै तीर्थस्थलहरू जलाशयको सबै तिर फैलिएका छन् । यस जलाशयलाई अमृतसर, अमृत सरोवर र अमृत झिलेक्क नामले पनि चिनिन्छ । पूरा स्वर्ण मन्दिर सेतो सङ्गमरमरले बनेको छ र यसको भित्तामा सुनको पत्ताले लेपन गरिएको छ । हरिमन्दिर साहिबमा प्रत्येक दिन गुरबाणी (गुरुवाणी) को स्वर गुन्जी रहन्छ । सिक्ख गुरूलाई ईश्वर तुल्य मान्छन् । स्वर्ण मन्दिरमा प्रवेश गर्नुभन्दा पहिले मन्दिरको अगाडि शिर झुकाउछन्, अनि खुट्टा धोएर भर्याङ्गबाट मुख्य मन्दिरसम्म जान्छन् । भर्याङ्गको साथ-साथै स्वर्ण मन्दिरमा सबै घटना र पूरा इतिहास लेखिएका शिलालेख छन् । स्वर्ण मन्दिर धेरै नै राम्रो भवन मानिन्छ । यसमा प्रकाशको सुन्दर व्यवस्था गरिएको छ । मन्दिर परिसरमा ढुङ्गाको एक स्मारक पनि छ जुन, "जाबाज सिक्ख" सैनिकको श्रद्धान्जली दिनको लागि राखिएको छ ।[१०][११]

द्वार

मुख्य द्वारमा बनाइएको घन्टाघर, नक्शामा संख्या-२

श्री हरिमन्दिर साहि‍बमा चार द्वारहरू छन् । यसमध्ये एक द्वार गुरु राम दास सरायको हो । यस साएरामा विभिन्न विश्राम-स्थलहरू छन् । विश्राम-स्थलको साथ-साथ यहाँ चौबीस घन्टा लङ्गर चल्छ, जसमा सबैले प्रसाद ग्रहण गर्न सक्छन् । श्री हरिमन्दिर साहिबमा विभिन्न तीर्थस्थानहरू छन् । यसमध्ये बेरी वृक्षलाई पनि एक तीर्थस्थल मानिन्छ । यसलाई बेर बाबा बुड्ढाको नामले पनि चिनिन्छ । भनिन्छ कि जब स्वर्ण मन्दिर बनाइदै थियो तब बाबा बुड्ढा जी यहि रुखमुनि बस्थे र मन्दिरको निर्माण कार्यप्रति नजर राख्थे ।[१२][१३]

सरोवर

राममा हरिमन्दिर साहिब

स्वर्ण मन्दिर सरोवरको बीचमा मानव निर्मित द्वीपमा बनेको छ । पुरा मन्दिरमा सुनको पत्ता चढाइएको छ । यो मन्दिर एक पुल द्वारा किनारसँग जोडिएको छ । पानीमा श्रद्धालु स्नान गर्दछन् । यो ताल माछाले भरिएका छन् । मन्दिरदेखि १०० मी. को दूरीमा स्वर्ण जडित, अकाल तख्त छ । यसमा एक भूमिगत तल छ र पाँच अन्य तल छन् । यसमा एक सङ्ग्रहालयसभागार छ । यहाँ सरबत खालसा को बैठक हुन्छ । सिक्ख पन्थले जोडिएको सबै समस्याको समाधान यहि सभागारमा गरिन्छ ।

स्वर्ण मन्दिर परिसरमा स्थित सबै पवित्र स्थलहरूलाई पूजा स्वरूप भक्तगण अमृतसरको चारैतिर बनेका गलियारको परिक्रमा गर्छन् । यसपछि उनीहरू अकाल तख्तको दर्शन गर्छन् । अकाल तख्तको दर्शन गरेपछि श्रद्धालु लाइनमा बसी स्वर्ण मन्दिरम प्रवेश गर्दछन् ।

अकाल तख्त

गुरुद्वारको बाहिर दुवैतर्फ अकाल तख्त छन् । अकाल तख्तको निर्माण सन् १६०६ मा गरिएको थियो । यहाँ दरबार साहिब स्थित छ । त्यस समय यहाँ धेरै महत्त्वपूर्ण निर्णय लिइन्थ्यो । संगमरमरले बनेको यो इमारत हेर्न योग्य छ । यसको छेउमा शिरोमणि गुरुद्वारा प्रबन्धक समि‍ति‍को कार्यालय छ, त्यहाँ सिखहरूका धेरै महत्त्वपूर्ण निर्णयहरू लिइन्छन् ।

लङ्गर

गुरुको लङ्गरमा गुरुद्वारा आउने श्रद्धालुहरूको लागि निवास सुविधाको पुरा व्यवस्था हुन्छ । यो लङ्गर श्रद्धालुहरूको लागि २४ घन्टा खुला रहन्छ । निवास सुविधाको व्यवस्था गुरुद्वारमा आउने भेटी र दोश्रो कोषद्वारा हुन्छ । लङ्गरमा निवासको व्यवस्था शिरोमणि गुरुद्वारा प्रबन्धक समि‍ति‍को तर्फबाट नियुक्त सेवादार गर्छन् । यहाँ आउनेहरूको सेवामा सबै तिरबाट योगदान दिइएका छन् । प्रत्येक दिन करीब ४० हजार मानिसहरूले यहाँ लङ्गरको प्रसाद ग्रहण गर्ने अनुमान गरिन्छ । भोजन मात्र नभई श्री गुरु रामदास सरायमा गुरुद्वारमा आउने मान्छेहरूको लागि बस्नको व्यवस्था पनि छ । यस सरायको निर्माण सन् १८८४ मा गरिएको थियो । यहाँ २८८ कोठा र १८ ठुला हल छन् । यहाँ रातका लागि सुत्ने सामग्री दिइन्छ । एक व्यक्तिलाई तीन दिन सम्म बस्नको पूर्ण व्यवस्था छ ।

