ज्वरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ज्वरो मानव शरीर को एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ज्वरो मा मानव शरीर को ताप बढ्ने गर्दछ। मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ। सो प्रणाली द्वारा तापक्रम बढाउने निर्णय गरिए पछि ज्वरो आउने गर्दछ। सामान्यतया शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) भन्दा माथि भएको अवस्थालाई ज्वरो मानिन्छ । १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस)भन्दा माथी शरीर को तापक्रम पुग्नु खतराजनक मानिन्छ । ज्वरो आउनु शरीर मा इन्फेक्सन भएको पहिचान हो। भाइरस ब्याक्टेरिया जस्ता सूक्ष्म कीटाणु को संक्रमण का कारण वा शरीर मा ठूलै चोटपटक लाग्दा ज्वरो आउँछ।

ज्वरोका प्रकार[सम्पादन गर्नुहोस्]

तापक्रम को भिन्नता अनुसार ज्वरो लाई यस प्रकार विभाजन गर्न सकिन्छ-

  • कन्टिन्युअस
  • इन्टरमिटेन्ट
  • रेमिटेन्ट