हनुमान चालीसा
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
श्री हनुमान चालीसा सङ्ग्रह।
दोहा[सम्पादन गर्नुहोस्]
श्री गुरू चरन सरोज रज, निज मन मुकुर सुधारी। बरनउँ रघुबर बिमल जसु, जो दायकु फल चारि ॥ |
म आफ्नो मन दर्पणलाई श्रीगुरू ज्यूको चरण-धूलीबाट पवित्र गरेर श्री रघुबीर भगवानको यशको गुणगान गर्दछु, जसबाट धर्म, अर्थ, काम र मोक्ष चारैवटा फलहरूको प्राप्ति हुन्छ।
हे पवनपुत्र! म तपाईँको स्मरण गर्दछु। तपाईँलाई थाह छँदै छ कि मेरो जीव र बुद्धि निर्बल छ। मलाई शारीरिक बल, सद्बुद्धि र ज्ञान दिनुहोस् र मेरो दु:ख र दोषहरूलाई नाश गर्नुहोस्।
१[सम्पादन गर्नुहोस्]
जय हनुमान ज्ञान गुन सागर। जय कपीस तिहुँ लोक उजागर॥ |
पवनपुत्र वीर हनुमान! तपाईँको जय होस। तपाईँ त ज्ञान र गुणहरूको समुद्र हुनुहुन्छ। तपाईँको किर्ती तीनै लोकमा फैलिएको छ।
हे पवनसुत अंजनीनन्दन! श्रीरामदूत! तपाईँ जस्तो अरुकोई बलवान छैन।
२[सम्पादन गर्नुहोस्]
महावीर बिक्रम बजरंगी। कुमति निवार सुमति के संगी ॥ |
हे महावीर बजरंगबली! तपाईँमा विशेष पराक्रम छ। तपाईँ आफ्नो भक्तहरूको दुर्बुद्धि र नराम्रो विचारहरूलाई नाश गरेर उनिहरूको हृदयमा राम्रो ज्ञान र विचारहरूलाई प्रेरित गर्नमा सहायक हुनुहुन्छ।
तपाईँको रंग कंचन झैं छ अनि तपाईँ राम्रो वस्त्रहरू र कानमा कुण्डल र कुंचित कपालमा शोभायमान हुनुहुन्छ। [१]
हनुमान