आउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आउँ

आउँ, मासी वा रगतमासी भन्नाले आन्द्रा सुन्निएर रगतसहितको पातलो दिसा लागेको अवस्थालाई बुझिन्छ।[१][२] यसका साथै ज्वरो आउने, पेट दुख्ने[३] तथा दिसा गर्ने बेलामा पूरै दिसा ननिस्किएको जस्तो महशुस हुने (रेक्टल टेनेस्मस) जस्ता लक्षणहरू देखा पर्छन्। यो रोग ब्याक्टेरिया, भाइरस, परजीवी कीराहरू वा प्रोटोजोआ आदिका कारणले हुने विभिन्न किसिमका सङ्क्रमणका कारणले हुने गर्दछ। यो रोग आमाशय र आन्द्रा सुन्निएर हुने रोगहरू (ग्यास्ट्रोएन्टेराइटिस) मध्येको एक हो। आन्द्रामा (विशेष गरी ठूलो आन्द्राको कोलोनमा) सङ्क्रमण भइ सुन्निएर हुने समस्याले गर्दा आउँ लाग्ने गर्दछ।

विकसित देशहरूमा प्रायजसो ब्याक्टेरियाका कारणले हुने आउँ (ब्यासिलरी डिसेन्ट्री) लाग्ने गर्दछ। साधारणतया हल्का पेट दुख्ने र तारन्तार दिसा वा पखाला लाग्ने जस्ता लक्षण देखिने ब्यासिलरी डिसेन्ट्री मन्द खालको बिमारी हो। प्रायजसो सङ्क्रमणको एकदेखि तीन दिनपछि देखा पर्ने लक्षणहरू एक हप्ताभन्दा बढी रहँदैनन्। दिसा लाग्ने बारम्बारता, पातलो दिसाको मात्रा तथा दिसामा मासी (सिँगान जस्तो पदार्थ), पिप र रगतको मात्रा रोग लगाउने कीटाणुको प्रकारमा निर्भर गर्दछ। अस्थायी रूपमा दुधजन्य पदार्थ पचाउन नसकिने (ल्याक्टोज इन्टोलरेन्स) देखा पर्नसक्छ। केही बिरामीहरूमा पेट एकदमै दुख्ने, ज्वरो, रक्तचाप घटेर मुर्छा पर्ने (सक) तथा बेचैनी, भ्रम (डिलिरिअम) जस्ता लक्षणहरू देखिन्छन्।[१][४][५][६]

सामान्यतया रगत नदेखिने तर सिँगान जस्तो पदार्थ (मासी) दिसामा देखिने किसिमको आउँ (अमिबिक डिसेन्ट्री) पिउने पानीमा अमिबा जस्ता एककोषीय परजीवीले दुषित पारेमा बढी देखिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Dysentery" at Dorland's Medical Dictionary
  2. "Dysentery", who.int, अन्तिम पहुँच २८ नोभेम्बर २०१४ 
  3. Traveller's Diarrhea: Dysentery ISBN 0-86318-864-8 p. 214
  4. DuPont HL (१९७८), "Interventions in diarrheas of infants and young children", J. Am. Vet. Med. Assoc. 173 (5 Pt 2): 649–53, पिएमआइडी 359524 
  5. DeWitt TG (१९८९), "Acute diarrhoea in children", Pediatr Rev 11 (1): 6–13, डिओआई:10.1542/pir.11-1-6, पिएमआइडी 2664748 
  6. "Dysentery symptoms", National Health Service, अन्तिम पहुँच २०१०-०१-२२ 
"https://ne.wikipedia.org/w/index.php?title=आउँ&oldid=780481" बाट अनुप्रेषित