सामग्रीमा जानुहोस्

चार धाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार धाम

बद्रीनाथरामेश्वरम
द्वारकाजगन्नाथ पुरी

चार धाम हिन्दूहरूको लागि अत्यन्त पवित्र स्थल हुन, जुन भारतको भिन्न भिन्न राज्यमा स्थित मन्दिर तथा तीर्थस्थल हुन । ति धामहरू हुन:

चार धाम हिन्दूहरूको श्रद्धेय तथा धार्मिक महत्त्व राखेको ठाउँको नाम हो : बद्रीनाथ, द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।[१])

क्रमानुसार चार धाम

[सम्पादन गर्नुहोस्]

हिन्दू धर्ममा समयको एक ठूलो युग चक्र रहेको छ जसलाई चतुर युग भनिन्छ । यस अनुसार अहिले सम्म चार युग भएका छन् ।

  • सत युग - १६ लाख वर्ष
  • त्रेता युग - १२ लाख वर्ष
  • द्वापर युग - ८ लाख वर्ष
  • कली युग - ४ लाख वर्ष

यो एउटा चक्रमा आधारित रहेको छ जस्तै कली युगको अन्त पश्चात पुन: सत युगको प्रारम्भ हुनेछ । हिन्दू परम्परा अनुसार बर्तमान समयकाल कली युग हो र यसको ५००० वर्ष बितिसकेको छ । चार धामहरु प्रत्येक एक युग सँग सम्बन्धित रहेको छ, सत युगमा बद्रीनाथ, त्रेता युगमा रामेश्वरम, द्वापर युगमा द्वारका तथा बर्तमान समय कली युगमा जगन्नाथ पुरी रहेको छ ।

चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ, तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रूपमा चिनिए । दोश्रो महत्त्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीरामलाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्त्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्त्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)

तिर्थस्थलहरूको विवरण

[सम्पादन गर्नुहोस्]

भौगोलिक रूपमा हेर्ने हो भने चारै धामले भारतको पूर्ण बर्ग बनाएको छ , बद्रीनाथ र रामेश्वरम एउटै देशान्तरमा रहेका छन् भने द्वारका र पुरी एउटै अक्षांशमा रहेका छन् ।

(१) बद्रीनाथ

बद्रीनाथ

बद्रीनाथ भारतको उत्तरी राज्य उत्तराखण्डमा स्थित छ । यो अलकनन्दा नदीको तटमा,गढवाल पहाडीमा अवस्थित रहेको छ । यो शहर नर र नारायण पर्वतमाला बीचको निलकण्ठ शिखर (६,५६० मिटर) को छायाँमा रहेको छ ।

(२) रामेश्वरम

रामेश्वरम

दक्षिणमा स्थित रामेश्वरम तमिलनाडु भारतीय राज्यमा अवस्थित छ । यो भारतीय प्रायद्वीपको मन्नारको खाडीमा स्थित छ । पौराणिक हिन्दू कथा अनुसार, यहाँ श्रीरामले, सीता मातालाई रावणको बन्धनबाट मुक्त गर्नका लागि श्रीलङ्का जानु पर्ने भएको हुनाले एउटा महासेतु निर्माण गरेका थिए त्यहि ठाउँनै रामेश्वरम हो । भगवान शिवलाई समर्पित रामानाथस्वामी मन्दिर रामेश्वरमको एउटा प्रमुख क्षेत्र ओगटेको छ । मन्दिर श्रीरामचन्द्र द्वारा पवित्रा दिइएको हो भन्ने विश्वास रहेको छ । वाराणसीको तीर्थयात्रा रमेश्वरमको तीर्थयात्रा बिना अपूर्ण हुन्छ त्यसकारण रामेश्वरम हिन्दूहरूको लागि महत्त्वपूर्ण तिर्थस्थल हो । यहाँको प्रमुख देवता रामानाथस्वामीको रूपमा रहेको छ,यो बाह्र ज्योतिर्लिंगहरू मध्ये एक हो ।

(३) द्वारका

द्वारका

पश्चिममा स्थित द्वारका गुजरात, भारतीय राज्यमा अवस्थित छ । यस शहरको नाम संस्कृत भाषाको शब्द द्वार अर्थात ढोका या गेट देखि प्राप्त रहेको छ । यो तिर्थ गोमती नदी जहाँ कच्छको खाडीमा विलीन हुन्छ त्यहाँ नजिक स्थित छ । यो शहर भारतको पश्चिमी भागमा रहेको छ । दिग्गज शहर द्वारका प्रभु कृष्णको निवासस्थान थियो भन्ने विश्वास रहेको छ । समुन्द्र क्षति र विनाशका कारण द्वारका शहर ६ पटक जलमग्न भइसकेको छ र आधुनिक समयमा सातौ पटक यस द्वारका क्षेत्रको निर्माण भएको हो ।

(४) जगन्नाथ पुरी

जगन्नाथ पुरी

पुर्वमा स्थित पुरी उडिसा, भारतीय राज्यमा अवस्थित छ । पुरी देशको पूर्वी भागमा सबैभन्दा पुराना शहरहरु मध्ये एक हो । यो बङ्गालको खाडीको तटमा स्थित छ । यहाँको मुख्य देवता प्रभु जगन्नाथको रूपमा श्री कृष्णलाई मानिन्छ ।

सन्दर्भ सामीग्री

[सम्पादन गर्नुहोस्]
  1. Char Dham of Garhwal India, by Joe Windless, Sarina Singh, James Bainbridge, Lindsay Brown, Mark Elliott, Stuart Butler. Published by Lonely Planet, 2007. ISBN 1-74104-308-5. Page 468.