आवागमन

वायु मार्ग

अमृतसरमा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ र यहाँदेखि सवारी साधनहरूको प्रयोग गरी गुरुद्वारसम्म पुग्न सकिन्छ ।

रेल तथा सडक मार्ग

अमृतसर दिल्लीबाट लगभग ५०० किलोमीटर टाढा, राष्ट्रीय राजमार्ग १ मा रहेको छ । वरपरका सबै राज्यहरूको सबै प्रमुख नगरहरूदेखि अमृतसर सम्मको बस सेवा (साधारण तथा डीलक्स) उपलब्ध छ । राष्ट्रीय राजमार्ग १ मा कुनैपनि स्थानदेखि २४ घन्टा बसहरू चलिरहन्छन् ।

अमृतसर रेल मार्ग भारतको सबै प्रमुख नगरहरूबाट जोडिएको छ । पुरानो दिल्ली र नयाँ दिल्लीदेखि अमृतसर शान-ए-पञ्जाब या शताब्दी ट्रेनबाट पाँचदेखि सात घन्टामा अमृतसर पुग्न सकिन्छ । अमृतसर स्टेशनदेखि रिक्शा लिएर गुरुद्वार पुग्न सकिन्छ ।

चित्र संगालो

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ Kerr, Ian J., "Harimandar", Encyclopaedia of Sikhism, Punjabi University Patiala, अन्तिम पहुँच २१ मार्च २०१५ 
  2. "Sikhism Religion of the Sikh People", sikhs.org 
  3. Golden Temple, Punjabi University, Parm Barkshish Singh, Devinder Kumar Verma, ISBN 978-81-7380-569-1
  4. "History, Harmandir Sahib, the Golden Temple, Amritsar", Amritsar Portal, अन्तिम पहुँच २९ नोभेम्बर २०१४ 
  5. S. S. Bhatti (२०१३), Golden Temple: Marvel of Sikh Architecture, Dorrance Publishing, पृ: 24–, आइएसबिएन 978-1-4349-8964-2 
  6. "Sikhism Religion of the Sikh People", sikhs.org 
  7. S. S. Bhatti (२०१३), Golden Temple: Marvel of Sikh Architecture, Dorrance Publishing, पृ: 12–, आइएसबिएन 978-1-4349-8964-2 
  8. Fahlbusch, Erwin; Geoffrey William Bromiley (१९९९), The encyclopedia of Christianity (Reprint संस्करण), Leiden: Brill, आइएसबिएन 978-90-04-14596-2 
  9. Hew McLeod (१९९७), Sikhism, New York: Penguin Books, पृ: 154–161, आइएसबिएन 0-14-025260-6 
  10. Dr. Madanjit Kaur “The Golden Temple: Past and Present" Dept. of Guru Nanak Studies, Guru Nanak Dev University Press, 1983, p. 11
  11. Kavi Santokh Singh : "Gurprataap Sooraj Granth" Ras 2, Ansu 53: ਇਮਿ ਅਰਦਾਸ ਕਰੀ ਬ੍ਰਿਧ ਜਬੈ। ਸ਼੍ਰੀ ਅਰਜਨ ਕਰ ਪੰਕਜ ਤਬੈ ॥੧੩॥ ਗਹੀ ਈਂਟ ਤਹਿਂ ਕਰੀ ਟਿਕਾਵਨ। ਮੰਦਰ ਅਵਿਚਲ ਨੀਵ ਰਖਾਵਨ।, p. 428 in PDF ebook
  12. Tatla, Darshan Singh (1993). The politics of homeland : a study of the ethnic linkages and political mobilisation amongst Sikhs in Britain and North America (Thesis). University of Warwick. p. 133. http://webcat.warwick.ac.uk/record=b1449488~S1. 
  13. Singh, Khushwant (१९९१), A history of the Sikhs: Vol. 1. 1469–1839, Oxford University Press, पृ: ५३, अन्तिम पहुँच १८ डिसेम्बर २०११ 

बाह्य कडीहरू

# नाम जन्ममिती गुरु बनको मिती निर्वाण मिती आयु
1 गुरु गुरु नानक देव १५ अप्रिल १४६९ २० अगस्त १५०७ २२ सेप्टेम्बर १५३९ ६९
2 गुरु अंगद देव ३१ मार्च १५०४ ७ सेप्टेम्बर १५३९ २९ मार्च १५५२ ४८
3 गुरु अमर दास ५ मे १४७९ २६ मार्च १५५२ १ सेप्टेम्बर १५७४ ९५
4 गुरु राम दास २४ सेप्टेम्बर १५३४ १ सेप्टेम्बर १५७४ १ सेप्टेम्बर १५८१ ४६
5 गुरु अर्जुन देव १५ अप्रिल १५६३ १ सेप्टेम्बर १५८१ ३० मे १६०६ ४३
6 गुरु हरगोबिन्द सिंह १९ जून १५९५ २५ मे १६०६ २८ फेब्रुअरी १६४४ ४८
7 गुरु हर राय १६ जनवरी १६३० ३ मार्च १६४४ ६ अक्टोबर १६६१ ३१
8 गुरु हर किशन सिंह ७ जुलाई १६५६ ६ अक्टोबर १६६१ ३० मार्च १६६४
9 गुरु तेग बहादुर सिंह १ अप्रिल १६२१ २० मार्च १६६५ ११ नोभेम्बर १६७५ ५४
10 गुरु गोबिंद सिंह २२ डिसेम्बर १६६६ ११ नोभेम्बर १६७५ ७ अक्टोबर १७०८ ४१

यो पनि हेर्नुहोस्