हरिमन्दिर साहिब
हरिमन्दिर साहिब The Harmandir Sahib ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ The Golden Temple | |
---|---|
अन्य नाम | दरवार साहिब |
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | शिख वास्तुकला |
सहर | अमृतसर |
राष्ट्र | भारत |
निर्माणकार्यको थालनी | डिसेम्बर १५८५ |
सम्पन्न | अगस्त १६०४ |
श्री हरिमन्दिर साहिब (पञ्जाबी भाषा: ਹਰਿਮੰਦਰ ਸਾਹਿਬ; हरिमन्दर साहिब, हरमन्दिर साहिब,[१][३]अन्य नाम : दरबार साहिब वा संवरण मन्दिर) एक सिख धर्मावलम्बीको पावनतम धार्मिक स्थल वा प्रमुख गुरूद्वार हो ।[४] यो मन्दिर भारतको राज्य पञ्जाबको अमृतसर शहरमा स्थित छ र यहाँको सबैभन्दा ठूलो आकर्षण पनि हो । अमृतसर शहर स्वर्ण मन्दिरको चौतर्फि रहेको छ । स्वर्ण मन्दिरमा प्रति दिन हजारौं श्रद्धालु तथा पर्यटक आउने गर्दछन् । अमृतसरको नाम वास्तवमा त्यो सरोवरको नाममा राखिएको हो जसको निर्माण गुरू रामदासले स्वयंमले आफ्नो हातबाट गरेका थिए । यो गुरूद्वार यहि सरोवरको बीचमा अवस्थित छ । यस गुरूद्वारको बाहिरी भाग सुनले बनाइएको छ, त्यसैले यसलाई स्वर्ण मन्दिर तथा गोल्डन टेम्पलको नामले पनि चिनिन्छ । श्री हरिमन्दिर साहिब दरबार साहिबको नामले पनि ख्याति प्राप्त छ । हुन त यो सिखहरूको गुरूद्वार हो, तर यसको नाममा मन्दिर शब्दको जोडिनुले भारतमा सबै धर्मलाई एक समान मानिने बुझाउँछ । सिख धर्मालम्बिहरूको लागि स्वर्ण मन्दिर धेरै नै महत्त्वपूर्ण मानिन्छ । सिखहरू बाहेक अरू धेरै श्रद्धालु पनि यहाँ आउने गर्छन्, जसलाई स्वर्ण मन्दिर र सिक्ख धर्ममा अटूट आस्था छ ।[५][६]
स्थापना
लगभग ४०० वर्ष पुरानो यस गुरूद्वारको नक्शा स्वयंम गुरू अर्जुन देवजीले तयार गरेका थिए । यो गुरूद्वार शिल्प सौन्दर्यको अदभुत् नमुना हो । यसको नक्काशी र बाहरी सुन्दरता धेरै छ । गुरूद्वारको चारै तीर ढोका रहेको छन्, जुन चारै दिशा (पूर्व, पश्चिम, उत्तर, दक्षिण) मा खुल्छ । उक्त समय पनि समाज चार जातिमा विभाजित थियो र धेरै जातिलाई अनेक मन्दिर आदिमा जान अनुमति थिएन, तर यो गुरूद्वारको चारै ढोकाहरूमा चारै जातिलाई आउनको लागि आमन्त्रित गरिथ्यो । यहाँ सबै धर्मको अनुयायीको स्वागत गरिन्थ्यो ।[७][८][९]
परिसर
