अन्तर्राष्ट्रिय श्रमिक दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्तर्राष्ट्रिय श्रमिक दिवस
आधिकारिक नामअन्तर्राष्ट्रिय श्रमिक दिवस
वैकल्पिक नाममे दिवस
अनुयायीसमाजवादीहरू तथा श्रमीक सङ्गठनहरू
उत्सवविभिन्न झाँकीहरू प्रस्तुत, र्‍यालि तथा सभा
मितिमे १
आवृत्तिबार्षिक
सम्बन्धितमे दिवस, मजदुर दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही देशहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२०

“Stop the pandemic: safety and health at work can Save lives”

अन्तराष्ट्रीय श्रमिक दिवसको पुर्वसन्ध्यामा श्रम गरी खाने सम्पूर्ण श्रमिकवर्गलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे । शिकागोमा यही माग सहीतको श्रमीकहरूको शान्तिपूर्ण प्रर्दशनकारीहरू माथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बम विष्फोट गर्दा ४ प्रहरी सहीत ७ जनाको मृत्यु भयो, त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछी French Socialist Party ले मे १ लाई (श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन) International Workers Day को रूपमा मनाउने घोषणा गर्‍यो परिणामस्वरूप हामी पनी यो दिनलाई मनाउंदै आयका छौं । यो वर्ष विगतका वर्षहरुझै रहेन विश्वभर फैलीयको CORONA माहामारीका कारण सायद इतिहासमै पहिलो पटक आज पुरा विश्व टक्क अडियको छ आजका दिनमा सवैभन्दा बढी CORONA र जीवनसँग कोही कठीन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो श्रमिक हो । विश्वमा त्यस्ता धेरै श्रमीक छन जो साँझ खान र वस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चीरहेका हुन्छन । यही चुनौतिपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरीरहेको छ । महामारी नियन्त्रणमा अहोरात्र शारीरिक हैरानी र मानसिक तनावको प्रवाह नगरी महामारी विरुद्दको लड़ाईको अग्रमोर्चा सम्हालिरहनुभयका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको उचीत सुरक्षा सुनिश्चतता र श्रमको उचित सम्मानजनक मुल्यांकन र यस महामारीलाई परास्त गर्ने उच्च मनोबलसहीतको प्रेरणा जोस र साहस प्राप्त होस । वौद्दिक श्रमिक वर्ग लगायत सवै श्रमिक वर्गको न्यायिक व्यवस्थापनमा यो श्रमिक दिवसले जोड देओस ।

-लेखक-कनक बहादुर शाही

-सहयोगी- जगन्नाथ मरासिनी

इतिहास[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय श्रमिक दिवस ४ मे १८८६ मा शिकागोमा भएको हेमार्केट मामलाको स्मृतिमा मनाइने गरिन्छ। उक्त दिन प्रहरीले आठ-घण्टे कार्यदिनको लागि साधारण आन्दोलन गरिरहेका श्रमिकहरूलाई तितर वितर पार्ने कोसिस गरिरहेको बेलामा कुनै अज्ञात व्यक्तिले उनीहरू माथी बम फालिदियो।

नाराहरू[सम्पादन गर्नुहोस्]

सन् २०१७ - संसारका मजदुर एक हौ
आप्रवासी श्रमिकहरूको अधिकार सुरक्षीत गर।

अमेरिका[सम्पादन गर्नुहोस्]

एसिया[सम्पादन गर्नुहोस्]

नेपाल[सम्पादन गर्नुहोस्]

नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ। तर यस दिनलाई वि. सं. २०६४ बाट मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरियो।

भारत[सम्पादन गर्नुहोस्]

भारतमा १ मे १९२३ मा भारतिय मजदुर किसान पार्टीले मद्रास (हाल चेन्नई)मा पहिलो पटक मे दिवस मनाएको थियो। यो दिन नै भारतमा रातो झण्डाको प्रयोग भएको पहिलो पटक थियो।

युरोप[सम्पादन गर्नुहोस्]

अफ्रिका[सम्पादन गर्नुहोस्]

ओशिनिया[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]