सामग्रीमा जानुहोस्

ट्रिनिडाड र टोबागो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ट्रिनिडाड र टोबागो, आधिकारिक रूपमा ट्रिनिडाड र टोबागो गणतन्त्र, क्यारिबियन क्षेत्रको सबैभन्दा दक्षिणी टापु राष्ट्र हो। मुख्य टापुहरू ट्रिनिडाड र टोबागो तथा धेरै साना टापुहरू मिलेर बनेको यो देश भेनेजुएलाको तटदेखि ११ किलोमिटर (६ नौटिकल माइल) उत्तर-पूर्व, ग्रेनाडादेखि १३० किलोमिटर (७० नौटिकल माइल) दक्षिण र बार्बाडोसको पश्चिममा अवस्थित छ। यसको राजधानी पोर्ट अफ स्पेन हो भने सबैभन्दा ठूलो र जनसंख्या धेरै भएको नगरपालिका चगुआनास हो। दक्षिण अमेरिकी भूभाग नजिक भए पनि, ट्रिनिडाड र टोबागोलाई सामान्यतया बेस्ट इन्डिजको भाग मानिन्छ।

ट्रिनिडाड टापुमा स्पेनी उपनिवेश स्थापना हुनुअघि शताब्दीयौँसम्म स्वदेशी जनजातिहरू बसोबास गर्थे। सन् १४९८ मा क्रिस्टोफर कोलम्बसको आगमनपछि स्पेनी उपनिवेश स्थापित भयो। सन् १७९७ मा ब्रिटिस नौसेनाका कमान्डर सर राल्फ अबरक्रम्बीको नेतृत्वमा स्पेनी गभर्नर जोसे मारिया चाकोनले टापु ब्रिटेनलाई सुम्पे। ट्रिनिडाड र टोबागो सन् १८०२ को एमिएन्स सन्धि अन्तर्गत ब्रिटेनलाई हस्तान्तरण गरिए, त्यसपछि सन् १८८९ मा यी दुई राज्य एकताबद्ध भए। ट्रिनिडाड र टोबागोले सन् १९६२ मा स्वतन्त्रता प्राप्त गर्‍यो र सन् १९७६ मा गणतन्त्र बन्यो।

धेरैजसो क्यारिबियन राष्ट्रहरू पर्यटनमा निर्भर भए पनि, ट्रिनिडाड र टोबागोको अर्थतन्त्र मुख्यत: उद्योगमा आधारित छ, जसको प्रमुख स्रोत तेल र प्राकृतिक ग्यासको विशाल भण्डार हो। क्यारिबियनका अन्य क्षेत्रहरूभन्दा दक्षिणमा अवस्थित भएकाले यो देशमा आँधी-हुरी (हरिकेन) कम आउँछन्।

ट्रिनिडाड र टोबागो आफ्नो अफ्रिकी र भारतीय संस्कृतिका लागि प्रसिद्ध छ। यहाँको ठूलो र प्रसिद्ध कार्निभल, दिवाली र होसे पर्वहरू चर्चित छन्। यो देश स्टिलप्यान, लिम्बो नृत्य, र क्यालिप्सो, सोका, र्यापसो, पराङ, चटनी, र चटनी-सोका जस्ता सङ्गीत शैलीहरूको जन्मस्थान पनि हो।