श्री हरिमन्दिर साहिब परिसरमा दुई वटा ठूला र धेरै वटा साना साना तीर्थस्थलहरू छन् । ती सबै तीर्थस्थलहरू जलाशयको सबै तिर फैलिएका छन् । यस जलाशयलाई अमृतसर, अमृत सरोवर र अमृत झिलेक्क नामले पनि चिनिन्छ । पूरा स्वर्ण मन्दिर सेतो सङ्गमरमरले बनेको छ र यसको भित्तामा सुनको पत्ताले लेपन गरिएको छ । हरिमन्दिर साहिबमा प्रत्येक दिन गुरबाणी (गुरुवाणी) को स्वर गुन्जी रहन्छ । सिक्ख गुरूलाई ईश्वर तुल्य मान्छन् । स्वर्ण मन्दिरमा प्रवेश गर्नुभन्दा पहिले मन्दिरको अगाडि शिर झुकाउछन्, अनि खुट्टा धोएर भर्याङ्गबाट मुख्य मन्दिरसम्म जान्छन् । भर्याङ्गको साथ-साथै स्वर्ण मन्दिरमा सबै घटना र पूरा इतिहास लेखिएका शिलालेख छन् । स्वर्ण मन्दिर धेरै नै राम्रो भवन मानिन्छ । यसमा प्रकाशको सुन्दर व्यवस्था गरिएको छ । मन्दिर परिसरमा ढुङ्गाको एक स्मारक पनि छ जुन, "जाबाज सिक्ख" सैनिकको श्रद्धान्जली दिनको लागि राखिएको छ ।[१०][११]
द्वार
श्री हरिमन्दिर साहिबमा चार द्वारहरू छन् । यसमध्ये एक द्वार गुरु राम दास सरायको हो । यस साएरामा विभिन्न विश्राम-स्थलहरू छन् । विश्राम-स्थलको साथ-साथ यहाँ चौबीस घन्टा लङ्गर चल्छ, जसमा सबैले प्रसाद ग्रहण गर्न सक्छन् । श्री हरिमन्दिर साहिबमा विभिन्न तीर्थस्थानहरू छन् । यसमध्ये बेरी वृक्षलाई पनि एक तीर्थस्थल मानिन्छ । यसलाई बेर बाबा बुड्ढाको नामले पनि चिनिन्छ । भनिन्छ कि जब स्वर्ण मन्दिर बनाइदै थियो तब बाबा बुड्ढा जी यहि रुखमुनि बस्थे र मन्दिरको निर्माण कार्यप्रति नजर राख्थे ।[१२][१३]
सरोवर
स्वर्ण मन्दिर सरोवरको बीचमा मानव निर्मित द्वीपमा बनेको छ । पुरा मन्दिरमा सुनको पत्ता चढाइएको छ । यो मन्दिर एक पुल द्वारा किनारसँग जोडिएको छ । पानीमा श्रद्धालु स्नान गर्दछन् । यो ताल माछाले भरिएका छन् । मन्दिरदेखि १०० मी. को दूरीमा स्वर्ण जडित, अकाल तख्त छ । यसमा एक भूमिगत तल छ र पाँच अन्य तल छन् । यसमा एक सङ्ग्रहालय र सभागार छ । यहाँ सरबत खालसा को बैठक हुन्छ । सिक्ख पन्थले जोडिएको सबै समस्याको समाधान यहि सभागारमा गरिन्छ ।
स्वर्ण मन्दिर परिसरमा स्थित सबै पवित्र स्थलहरूलाई पूजा स्वरूप भक्तगण अमृतसरको चारैतिर बनेका गलियारको परिक्रमा गर्छन् । यसपछि उनीहरू अकाल तख्तको दर्शन गर्छन् । अकाल तख्तको दर्शन गरेपछि श्रद्धालु लाइनमा बसी स्वर्ण मन्दिरम प्रवेश गर्दछन् ।
अकाल तख्त
गुरुद्वारको बाहिर दुवैतर्फ अकाल तख्त छन् । अकाल तख्तको निर्माण सन् १६०६ मा गरिएको थियो । यहाँ दरबार साहिब स्थित छ । त्यस समय यहाँ धेरै महत्त्वपूर्ण निर्णय लिइन्थ्यो । संगमरमरले बनेको यो इमारत हेर्न योग्य छ । यसको छेउमा शिरोमणि गुरुद्वारा प्रबन्धक समितिको कार्यालय छ, त्यहाँ सिखहरूका धेरै महत्त्वपूर्ण निर्णयहरू लिइन्छन् ।
लङ्गर
