सामग्रीमा जानुहोस्

मीरा बाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीराबाई

मीराबाई(सन् १५०४-१५६०) कृष्ण-भक्ति संगीतकी प्रमुख कवयित्री थिइन्। उनको जन्म भारतको जोधपुरको नजीकै मेड्ता ग्राममा भएको थियो[]। उनको पिताको नाम रत्नसिंह थियो। उनको पति कुंवर भोजराज उदयपुरको महाराणा सांगाका छोरा थिए। विवाहको केही समय नवित्दै उनको पतिको देहान्त भयो। पतिको मृत्यु पछि उनलाई पति सँगै सती जान कर गरियो तर उनी यसका लागि तयार भइनन्। त्यसपछि संसार देखि विरक्त भएर साधु-सन्तको संगतमा हरिकीर्तन गर्दै समय व्यतीत गर्न थालिन्। केही समय पछि उनले घर त्यागेर तीर्थाटनमा निस्किइन्। उनी धेरै दिनहरू सम्म वृन्दावनमा बसिन् र फेरि द्वारिका गइन् जहाँ उनले बाँकी जीवन व्यतित गरिन्। मीराबाईले कृष्ण-भक्तिको स्फुट पदको रचना गरेकी छन्।

चित्तौढगढ किल्लामा मीराको कृष्ण मन्दिर

मीरा बाई (बाई भने शब्द राजस्थानी भाषामा सामान्यतय आईमाईहरूको लागि प्रयोग गरिने शब्द हो) भग्वान कृष्णकी भक्तिनीका रूपमा प्रसिधि पाएकी महिला हुन्। १२०० -१३०० प्रार्थना गरिने गीत र भजनहरू उनका नामले एकदमै प्रसिध छन्। साथै ती सँसारका धेरै भाषाहरूमा रूपान्तरण पनि गरिएका छन्। भक्तिको परम्पराअनुसार तिनीहरूमा खासगरी भग्वान कृष्णको प्रसँशा गरिएको छ। ऊनले आफ्ना सम्पुर्ण कविताहरूमा आफ्नो मनमा रहेको कृष्णप्रतिको अगाध प्रेमलाई देखाएकि छ्न्। साथै कृष्णको भक्ति गरेर बाँच्नुनै जीवन बाँच्ने सबैभन्दा राम्रो तरिका हो भनेर हामिलाई सँदेश दिएकी छन्। उनका अनुसार कृष्णको भक्ति गर्नाले मनका सारा इच्छा-आकाँक्षा हराउँछन् र मोक्ष प्रप्ति हुन्छ।

मीरा कुर्कि भन्ने गाँउमा एक राजपुत राजकुमारीको रूपमा जन्मिएकि थिइन्। उनका पिता जय सिँह अमान थिए। बाल्यावस्थामा नै मीराले एक ऋषिबाट भग्वान कृष्णको सुन्दर मुर्ति उपहार स्वरूप प्राप्त गरेकी थिइन्। केही वर्षपछि ऋषिले तिमी यसलाई राम्ररी राख्न सक्दिनौ भनेर लिएका थिए। त्यसपछि मीरा, उनको साथी ललिता र आफ्नो पर्ने भाइ जयमाल सिंह सँग मुर्ति ल्याउन ऋषिका घर गए। त्याँहा पुगेपछि उनीहरूले त्यो मुर्ति रोइरहेको र चढाइएका कुराहरू पनि अस्वीकार गरेको देखे। त्यसको अर्को दिन ऋषिले मुर्ति मीरालाई नै फर्काएका थिए र त्यसपछि त्यो मुर्ति आफ्नो जीवनकाल भरि नै मीराले आफुसँग राखेकी थिइन्। उनले पछि त्यो मुर्तिसँग नै अफ्नो विवाह पनि गरेकी थिइन् र आफुलाई कृष्णको पत्नी मानेकी थिइन्। उनी कृष्णभक्ति गर्न आफ्नै बाबुबाट पनि प्रभावित थिइन्। उनका पिता कृष्णका ठूला पूजारी थिए।

मीराको विवाह सामाजिक तथा परम्परागत रूपमा चितौरका राजा राणा साँगा का जेठो छोरा भोजराज सँग सानै उमेरमा भएको थियो[]। उक्त विवाहबाट मीरा दु:खी थिइन् किनभने उनी आफुलाई कृष्णको पत्नी मान्थिन्। उनको पति भोजराजको मृत्यु इ स १५२७ मा लडाइमा भएको थियो र त्यतिबेला उनी मात्र २० वर्षकी थिइन्।

