मातृ दिवस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आमा दिवस
आमा दिवस
आमा दिवसका लागि तयार पारिएको केक।
समुदायविभिन्न देशहरूमा
प्रकारऐतिहासिक
मिति30 Shevat, ३ मार्च, ८ मार्च, २१ मार्च, Laetare Sunday, २५ मार्च, ७ अप्रिल, first Sunday in May, १० मे, १५ मे, २७ मे, ३० मे, १२ अगस्ट, १ जुन, १५ अगस्ट, ८ डिसेम्बर, २२ डिसेम्बर, 20 Jumada al-Thani, second Sunday in May, जनवरी
समबन्धपिता दिवस, मातापिता दिवस, बाल दिवस

मातृ दिवस वा आमा दिवस आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो। यो दिवस विश्वका धेरै देशहरूमा अलग अलग दिनमा आ-आफ्नो परम्परा अनुसार मनाइने गरिन्छ। नेपालमा यो दिवस मातातीर्थ औंसीको दिनमा मनाइन्छ।

नेपालमा मातृदिवस[सम्पादन गर्ने]

नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीको रूपमा परिचित छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खाद्य पदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्, लुगा फाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्। आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जान्छन्। कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन्। मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने विश्वास पनि छ। उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भै दिएको आशीर्वादको प्रभावले छोराछोरीहरू जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ। मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो।

मातातिर्थ[सम्पादन गर्ने]

मातातिर्थ काठमाडौं जिल्लाको थानकोट महादेवस्थान गाविसमा अवस्थित छ। आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम मातातीर्थ रहेको हो। त्यहाँ गएर छोरा छोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आपना आमालाई मुक्त गराउन सक्छन्। स्वस्थानी व्रतकथा अनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो। त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख-सन्तोष पाउने जनविश्वास छ।यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ-आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन्। यो तीर्थमा सतिदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्री स्वस्थानी व्रतकथामा पाइन्छ। पुण्य प्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

विभिन्न किम्वदन्तिहरू[सम्पादन गर्ने]

  • भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो। उहाँलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे। फलस्वरूप श्रीराम र उनीहरू बीच घमासान युद्ध भयो। युद्धले गर्दा दुवै पक्ष आकुल-व्याकुल थिए। त्यही बेला माता सीताजीलाई प्यास लाग्यो। पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीराम गंगामाताको स्तुति गर्न थाल्नुभयो। 'माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः' भन्दै तीनपटक मन्त्रोच्चारण गरी जमीनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो। त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो। ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगाको मूर्ति कोरिन पुग्यो।
  • त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खाइरहेका थिए। एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ। उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई-बुझाई फर्काइन्। आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो।

अन्य देशहरूमा मातृदिवस[सम्पादन गर्ने]

अमेरिका[सम्पादन गर्ने]

आधुनिक मातृ दिवसको अवधारणा ग्राफटन वेस्ट भर्जिनियामा एना जार्भिसका द्वारा समस्त माताहरू तथा मातृत्वका लागि खास तवरमा पारिवारिक एवं तिनको आपसी सम्बन्धहरू लाई सम्मान दिनका लागि आरम्भ गरिएको थियो । यो दिवस अब संसारका प्रत्येक कुनामा अलग-अलग दिनहरूमा मनाइन्छन्। जस्तो कि पिताहरूलाई सम्मान दिनका लागि पितृ दिवस मनाइन्छ । यो दिन अन्ततः यति व्यावसायिक बन्यो कि यसकी संस्थापक, एना जर्भिस, तथा धेरै मानिसहरूले यसलाई एक "हलमार्क होलिडे", अर्थात् एक अति वाणिज्यिक प्रयोजनका रूपमा समझने लागे। एनाले ज-जसले यो बिदाको व्यावसायिकीकरणमा सहयोग गरे त्यसैको विरोध गर्दै यसलाई समाप्त गर्न चाहिन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]