बुवा दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुवा दिवस (अङ्ग्रेजीमा: :en:Father's Day|Father's Day) पितालाई सम्मान दिने दिन हो। नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन पिता दिवस मनाइन्छ। यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्णविष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

पितालाई समर्पित यस दिनको इतिहास धेरै नै रोचक छ। डेली अमेरिकाको रिपोर्ट अनुसार, वाशिङ्टनमा बस्ने सोनोरा स्मार्ट डोड यस दिन की जन्मदाता हुन् । १९०९मा स्पोकेनको सेन्ट्रल मेथोडिस्ट एपिस्कोपल चर्चमा उनले मदर्स डेको बारेमा सुने । उनले सोचे कि पिताको लागि पनि यस्तै एउटा दिन हुनुपर्छ। सोनोराका पिता विलियम स्मार्ट डोडले आफ्नो श्रीमति मरीसके पछि अर्को बिहे गरेनन् र आफ्नो परिवारको हेर-चालमा समय ब्यतित गरे। सोनोराले यसको लागि उनलाई मुटुदेखि धन्यवाद दिन खोज्दै थिन्। लिहाजा पहिलो चोटी १९१०मा जुन महिनाको तेस्रो आइतवारको दिन फादर्स डे मनाईयो। अमेरिकामा यस दिन छुट्टी हुन्छ। तर फादर्स डेलाई अधिकारिक अवकाशको दिन बन्नलाई लामो प्रतिक्षा गर्नु पर्‍यो।

अन्य देशमा[सम्पादन गर्नुहोस्]

न्यूयर्क टाइम्स अनुसार १९१३मा अमेरिकी कांग्रेसमा यस दिनलाई राष्ट्रिय पर्व रूपमा मनाउनु पर्छ भन्दै पहिलो चोटी बिल पेश गरियो। राष्ट्रपति विल्सन यसलाई अधिकारिक दर्जा दिलाउन खोज्दै थिए, तर कंग्रेसले यसको विरोध गर्‍यो। १९५७मा सिनरेट मार्गरेट स्मिथले कंग्रेसलाई लेखेको पत्रमा भने कि ४० वर्षदेखि मातालाई सम्मानित गर्दै आइयेको छ, तर पितालाई किन नजरअंदाज गरिंदैछ? १९६६मा राष्ट्रपति लिण्डन जोनसनले पहिलो चोटी जून महिनाको तेस्रो आइतवारको दिन फादर्स डे मनाउने सरकारी घोषणा गर्नु भयो। छ वर्ष बिती सके पछि राष्ट्रपति रिचर्ड निक्सन द्वारा यस सम्बन्धमा एक कानुनमा हस्ताक्षर गरे पछि फादर्स डे अमेरिकामा राष्ट्रिय छुट्टीको दिन बन्न पुग्यो।

सम्बन्धित लेख[सम्पादन गर्नुहोस्]

कुशे औंसी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. किको गहतेली, सुन्दरपुर-९, पूर्वफिमरा, मोरङ, नेपाल

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]