सुरूमा मीरा आफ्नो कृष्णप्रतिको प्रेम कसैलाई पनि भन्दिनथिइन् तर कुनै कुनै बेला उनको मनमा रहेको प्रेम दिमागलै जितेर बाहिर आउन सफल हुन्थ्यो र उनलाई अगाध आनन्द दिन्थ्यो र उनलाई सडक तथा गल्लीहरूमा कृष्णका प्रेमको गीत गाँउदै नाच्न तुल्याउँथ्यो। तर चितौरका नँया राजा ,उनका देवर ,विक्रमादित्यलाई भन्ने यो कुरा पटक्कै मन पर्दैनथ्यो। यसका लागि विक्रमादित्यले धेरै चोटि मीरालाई मार्ने प्रयास पनि गरेका थिए[]। मीराकी नन्दले पनि उनका बारेमा धेरै अपवाह फैलाउने गर्थिन। केही किताबहरूमा लेखिएनुसार विक्रमादित्यले उनलाई मार्न निकै प्रयास गर्थे। ती प्रयासहरू यस्ता हुन्थे :

विक्रमादित्य ले प्रसाद तथा चर्णामृतमा विष मिलाएर खान लगाए,तर भग्वानले त्यसलाई अमृतमा परिणत गर्नुभयो। विक्रमादित्य ले मीराको ओछ्यानमा धेरै किल्लाहरू राख्न लगाएका थिए तर भग्वानको कृपाले ती किल्लाहरू गुलाबको फूलमा परिणत भए। तिनले आफ्नो एक कवितामा यसरी लेखेकी छन्

"शुल सेज राणा नै भेजी दीज्यो मीरा सुलाए
साँझ भई मीरा सोवन लागी,मानो फूल बिछाय"।

एकपटक विक्रमादित्य ले फूलदानीमा सर्प राखेर मीरालाई दिएर भनेका थिए"यो तपाईको भग्वान कृष्णले तपाईलाई उपहार पठाउनु भएको हो" तर तिनले खोल्दा भने त्यसमा उपहार झैँ फूलको सुन्दर माला थियो।

यस्ता धेरै भनाईहरू छन

मीरा केही समयका लागि आफुलाई गुरु रविदासका शिष्या भनेर पनि भनेकी थिइन्। उनले आफ्नो जीवनको अन्त्यको केही वर्ष द्वारिका मै बिताएकी थिइन्। उनी आफुलाई पुन: जन्मिएकी कृष्णको गोपिनी ललिता मान्थिन्। मीराले आफ्नो क्रियाकलापद्वारा यस सँसारलाई नै प्रेम श्ब्दको नयाँ अर्थ दिइन्। उनको प्रेमलाई आँखा खोलेर हेर्न अहिले हेर्न सकिदैन तर बन्द गरेर भने आफ्नो मनमा महसुस भन्ने पक्कै गर्न सकिन्छ।

यिनले रचना गरेका धेरैजसो पदहरू राजस्थानी मिश्रित भाषामा छन्। यस वाहेक केही विशुद्ध साहित्यिक ब्रज भाषा मा पनि लेखिएको छ। मीराको विरह गीतहरूमा समकालीन कविहरूको तुलनामा बढी स्वाभाविकता पाइन्छ। यिनले आफ्नो पदहरूमा श्रृंगार र शान्त रसको प्रयोग विशेष रूपमा गरेकी छिन्।

मन रे पासि हरि के चरन।
सुभग सीतल कमल- कोमल त्रिविध - ज्वाला- हरन।
जो चरन प्रह्मलाद परसे इंद्र- पद्वी- हान।।
जिन चरन ध्रुव अटल कींन्हों राखि अपनी सरन।
जिन चरन ब्राह्मांड मेंथ्यों नखसिखौ श्री भरन।।
जिन चरन प्रभु परस लनिहों तरी गौतम धरनि।
जिन चरन धरथो गोबरधन गरब- मधवा- हरन।।
दास मीरा लाल गिरधर आजम तारन तरन।।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ An Introduction to Hinduism, Cambridge 1996, Page 144, by Gavin Flood
  2. Osho, Bin Ghan Parat Phuhar

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]