गणतन्त्र ट्रिनिडाड र टोबागो
ट्रिनिडाड र टोबागोको झन्डा
झन्डा
ट्रिनिडाड र टोबागोको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: सँगै हामी आकांक्षा गर्छौं, सँगै हामी हासिल गर्छौँ
ट्रिनिडाड र टोबागो
ट्रिनिडाड र टोबागो
राजधानीपोर्ट अफ स्पेन
१०°४०′०″उ ६१°३०′२७″प / 10.66667°N 61.50750°W / 10.66667; -61.50750
सबैभन्दा ठुलो सहरसान फर्नान्दो
१०°१७′उ ६१°२८′प / 10.283°N 61.467°W / 10.283; -61.467
आधिकारिक भाषाहरूअङ्ग्रेजी[]
अन्य भाषाहरूभाषा हेर्नुहोस्[]
जातिगत समूहहरू
(सन् २०११)[]
  • ३७.६% भारतीय
  • ३६.३% अफ्रिकी
  • २४.४% मिश्रित
  •    — ७.६६% डौगला
  • ०.६५% युरोपेली
  •    — ०.०६% पुर्तगाली
  • ०.३०% चिनियाँ
  • ०.११% आदिवासी अमेरिकी
  • ०.०८% अरबी
  • ०.१७% अन्य
  • ६.२२% अघोषित
धर्म
(सन् २०११)[]
सरकारएकात्मक संवैधानिक गणतन्त्र
पौला-मे विक्स (स्वतन्त्र)
केइथ राउली (जराआ)
ब्रिगिड एनिसेट-जर्ज (जराआ)
• प्रतिनिधि सभा अध्यक्ष
क्रिस्टिन कङ्गालु (जराआ)
इभोर आर्ची
• प्रतिपक्ष दलको नेता
कमलाप्रसाद बिसेसर (संयुक्त राष्ट्रिय काङ्ग्रेस)
व्यवस्थापिकासंसद
सिनेट
प्रतिनिधि सभा
स्थापना
• संयुक्त अधिराज्यबाट स्वतन्त्र
३१ अगस्ट १९६२
१ अगस्ट १९७३
• गणतन्त्र
१ अगस्ट
(२४ सेप्टेम्बरमा मनाइन्छ)[][][]
क्षेत्रफल
• जम्मा
५,१३१ किमी (१,९८१ वर्ग माइल) (१६४औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२१ अनुमानित
१३,६७,५५८[] (१५१औँ)
• सन् २०११ जनगणना
१३,२८,०१९[]
• घनत्व
२६४ /किमी2 (६८३.८ /वर्ग माइल) (३४औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$४५.१४८ अर्ब
• प्रति व्यक्ति
$३२,६८४[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$२२.४३८ अर्ब
• प्रति व्यक्ति
$१६,२४३[]
गिनी (सन् २०१२)३९.०[१०]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.७९६[११]
उच्च · ६७औँ
मुद्राट्रिनिडाड र टोबागो डलर
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय-४ (आन्ध्र मानक समय)
मिति ढाँचाdd/mm/yyyy
सडक प्रयोगबायाँ
टेलिफोन कोड+१ (८६८)
इन्टरनेट डोमेनडटटिटी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Government of the Republic of Trinidad and Tobago, "Home", Ttconnect.gov.tt, अन्तिम पहुँच २०१९-०३-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१५ मिति
  2. "Trinidad and Tobago – Languages", Ethnologue.com, अन्तिम पहुँच २० मे २०१८ 
  3. ३.० ३.१ Trinidad and Tobago 2011 Population and Housing Census Demographic Report, Trinidad and Tobago Central Statistical Office, अन्तिम पहुँच २०१९-०८-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  4. "Trinidad and Tobago : History", The Commonwealth, अन्तिम पहुँच २०१९-०३-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२० मिति
  5. "T&T history & society – Discover Trinidad & Tobago", २२ अक्टोबर २०१३। 
  6. "History of Tobago: a myTobago visitor guide article", mytobago.info 
  7. (CSO), Central Statistical Office, "T&T at a Glance" 
  8. Trinidad and Tobago 2011 Population and Housing Census Demographic Report, Trinidad and Tobago Central Statistical Office, पृ: २, अन्तिम पहुँच २०१९-०८-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  9. ९.० ९.१ "Report for Selected Countries and Subjects", www.imf.org 
  10. Bridglal, Carla (१२ मार्च २०१३), "Allowing govt to manage better", Trinidad Express Newspapers, मूलबाट १४ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ डिसेम्बर २०१३ 
  11. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found