गुरुको लङ्गरमा गुरुद्वारा आउने श्रद्धालुहरूको लागि निवास सुविधाको पुरा व्यवस्था हुन्छ । यो लङ्गर श्रद्धालुहरूको लागि २४ घन्टा खुला रहन्छ । निवास सुविधाको व्यवस्था गुरुद्वारमा आउने भेटी र दोश्रो कोषद्वारा हुन्छ । लङ्गरमा निवासको व्यवस्था शिरोमणि गुरुद्वारा प्रबन्धक समितिको तर्फबाट नियुक्त सेवादार गर्छन् । यहाँ आउनेहरूको सेवामा सबै तिरबाट योगदान दिइएका छन् । प्रत्येक दिन करीब ४० हजार मानिसहरूले यहाँ लङ्गरको प्रसाद ग्रहण गर्ने अनुमान गरिन्छ । भोजन मात्र नभई श्री गुरु रामदास सरायमा गुरुद्वारमा आउने मान्छेहरूको लागि बस्नको व्यवस्था पनि छ । यस सरायको निर्माण सन् १८८४ मा गरिएको थियो । यहाँ २८८ कोठा र १८ ठुला हल छन् । यहाँ रातका लागि सुत्ने सामग्री दिइन्छ । एक व्यक्तिलाई तीन दिन सम्म बस्नको पूर्ण व्यवस्था छ ।
आवागमन
वायु मार्ग
अमृतसरमा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ र यहाँदेखि सवारी साधनहरूको प्रयोग गरी गुरुद्वारसम्म पुग्न सकिन्छ ।
रेल तथा सडक मार्ग
अमृतसर दिल्लीबाट लगभग ५०० किलोमीटर टाढा, राष्ट्रीय राजमार्ग १ मा रहेको छ । वरपरका सबै राज्यहरूको सबै प्रमुख नगरहरूदेखि अमृतसर सम्मको बस सेवा (साधारण तथा डीलक्स) उपलब्ध छ । राष्ट्रीय राजमार्ग १ मा कुनैपनि स्थानदेखि २४ घन्टा बसहरू चलिरहन्छन् ।
अमृतसर रेल मार्ग भारतको सबै प्रमुख नगरहरूबाट जोडिएको छ । पुरानो दिल्ली र नयाँ दिल्लीदेखि अमृतसर शान-ए-पञ्जाब या शताब्दी ट्रेनबाट पाँचदेखि सात घन्टामा अमृतसर पुग्न सकिन्छ । अमृतसर स्टेशनदेखि रिक्शा लिएर गुरुद्वार पुग्न सकिन्छ ।
चित्र संगालो
-
श्री हरिमन्दिर साहिब प्रवेशद्वार
-
श्री हरिमन्दिर साहिब बोर्ड
-
मुख्य द्वार श्री हरिमन्दिर साहिबको दृश्य
-
श्री हरिमन्दिर साहिब
-
श्री हरिमन्दिर साहिब
-
श्री हरिमन्दिर साहिब
-
श्री हरिमन्दिर साहिब
-
श्री हरिमन्दिर साहिब
-
श्री हरिमन्दिर साहिब
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ Kerr, Ian J., "Harimandar", Encyclopaedia of Sikhism, Punjabi University Patiala, अन्तिम पहुँच २१ मार्च २०१५।
- ↑ "Sikhism Religion of the Sikh People", sikhs.org।
- ↑ Golden Temple, Punjabi University, Parm Barkshish Singh, Devinder Kumar Verma, ISBN 978-81-7380-569-1
- ↑ "History, Harmandir Sahib, the Golden Temple, Amritsar", Amritsar Portal, अन्तिम पहुँच २९ नोभेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१६ मिति
- ↑ S. S. Bhatti (२०१३), Golden Temple: Marvel of Sikh Architecture, Dorrance Publishing, पृ: 24–, आइएसबिएन 978-1-4349-8964-2।
