अन्तर्राष्ट्रिय मातृभाषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवस | |
---|---|
![]() शहीद मीनार , ढाका मेडिकल कलेज कम्पलेक्स, बङ्गलादेश स्थित शहीद स्मारक, २१ फेब्रुअरी १९५२ मा बाङ्गला (बङ्गाली) भाषाको लागि बलिदानको स्मृति। | |
आधिकारिक नाम | अन्तर्राष्ट्रिय मातृभाषा दिवस |
महत्त्व | भाषाहरू तथा सांस्कृतिक विविधता र बहुभाषावादको बारेमा जागरूकता बढाउनको लागि। |
मिति | २१ फेब्रुअरी |
आवृत्ति | वार्षिक |
अन्तर्राष्ट्रिय मातृभाषा दिवस (अङ्ग्रेजी: International Mother language Day) फेब्रुअरी २१ मा मनाइन्छ । सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ । त्यसबेला बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ ।[१]

समयक्रम[सम्पादन गर्नुहोस्]

- १९५२ : जग बसेको दिन ।
- १९९९ : युनेस्कोले फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन घोषणा गर्यो ।
- २००० : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उद्घाटन उत्सव ।
- २००१ : दोस्रो वार्षिक उत्सव ।
- २००२ : भाषामा विविधता : ३००० भाषाहरू खतराको सूचीमा (नारा: भाषाको आकाशगङ्गामा, प्रत्येक एक शब्द तारा हुन् । )
- २००३ : चौथो वार्षिक उत्सव ।
- २००४ : बच्चाहरूको जानकारीको लागि शिक्षा ।[२]
- २००५ : ब्रेल र सङ्केत भाषाहरू ।
- २००६ : भाषाहरु र साइबरस्पेस ।
- २००७ : बहुभाषी शिक्षा
- २००८ : अन्तर्राष्ट्रिय भाषा वर्ष
- २००९ : दशौ वार्षिक उत्सव
- २०१० : मैत्री संस्कृतिको लागि अन्तर्राष्ट्रिय वर्ष ।
- २०११ : सूचना र सञ्चार टेक्नोलजी ।
- २०१२ : मातृभाषा शिक्षा तथा समावेशी शिक्षा ।
- २०१३ : मातृभाषामा शिक्षाको लागि पुस्तक ।
- २०१४ : विश्व नागरिकता लागि स्थानीय भाषा: स्पटलाइट विज्ञान ।
- २०१५ : शिक्षा मार्फत समावेश: भाषा गणना (पेरिस एउटा घटना) ।
- २०१६ : निर्देश र सिकाई परिणामको गुणस्तर शिक्षा र भाषाहरू ।
- २०१७ : बहुभाषी शिक्षा मार्फत दिगो भविष्य तिर ।
सन्दर्भ[सम्पादन गर्नुहोस्]
- ↑ http://www.hamropatro.com/posts/articles_events/articles_events_matribhasha_diwas मातृभाषा दिवस- हाम्रोपात्रो
- ↑ "Languages in Education | Education | United Nations Educational, Scientific and Cultural Organization", Portal.unesco.org, अन्तिम पहुँच २०१६-०७-०२।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
- अन्तर्राष्ट्रिय मातृभाषा दिवसको लागि यूनेस्को को वेबपेज वेब्याक मेसिन अभिलेखिकरण २००७-०२-२४ मिति
- खतरामा रहेका बिश्वोका भाषाहरूको मानचित्रर
- संयुक्तराष्ट्र सूचना संसाधन
- बङ्गलादेशबाट आधिकारिक सम्बन्धित पृष्ठ वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-२० मिति

विकिमिडिया कमन्समा अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।