- ↑ "Sikhism Religion of the Sikh People", sikhs.org।
- ↑ S. S. Bhatti (२०१३), Golden Temple: Marvel of Sikh Architecture, Dorrance Publishing, पृ: 12–, आइएसबिएन 978-1-4349-8964-2।
- ↑ Fahlbusch, Erwin; Geoffrey William Bromiley (१९९९), The encyclopedia of Christianity (Reprint संस्करण), Leiden: Brill, आइएसबिएन 978-90-04-14596-2।
- ↑ Hew McLeod (१९९७), Sikhism, New York: Penguin Books, पृ: 154–161, आइएसबिएन 0-14-025260-6।
- ↑ Dr. Madanjit Kaur “The Golden Temple: Past and Present" Dept. of Guru Nanak Studies, Guru Nanak Dev University Press, 1983, p. 11
- ↑ Kavi Santokh Singh : "Gurprataap Sooraj Granth" Ras 2, Ansu 53: ਇਮਿ ਅਰਦਾਸ ਕਰੀ ਬ੍ਰਿਧ ਜਬੈ। ਸ਼੍ਰੀ ਅਰਜਨ ਕਰ ਪੰਕਜ ਤਬੈ ॥੧੩॥ ਗਹੀ ਈਂਟ ਤਹਿਂ ਕਰੀ ਟਿਕਾਵਨ। ਮੰਦਰ ਅਵਿਚਲ ਨੀਵ ਰਖਾਵਨ।, p. 428 in PDF ebook
- ↑ Tatla, Darshan Singh (1993). The politics of homeland : a study of the ethnic linkages and political mobilisation amongst Sikhs in Britain and North America (Thesis). University of Warwick. p. 133. http://webcat.warwick.ac.uk/record=b1449488~S1.
- ↑ Singh, Khushwant (१९९१), A history of the Sikhs: Vol. 1. 1469–1839, Oxford University Press, पृ: ५३, अन्तिम पहुँच १८ डिसेम्बर २०११।
बाह्य कडीहरू
- आधिकारिक वेबसाइट
- अमृतसर पोर्टल
- अमृतसर पाठ
- सिखनेट डाट कम
- शिखका दश गुरू
# | नाम | जन्ममिती | गुरु बनको मिती | निर्वाण मिती | आयु |
---|---|---|---|---|---|
1 | गुरु गुरु नानक देव | १५ अप्रिल १४६९ | २० अगस्त १५०७ | २२ सेप्टेम्बर १५३९ | ६९ |
2 | गुरु अंगद देव | ३१ मार्च १५०४ | ७ सेप्टेम्बर १५३९ | २९ मार्च १५५२ | ४८ |
3 | गुरु अमर दास | ५ मे १४७९ | २६ मार्च १५५२ | १ सेप्टेम्बर १५७४ | ९५ |
4 | गुरु राम दास | २४ सेप्टेम्बर १५३४ | १ सेप्टेम्बर १५७४ | १ सेप्टेम्बर १५८१ | ४६ |
5 | गुरु अर्जुन देव | १५ अप्रिल १५६३ | १ सेप्टेम्बर १५८१ | ३० मे १६०६ | ४३ |
6 | गुरु हरगोबिन्द सिंह | १९ जून १५९५ | २५ मे १६०६ | २८ फेब्रुअरी १६४४ | ४८ |
7 | गुरु हर राय | १६ जनवरी १६३० | ३ मार्च १६४४ | ६ अक्टोबर १६६१ | ३१ |
8 | गुरु हर किशन सिंह | ७ जुलाई १६५६ | ६ अक्टोबर १६६१ | ३० मार्च १६६४ | ७ |
9 | गुरु तेग बहादुर सिंह | १ अप्रिल १६२१ | २० मार्च १६६५ | ११ नोभेम्बर १६७५ | ५४ |
10 | गुरु गोबिंद सिंह | २२ डिसेम्बर १६६६ | ११ नोभेम्बर १६७५ | ७ अक्टोबर १७०८ | ४१ |